English

यसकारण सर्टलेस हुन्छन् सलमान



सलमान खान बलिउडको चिरपरिचित नाम हो । उनले आफ्नो फिल्मी यात्रामा कैयौँ सुपरहिट फिल्म दिएका छन् । यही कारण भाइजानको नामले सलमान भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै लोकप्रिय छन् । सलमान प्रायः कुनै न कुनै कारणले चर्चामा आइरहन्छन् । सलमान व्यक्तित्व र उनको शरीरका कारण पनि लोकप्रिय छन् । उनी आफ्नो हरेक फिल्ममा सर्टलेस भएर आफ्नो खँदिलो शरीरलाई देखाउने गर्छन् । तर उनी किन यसो गर्छन्, त्यो कमैलाई थाहा छ ।

सलमानले पहिलोपटक फिल्म ‘प्यार किया तो डरना क्या’को एक गीतमा सर्ट खोलेका थिए । त्यसपछि उनको यो क्रम अन्य फिल्ममा जारी रह्यो । केही समयअघि दुबईमा सम्पन्न आइफा अवार्डमा रितेश देशमुख र मनीष पलले सलमानसँग सम्बन्धित प्रश्न सोधेका थिए । उनलाई मनीषले सलमानलाई सर्टलेस हुने कारण सोधका थिए । उनको उत्तर अभिनेत्री जेनेलिया डिसुजाले ‘सर्ट खोल्दा सलमान कुल देखिन्छन्’ भनी जवाफ दिएकी थिइन् ।

मनीष तिमीसँग एक महंगो र शानदार गाडी छ भने के तिमी त्यसलाई सधैं छोपेर राख्छौ ?

सलमानले जेनेलियाको उत्तरलाई गलत बताउँदै आफैंले त्यसको जवाफ दिएका थिए । उनले मनीषलाई ‘मनीष तिमीसँग एक महंगो र शानदार गाडी छ भने के तिमी त्यसलाई सधैं छोपेर राख्छौ ?’ भनी सोधेका थिए । यसको जवाफमा आफूले त्यसो नगरी गाडीलाई सार्वजनिक रुपमै देखाउने बताएका थिए ।

सलमानले पनि जसरी मानिसहरु आफ्नो गाडीलाई देखाउँछन्, त्यसैगरी आफूले पनि फिट शरीरलाई देखाउनका लागि सर्टलेस हुनुपरेको जवाफ दिएका थिए ।

यो पनि…
बलिउडका यी कलाकार खानेकुराको सौखिन
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested