English

महिलाले शासन चलाएको देश

महिलाले नागरिकता पाउन कम्तीमा एक जना पुरुष नोकर अनिवार्य राख्नु पर्ने


संसारका हरेक देशमा पुरुष प्रधान छ, जहाँ परिवार र बाहिरका सबै महत्त्वपूर्ण निर्णयहरू लिने अधिकार पुरुषलाई मात्र हुन्छ भन्ने सामान्यतया विश्वास गरिन्छ। अर्कोतर्फ घरायसी कामसँगै बालबालिकाको हेरचाह गर्ने जिम्मेवारी महिलाले मात्रै निर्वाह गर्छन् । एउटा यस्तो देश छ, जहाँ महिलाले शासन गर्छन् । पुरुषलेले महिलाको निर्देशन अनुसार काम गर्नुपर्छ।

यहाँका महिलाले पुरुषलाई आफ्नो दास बनाएर राख्छन् । यो देशको नाम ‘अदर वर्ल्ड किंगडम’ हो, यो देश सन् १९९६ मा युरोपेली देश चेक रिपब्लिकबाट बनेको हो। यद्यपि, यसलाई अन्य राष्ट्रहरूले देशको दर्जा दिएका छैनन्। यो देश मात्र ७।४ एकडमा फैलिएको छ। विलासिताका सबै वस्तुहरू यहाँ उपलब्ध छन्। यसबाहेक यहाँ स्विमिङ पुल र नाइट क्लब पनि छन्। तर महिलाको अनुमति बिना पुरुष त्यहाँ जान पाउँदैनन् ।

यो देश प्याट्रिसिया–१ नामकी रानीले शासन गर्छिन्। यो देशमा महिलाले मात्रै शासन गर्छ । यहाँ पुरुषलाई खुल्ला ठाउँमा हिँड्ने र आफ्नो इच्छा अनुसार बाँच्ने स्वतन्त्रता छैन । अचम्मको कुरा के छ भने आजसम्म यो देशकी रानीको अनुहार बाहिरी दुनियाँमा कसैले देखेको छैन ।

यहाँकी रानीले पुरुषको शरीरको सोफा बनाएर बस्छिन् । यो देशमा पुरुषलाई कुर्सीमा बस्न पनि प्रतिबन्ध लगाइएको छ ।

यति मात्र होइन, यहाँ पुरुषले रक्सी पिउनुअघि श्रीमतीको अनुमति लिनुपर्छ, महिलाको अनुमति बिना यो देशमा कुनै पनि काम गर्न पाइँदैन । पुरुषका लागि पनि यस्तै कडा कानुन बनेको छ । यो कानुन नमान्नेलाई कडा भन्दा कडा सजाय दिइन्छ । यो देशको नागरिकता पाउन महिलाका लागि विशेष योग्यता राखिएको छ ।

यसबाहेक महिलाले यहाँको नागरिकता पाउनको लागि पहिलो सर्त भनेको महिलाले कम्तीमा एक जना पुरुष नोकर राख्नु अनिवार्य छ । अर्कोतर्फ, अर्को सर्त भनेको उनले सबै नियमहरू पालना गर्नुपर्छ। त्यस्तै तेस्रो सर्त अनुसार महिला कम्तीमा ५ दिनसम्म रानीको दरबारमा बस्नुपर्नेछ ।

यो पनि…
इन्टरनेटमा सर्वाधिक खोजिने गाउँ
जहाँ पुरुषत्व प्रमाणित गर्न पुरुषले गर्नुपर्छ यस्तो काम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested