अमेरिकामा महिला फुटबलरको युगान्तकारी जित



अमेरिकी महिला फुटबल खेलाडीहरू अहिले निकै खुसी छन् किनभने उनीहरूले पुरुष फुटबल खेलाडीहरू समान तलब र सुविधा पाउने सम्बन्धी वर्षौं लामो लडाइँ जितेका छन् । गत बुधबार मे १८ तारिख (जेठ ४ गते) अमेरिकी फुटबल महासंघ (युएस सकर फेडरेसन/युएसएसएफ) ले यो निर्णय सार्वजनिक गर्दै ‘पुरुष र महिला टोलीका सदस्यहरूलाई समान तलबमान एवं सुविधा उपलब्ध गराउने’ र ‘यो प्रक्रिया अपनाउने विश्वमै पहिलो मुलुक अमेरिका भएको’ घोषणा गरेको थियो । युएसएसएफको यो निर्णयसँगै अमेरिकाको फुटबल शासक युएसएसएफ र महिला फुटबलरहरूबीच चलिआएको लामो विवाद एवं संघर्ष सकारात्मक सम्झौतामा पुगेर टुङ्गिएको छ ।

चारपटक विश्वकप विजेता भइसकेका महिलाको दाँजोमा अमेरिकी पुरुष फुटबलरहरूले नै विश्व कप लाभांशको अत्यधिक ठूलो हिस्सा पाउँदै आएका थिए, जबकि पुरुष टोली अहिलेसम्म विश्व कप प्रतियोगितामा एकपटक क्वार्टर फाइनलमा पुग्नुबाहेक दोस्रो चरणभन्दा माथि कहिल्यै जान सकेको छैन ।

यसअनुसार विश्व कप फुटबल प्रतियोगिताको क्रममा विश्व फुटबल महासंघ (फिफा) बाट प्राप्त हुने लाभांश अब पुरुष र महिला टोली सदस्यहरूबीच बराबर बाँडिने छ । महिला फुटबलरका लागि यो नै ऐतिहासिक उपलब्धि हुनेछ । यो उनीहरूको युगान्तकारी जित हो ।

हालसम्म के हुँदै आएको छ भने चारपटक विश्वकप विजेता भइसकेका महिलाको दाँजोमा अमेरिकी पुरुष फुटबलरहरूले नै विश्व कप लाभांशको अत्यधिक ठूलो हिस्सा पाउँदै आएका थिए, जबकि पुरुष टोली अहिलेसम्म विश्व कप प्रतियोगितामा एकपटक क्वार्टर फाइनलमा पुग्नुबाहेक दोस्रो चरणभन्दा माथि कहिल्यै जान सकेको छैन । स्मरणीय के छ भने स्वयं फिफाले पनि “पुरुषहरूको प्रतियोगिताले धेरै आय आर्जन गर्ने” तथ्य औँल्याउँदै पुरुष टोलीहरूलाई नै बढी लाभांश/रकम दिँदै आएको छ ।

नयाँ सहमति दुई करोड चालीस लाख डलरमा भएको हो । यसअनुसार युएसएसएफले मुद्दा दायर गर्ने अठ्ठाइस महिला खेलाडीलाई दुई करोड बीस लाख डलर उपलब्ध गराउने छ र थप बीस लाख डलर महिला एवं किशोरी फुटबल विकासका लागि एक कल्याणकारी वा च्यारिटी कोष स्थापना गर्नेछ ।

त्यसो त फिफाले अझै पनि पुरुष विश्व कप प्रतियोगितामा सहभागिता तयारीका लागि तुलनात्मक रूपले धेरै बढी रकम उपलब्ध गराउने क्रम यथावत् राख्ने छ तर अब नयाँ सम्झौताअनुसार अमेरिकी फुटबल महासंघले भने दुवै टोलीलाई प्रतियोगिता–आधारित लाभांश उपलब्ध गराउने छैन । अब उप्रान्त अमेरिकी पुरुष फुटबलरहरूले, अझ खासगरी समूह चरण नाघेर नकआउट चरण वा त्यसभन्दा माथि पुग्न नसकेको अवस्थामा, आफूहरूले यसअघि पाइआएकोभन्दा कम रकम मात्र पाउने छन् भने सम्भवतः महिला खेलाडीहरूले उनीहरूले भन्दा धेरै बढी लाभांश रकम पाउने छन् ।

कुनै बेलाकी चर्चित एवं सफल फुटबल खेलाडी सिन्डी पार्लोव कोन अहिले अमेरिकी फुटबल महासंघकी शक्तिशाली अध्यक्ष छिन् । महासंघ र महिला खेलाडीहरूबीच सम्झौता भएपछि उनले भनिन्, ‘सबै किसिमका आर्थिक कारोबार सम्बन्धमा सबै पक्ष समान हुनेछन् । यसो भन्न पाउँदा मलाई साँच्चै नै अत्यन्त गर्व महसुस भइरहेको छ ।’

देखि सुरु भएको महिला विश्व कप फुटबल प्रतियोगिता पछिल्लोपटक सन् २०१९ मा समेत गरी आठपटक आयोजना भएको छ र त्यसमध्ये चार संस्करण त अमेरिकाले नै जितेको छ । सन् २०१५ को डिफेन्डिङ च्याम्पियन अमेरिकाले फाइनलमा नेदरल्याण्ड्सलाई हराएर सन् २०१९ जुलाईमा विश्व कप ट्रफी सहजै उचालेको थियो ।

अमेरिकी खेलकुद क्षेत्रले मात्र होइन, प्रबुद्ध वर्ग र खासगरी सञ्चार–जगतले महिला खेलाडीले पाएको आर्थिक समानतासम्बन्धी यो सफलताबारे दिल खोलेर स्वागत गरे । पत्र–पत्रिकाहरूले त लामा–लामा रिपोर्ताज र आलेखहरू प्रकाशित गरे । टेलिभिजन च्यानलहरूले पनि विशेष कार्यक्रमहरू प्रसारित गरे । यस्तो किन पनि देखियो भने अमेरिकी महिला फुटबल खेलाडीहरूको सफलता अत्यन्त रहरलाग्दो छ ।

सन् १९९१ देखि सुरु भएको महिला विश्व कप फुटबल प्रतियोगिता पछिल्लोपटक सन् २०१९ मा समेत गरी आठपटक आयोजना भएको छ र त्यसमध्ये चार संस्करण त अमेरिकाले नै जितेको छ । सन् २०१५ को डिफेन्डिङ च्याम्पियन अमेरिकाले फाइनलमा नेदरल्याण्ड्सलाई हराएर सन् २०१९ जुलाईमा विश्व कप ट्रफी सहजै उचालेको थियो ।

विश्व कप फुटबल मात्र होइन, अमेरिकी महिला फुटबल टोलीले चारपटक ओलम्पिक फुटबल स्वर्ण पदक पनि जितिसकेको छ । यो विजयको महत्व अझ बढी किन पनि छ भने सन् १८९६ देखि सुरु भएको आधुनिक ओलम्पिक खेलकुद प्रतियोगितामा त्यसको सय वर्षपछि सन् १९९६ देखि मात्र महिला फुटबल समावेश गरिएको हो र सबैभन्दा पछि भएको ओलम्पिक अर्थात् टोकियो ओलम्पियाड २०२० सम्म गरी जम्मा छ संस्करण मात्र ओलम्पिक महिला फुटबल प्रतियोगिता भएका छन् ।

वरिष्ठ अमेरिकी खेलकुद पत्रकार लिज क्लार्कका शब्दमा, ‘आठौँ महिला विश्व कप प्रतियोगिता जून ७ मा पेरिसमा उद्घाटन हुनुभन्दा तीन महिना पहिले नै अमेरिकी महिला टोलीका सदस्यहरूले आफूहरूभन्दा कम सफल पुरुष खेलाडीहरूको दाँजोमा महिला खेलाडीहरूले कम तलब–सुविधा र कमसल खेल–वातावरण पाइरहेको तथ्यलाई आधार बनाई जारी लैङ्गिक विभेद अन्त्यको माग गर्दै अमेरिकी फुटबल महासंघविरुद्ध मुद्दा दायर गरेका थिए ।’

‘म्याचको दौरानमा अझ उल्लेखनीय त के थियो भने आठौँ विश्व कप प्रतियोगितामा अमेरिकी टोलीले गोल गर्दा दर्शक दीर्घामा बसेका अमेरिकी टोलीका प्रशंसक–दर्शकहरू हरेक गोलसँगै समवेत् स्वरमा आवाज उरालिरहेका हुन्थे– समान तलबसुविधा ! समान तलबसुविधा ! (इक्वल पे ! एक्वल पे !) ।

उनले लेखेका छन्,‘महिला भएकै आधारमा आफूहरूविरुद्ध पूर्वाग्रह र अन्यायपूर्ण व्यवहार हुँदै आएको भन्दै अमेरिकी फुटबल टोलीका सबै अठ्ठाइसजना सदस्यले एकमतले पच्चीस पृष्ठ लामो मुद्दा आफ्नो रोजगारदाता निकाय अमेरिकी फुटबल महासंघविरुद्ध अन्तर्राष्ट्रिय महिला दिवस (सन् २०१९ मार्च ८ तारिख) का दिन दायर गरेका थिए । बाँकी–बक्यौता तलब र क्षतिपूर्तिका रूपमा छ करोड सत्तरी लाख डलरको माग गर्दै उनीहरूको थप भनाइ स्पष्ट थियो– यस्तो व्यवहार हिजो पनि अन्यायपूर्ण र अनुपयुक्त थियो, अहिले पनि छ र अब पनि नसच्याउने हो भने भावी महिला खेलाडीका लागि समेत अनुपयुक्त र पीडादायी नै रहनेछ ।’

‘म्याचको दौरानमा अझ उल्लेखनीय त के थियो भने आठौँ विश्व कप प्रतियोगितामा अमेरिकी टोलीले गोल गर्दा दर्शक दीर्घामा बसेका अमेरिकी टोलीका प्रशंसक–दर्शकहरू हरेक गोलसँगै समवेत् स्वरमा आवाज उरालिरहेका हुन्थे– समान तलबसुविधा ! समान तलबसुविधा ! (इक्वल पे ! एक्वल पे !) ।’

यसको अर्थ, महिला खेलाडीहरू मात्र नभएर लगभग सबै फुटबलप्रेमी दर्शकहरू पनि उनीहरूको पक्षमा थिए, र छन् । किनभने रंगशालामा अमेरिकी गोलहरूसँगै गुञ्जेको ‘इक्वल पे’ को शंखनाद केही सेकेण्डभित्रै ट्वीटरसमेतका सामाजिक सञ्जालमा अभूतपूर्व रूपमा ‘भाइरल’ भइसकेको थियो । विश्व कप ट्रफी साधिकार चौथोपटक अमेरिकी टोलीले उचालेपछि तत्काल टोलीलाई ट्वीटरमार्फत बधाई दिनेहरूमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्व प्रथम महिला मिशेल ओबामा, पूर्वराष्ट्रपति बिल क्लिन्टन र पूर्व प्रथम महिला हिलारी क्लिन्टन, अभिनेता ¥यान रेनोल्ड्स, अभिनेत्री बेटी मिड्लर र अनेक खेलाडीसमेत थिए । तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प पनि त्यस सूचीमा थिए ।

महिला फुटबल खेलाडीहरूले वार्षिक तलबमान, सुत्केरी-मातृत्व विदा र शिशु–स्याहार सुविधा सहजतापूर्वक पाउनुपर्ने आवाज पनि उठाइरहेका छन् । त्यतिबेला राष्ट्रपति पदका लागि डेमोक्र्यााटिक पार्टी तर्फबाट राष्ट्रपति पदका उम्मेदवार रहेका जो बाइडेनले त सार्वजनिक तवरमै ‘फुटबल महासंघले महिला खेलाडीहरूलाई समान तलबमान नदिने हो सन् २०२६ मा हुने पुरुषहरूको विश्व कप प्रतियोगिताका लागि दिइने सरकारी रकममा व्यापक कटौती गरिने’ प्रतिबद्धता नै व्यक्त गरेका थिए ।

प्रतिष्ठित अमेरिकी दैनिक ‘द वासिङ्गटन पोस्ट’ ले जनाएअनुसार, अमेरिकामा सन् १९७२ मा एउटा कानुन बनेको थियो जसले संघीय सरकारबाट आर्थिक लगानी भएका कुनै पनि शैक्षिक कार्यक्रममा लिङ्ग–आधारित भेदभाव प्रतिबन्धित हुने व्यवस्था गरेको थियो । तर त्यो कानुन बनेको पचास वर्ष भइसकेको अवस्था रहे पनि महिला खेलाडीहरूले यसबाट खासै लाभ पाउन सकेका छैनन् ।

अझै पनि धेरै महिला खेलाडीले खेल्न पाउने अधिकार, बेहतर खेल–सामग्री र प्रशिक्षण पाउनुपर्ने अधिकारका लागि आवाज उठाउनु परिरहेकै छ । यति मात्र नभई धेरै महिला खेलाडीले प्रशिक्षण वा प्रतियोगिताका क्रममा शारीरिक, यौनिक अथवा भावनात्मक दुव्र्यवहारको सिकार हुनु परिरहेको र त्यसविरुद्ध लड्नु परिरहेको विडम्बना छँदैछ । यस्तो भेदभावका विरुद्ध सर्वप्रथम टेनिस खेलाडी बिली जीन किङले सन् सत्तरीको दशकमा सशक्त आवाज उठाएकी थिइन् ।

बिली किङकै विरासतलाई पछ्याउँदै पछिल्लो समयमा अर्की भेट्रान टेनिस खेलाडी भेनस विलियम्सले पनि लगातार आवाज उठाउँदै रहेपछि अन्ततः सन् २००७ देखि विश्व टेनिसको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता विम्बल्डनमा विजेता पुरुष एवं महिला खेलाडीलाई समान पुरस्कार रकम दिन थालिएको थियो । पछि अन्य टेनिस प्रतियोगिताहरूमा पनि यो क्रम सुरु भयो ।

अमेरिकी महिला फुटबल टोली सर्वप्रथम सन् १९८५ देखि अस्तित्वमा आएको हो । स्थापनाकालदेखि नै यसको लक्ष्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा विजय हासिल गर्नुका अतिरिक्त यो खेलमा आउने पछिल्लो पुस्ताका लागि बेहतर खेल–वातावरण सिर्जना गरीदिने पनि थियो । सुरु समयका माया ह्याम, मिशेल एकर्स, क्रिस्टिन लिली र जुली फाउडी जस्ता महिला सुपरस्टार फुटबलरहरू अन्य कुराभन्दा स्वयं फुटबल खेललाई नै बढी माया र सम्मान गर्थे ।

अमेरिकी पुरुषहरूको बीस वर्षमुनिका खेलाडीहरूका लागि ल्याइएको वा पहिले नै प्रयोग गरिसकिएका जर्सीलाई नै केही हेरफेर गरी महिला खेलाडीलाई उपलब्ध गराइन्थ्यो । अझ कतिपय समयमा त ती जर्सी महिला खेलाडी आफैँले धोइपखाली गर्नु पर्दथ्यो । यसरी प्रारम्भदेखि नै फुटबलमा लैङ्गिक विभेद कायम गरिएको थियो ।

