English

‘स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छ’



अभिनेत्री करिश्मा मानन्धरले स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा रहेको बताएकी छन् । सोमबार सामाजिक सञ्जालमार्फत करिश्माले सडकमा सामान बेच्ने चलन अन्य देशमा पनि भएको भन्दै तिनीहरूको व्यवस्थापन गर्नुपर्ने बताएकी हुन् ।

काठमाडौंको बालुवाटार सडकखण्डमा ठेलामा मकै पोलेर बेच्ने चेतेन्द्र आचार्यलाई महानगर प्रहरीले कुटपिट गर्दै ठेला खोसेर लगेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ । यही विषयलाई लिएर काठमाडौं महानगर प्रमुख बालेन्द्र साहको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । यो घटनाले देश नै दुई ध्रुवमा बाँडिएको छ ।

यही विषयमा करिश्माले आफ्नो धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।

उनले लेखेकी छन्, म पनि काठमाडौ रैथाने बासी हुँ । नबुझेको कुरा लेख्दै छु । महानगर सफा हुनुपर्छ सही हो ।
हामीले आफ्ना करोडौं पर्ने जग्गा, घर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग गर्यौँ सही हो । बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुँदैन त्यो पनि सही कुरो हो । गाउँ छाडेर हाम्रा सहरमा गरिखान किन आउँछन् मानिसहरु ? त्यसमा प्रश्न छ ।

स्ट्रीट फूड र सामान बेच्ने चलन हरेक मुलुकमा छ । मानिसहरुले पर्यटकहरुले यस्को आनन्द उठाइरहेको देख्न सक्छौ । व्यवस्थापन गर्नतर्फ लाग्ने कि प्रतिबन्ध र बिरोधतर्फ लाग्ने कि मकै पोलेर, चटपटे बनाएर तारे होटलमा बेच्ने ?

करिश्माले ग्रामीण सामाजिक अवस्थाबारे पनि चर्चा गरेकी छन् । गाउँमा स्वास्थ छैन, शिक्षा छैन, बाटो छैन, सिँचाइ छैन । दैवी प्रकोपमा परेकाहरुको लागि गाँसबास, कपास छैन । उनीहरुले समयमा क्षतिपूर्ति पाउँदैनन् । त्यो समयसम्म उनीहरुका केटाकेटीले नपढ्ने ? क्षणिक भावनामा बगेर मायाले दुई दिन केही रकम दिएर तिनको उद्दार हुँदैन । समस्याको दूरगामी समाधान कस्ले गर्ने ? ऊ आफैँले हो, ऊ आफैले गर्नुपर्ने अवस्था छ । त्यसैले उसले काम गर्नुपर्छ । यदि ऊ यो देशको नागरिक हो भने, मतदाता हो भने यो देशको समग्र भुमिमा टेक्ने अधिकार उसलाइ छ । ऊ अशिक्षित छ, गरिब छ, लाचार छ भनेर जे पनि गर्न मिल्छ । जे पनि भन्न मिल्छ ? ऊ मान्छे हो कुरा बुझ्छ सम्झाएर भन । तपाईंहरुलाई भोट दिएर ठाउँमा पठाएको नियम बनाऊ र लागू गर भनेर मात्रै पठाएको होइन, उनले लेखेकी छन् ।

करिश्माले अहिले काठमाडौंमा देखिएको समस्या हरेक महानगरको समस्या हुने पनि बताएकी छन् । हरेक लागू गरेका नियमहरुको परिणाम र दुरगामी असर पनि बिचार गर्नु भनेर पठाएको हो । यो काठमाडौको मात्रै समस्या होइन, भविष्यमा हरेक महानगरको समस्या हुनेछ । स्ट्रीट फूड र सामान बेच्ने चलन हरेक मुलुकमा छ । मानिसहरुले पर्यटकहरुले यस्को आनन्द उठाइरहेको देख्न सक्छौ । व्यवस्थापन गर्नतर्फ लाग्ने कि प्रतिबन्ध र बिरोधतर्फ लाग्ने कि मकै पोलेर, चटपटे बनाएर तारे होटलमा बेच्ने ? उनले प्रश्न गरेकी छन् ।

यो पनि…
मानन्धरले भनिन्- ओलीकाे भाषण सुनेर थाक्दिनँ
करिश्माले किन रोजिन् एमाले ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

Latest










Popular
Suggested