उनीहरू खेल्ने हरेक अवसरलाई आफूहरूलाई बेहतर बनाउने अवसरका रूपमा लिने गर्थे र प्रत्येक अभ्यास खेलहरूलाई मानौँ अर्को खेल विश्व कप प्रतियोगिताका लागि खेल्ने खेल हो भने जस्तो गरी खेल्ने गर्दथे । आफू जस्तै अन्य महिला खेलाडीसित मिलेर राष्ट्रिय जर्सी लगाएर अमेरिकाको प्रतिनिधित्व गर्दै खेल्नुमै उनीहरू रमाउने गर्दथे । तर कालान्तरमा उनीहरूको यो खेल–प्यासनले तलब, सुविधा वा प्रायोजन पक्षमा भने सकारात्मक स्वरूप ल्याउन सकेको थिएन ।

सुरुसुरुमा त उनीहरूले केवल दश डलर दैनिक भत्ता पाउँथे । निश्चित तलबमान थिएन । अमेरिकी पुरुषहरूको बीस वर्षमुनिका खेलाडीहरूका लागि ल्याइएको वा पहिले नै प्रयोग गरिसकिएका जर्सीलाई नै केही हेरफेर गरी महिला खेलाडीलाई उपलब्ध गराइन्थ्यो । अझ कतिपय समयमा त ती जर्सी महिला खेलाडी आफैँले धोइपखाली गर्नु पर्दथ्यो । यसरी प्रारम्भदेखि नै फुटबलमा लैङ्गिक विभेद कायम गरिएको थियो ।

सत्र वर्ष अमेरिकी राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली सदस्यका रूपमा रहेकी जुली फाउडी भन्छिन्, ‘राष्ट्रिय टोलीमा प्रवेश गर्दा हामी भर्खर युवा हुँदै गरेका किशोरी थियौँ । कलेजस्तरीय युवतीका हिसाबमा दैनिक दश डलर भत्ता हाम्रा लागि धेरै हुन्थ्यो । उमेर छिप्पिँदै गएपछि हामी जीवनका यथार्थसँग भिड्नुपर्ने भयो, दैनिक जीवन चलाउन जीविका आवश्यक प¥यो, घरभाडा तिर्नुपर्ने भयो, अनि महसुस हुन थाल्यो– त्यति भत्ता कत्ति पर्याप्त छैन । अनि खेलका लागि यात्रा गर्दा हामी किन कमसल सिटमा बसेर हिँड्नुपर्ने ? हामी किन सस्ता होटलहरूमा बस्नुपर्ने ? अनि किन पुरुष खेलाडीहरूले सुविधायुक्त यात्रा, स्तरीय होटल र भत्ता एवं सुविधा पनि निकै धेरै पाउनुपर्ने ?’

सन् १९९१ मा भएको पहिलो विश्व कप खेलिसकेपछि जुली फाउडीले खेलजीवन नै परित्याग गर्नुपर्ने स्थिति उत्पन्न भइसकेको थियो र त्यही बेला रिबोक कम्पनीले उनलाई प्रायोजन ग¥यो । रिबोक जुत्ता लगाएर खेलेबापत उनले तीस हजार डलर पाइन् जसले गर्दा उनले आफ्नो सक्रिय खेलजीवनलाई सन् २००४ सम्म लम्याएर त्यही वर्ष अवकाश लिएकी थिइन् । अहिले उनै ४८ वर्षीया फाउडी खेलकुद टेलिभिजन च्यानल इएसपिएनमा खेल–विशेषज्ञका रूपमा कार्यरत छन् ।
स्वयं फिफाले पनि पहिलो महिला विश्वकप फुटबल प्रतियोगितालाई त्यही नाम दिएको थिएन बरु ‘एम एन्ड एम कपका लागि महिला फुटबलको विश्व च्याम्पियनसिप’ भनेको थियो ।

चीनमा भएको त्यस उद्घाटन विश्व कप प्रतियोगिताको फाइनलमा अमेरिकाले नर्वेलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । विश्व कप विजेता टोली स्वदेश फर्किंदा उनीहरूलाई विमानस्थलमा स्वागत गर्न उनीहरूका नातेदार र केही मुठ्ठीभर पत्रकार मात्र उपस्थित थिए । उनीहरूको उपलब्धिबारे धेरै कम मानिसले मात्र थाहा पाएका थिए । टेलिभिजन च्यानलहरूले पनि बिहानी समयमा थोरै–थोरै मात्र त्यो समाचार प्रसारण गरेका थिए । एक सातापछि मात्र एडिडास कम्पनीले उनीहरूको विजयका लागि अमेरिका महिला फुटबल टोलीलाई बधाई भन्दै एक पृष्ठ लामो बधाई–विज्ञापन प्रमुख राष्ट्रिय दैनिकहरूमा प्रकाशित गरेपछि मात्र धेरैजनाले यसबारे थाहा पाएका थिए ।

त्यसको चार वर्षपछि र एटलान्टा ओलम्पियाड–१९९६ मा पहिलोपटक महिला फुटबल प्रतियोगिता समावेश हुनुभन्दा एक वर्षपहिले अमेरिकी फुटबल टोलीका सदस्यहरूलाई उनीहरूले पनि पुरुष खेलाडी सरह तलबमान र अन्य सुविधा अनि व्यक्तिगत प्रायोजनको अधिकार पाउनुपर्ने आवश्यकता बोध भयो । यसरी उनीहरूको समान तलबमान र सुविधाको मागसहितको लडाइँ सुरु भएको थियो ।

उनीहरूले ओलम्पिकमा स्वर्ण अथवा रजत जुन पदक जिते पनि फुटबल महासंघले उनीहरूलाई अतिरिक्त भत्ता पाउनुपर्ने अन्यथा खेल बहिष्कार गर्ने धम्की दिएका थिए । त्यो धम्की आउनुभन्दा पहिले फुटबल महासंघले महिला टोलीले केवल स्वर्ण जितेमा मात्र उनीहरूलाई लाभांश दिने तर पुरुष टोलीलाई भने प्रत्येक विजयमा लाभांश दिँदै जाने भनेको थियो ।

त्यस उप्रान्त समान तलबमान र सेवासुविधाको माग निरन्तर अगाडि बढ्दै गएको हो । यस मागलाई थप बल मिलेको थियो सन् २०१५ मा अमेरिका र जापानबीच भएको महिला विश्व कप फुटबल फाइनलले । त्यो फाइनल म्याचलाई अमेरिकामा मात्र २ करोड ५४ लाख दर्शकले प्रत्यक्ष हेरेका थिए, जुन अमेरिकी प्रत्यक्ष प्रसारण इतिहासमा महिला वा पुरुष कुनै पनि फुटबल म्याच हेरिएको संख्याको कीर्तिमान थियो ।

अवस्था के पनि छ भने अमेरिकी पुरुष फुटबल टोलीले अहिलेसम्म एकपटक पनि ओलम्पिक फुटबल स्वर्ण पदक जित्न सकेको छैन भने विश्व कप फुटबल प्रतियोगितामा पनि सन् १९३० मा भएको पहिलो संस्करण–जसमा केवल तेह्र टोली सहभागी थिए–मा सेमिफाइनल पुगेर तेस्रो स्थानमा आउनुबाहेक दोस्रो चरणभन्दा माथि कहिल्यै पुग्न सकेको छैन । पछिल्लोपटक सन् २०१८ मा रसियामा भएको फिफा विश्व कप प्रतियोगिताका लागि त अमेरिकी पुरुष टोली छनोट नै हुन सकेको थिएन ।

अहिले महिला फुटबल टोलीका सदस्यले प्रति म्याच छत्तीस सय डलर पाउँदछन् भने पुरुष सदस्यले पाँच हजार डलर । प्रति म्याच महिला खेलाडीले अधिकतम बोनस तेह्र सय पचास डलर पाउँदछन् भने पुरुष खेलाडीले प्रतिद्वन्द्वी टोलीको स्तरका आधारमा अधिकतम बाह्र हजार छ सय पच्चीस डलर र औसतन आठ हजार एक सय छैंसठ्ठी डलर बोनस पाउँदछन् ।

धेरैधेरै वर्षपछि भए पनि अब परिस्थिति परिवर्तन हुने भएको छ । महिला फुटबलरहरूले ठूलो जित हासिल गरेका छन् । र, उम्दा खेल प्रदर्शन गरेको आधारमा उनीहरू राष्ट्रिय धरोहरका रूपमा प्रशंसित एवं सम्मानित हुनेछन् ।

अमेरिकी फुटबल महासंघले सन् २०१४ को विश्व कप फुटबल प्रतियोगितामा दोस्रो चरण अर्थात् ‘राउण्ड अफ सिक्सटिन’ बाट बाहिरिएको पुरुष टोलीलाई त्रिपन्न लाख पचहत्तर हजार डलर पुरस्कार रकम दिएको थियो तर त्यही महासंघले सन् २०१५ को विश्व कप जितेको महिला टोलीलाई भने केवल सत्र लाख पच्चीस हजार डलर पुरस्कार रकम दिएको थियो ।

यस्ता असमानताहरू अरू पनि प्रसस्तै थिए । तिता र बिझाउने सम्झनाहरू पनि त्यति नै छन् । सन् १९९६ को ओलम्पिक स्वर्ण पदक जितेपछि महिला खेलाडीहरूले आफूहरूले त्यतिबेलासम्म पाउँदै आएको दैनिक दश डलर भत्ता र लाभांश बढाउनुपर्ने माग गरेका थिए र त्यतिबेला फुटबल महासंघका पदाधिकारीले उनीहरूलाई भनेका थिए, “धेरे लोभी नबन, बरु ‘युएसए’ लेखेको जर्सी लगाउन पाएकोमा खुसी भएर बस ।”

तर, जेहोस, धेरैधेरै वर्षपछि भए पनि अब परिस्थिति परिवर्तन हुने भएको छ । महिला फुटबलरहरूले ठूलो जित हासिल गरेका छन् । र, उम्दा खेल प्रदर्शन गरेको आधारमा उनीहरू राष्ट्रिय धरोहरका रूपमा प्रशंसित एवं सम्मानित हुनेछन् ।

उनीहरू साँचो अर्थमा त्यसका हकदार पनि हुन् । यो फुटबल खेलाडीहरूको मात्र होइन, महिला शक्तिको पनि विजय हो र यसले अन्य खेलमा संलग्न महिलाहरूको आर्थिक अवस्थामा पनि सकारात्मक प्रभाव पार्ने निश्चित छ ।

यो पनिः
अमेरिकी ‘सुपर बउल’ को चहकमहकमा मख्ख छन् नेपाली

त्यो सापटी दुई सय रुपैयाँ



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

राजविराज नगरपालिका वडा नं ४ मस्जिद टोलकी ३२ वर्षकी आशा परियारलाई पछिल्लो समय मोबाइलले तनाव थपिदिएको छ । विवाह भएदेखिनै

गण्डकी प्रदेशमा २८ असोजदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको तालिका सार्वजनिक भएको छ । २३ गतेदेखि पोखरा रंगशालामा

दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने

एएफसी यु–१७ एसियन कप छनोट खेल्ने नेपाली टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनाममा अक्टोबर पहिलो साता

Suggested