English

‘स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छ’



अभिनेत्री करिश्मा मानन्धरले स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा रहेको बताएकी छन् । सोमबार सामाजिक सञ्जालमार्फत करिश्माले सडकमा सामान बेच्ने चलन अन्य देशमा पनि भएको भन्दै तिनीहरूको व्यवस्थापन गर्नुपर्ने बताएकी हुन् ।

काठमाडौंको बालुवाटार सडकखण्डमा ठेलामा मकै पोलेर बेच्ने चेतेन्द्र आचार्यलाई महानगर प्रहरीले कुटपिट गर्दै ठेला खोसेर लगेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ । यही विषयलाई लिएर काठमाडौं महानगर प्रमुख बालेन्द्र साहको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । यो घटनाले देश नै दुई ध्रुवमा बाँडिएको छ ।

यही विषयमा करिश्माले आफ्नो धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।

उनले लेखेकी छन्, म पनि काठमाडौ रैथाने बासी हुँ । नबुझेको कुरा लेख्दै छु । महानगर सफा हुनुपर्छ सही हो ।
हामीले आफ्ना करोडौं पर्ने जग्गा, घर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग गर्यौँ सही हो । बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुँदैन त्यो पनि सही कुरो हो । गाउँ छाडेर हाम्रा सहरमा गरिखान किन आउँछन् मानिसहरु ? त्यसमा प्रश्न छ ।

स्ट्रीट फूड र सामान बेच्ने चलन हरेक मुलुकमा छ । मानिसहरुले पर्यटकहरुले यस्को आनन्द उठाइरहेको देख्न सक्छौ । व्यवस्थापन गर्नतर्फ लाग्ने कि प्रतिबन्ध र बिरोधतर्फ लाग्ने कि मकै पोलेर, चटपटे बनाएर तारे होटलमा बेच्ने ?

करिश्माले ग्रामीण सामाजिक अवस्थाबारे पनि चर्चा गरेकी छन् । गाउँमा स्वास्थ छैन, शिक्षा छैन, बाटो छैन, सिँचाइ छैन । दैवी प्रकोपमा परेकाहरुको लागि गाँसबास, कपास छैन । उनीहरुले समयमा क्षतिपूर्ति पाउँदैनन् । त्यो समयसम्म उनीहरुका केटाकेटीले नपढ्ने ? क्षणिक भावनामा बगेर मायाले दुई दिन केही रकम दिएर तिनको उद्दार हुँदैन । समस्याको दूरगामी समाधान कस्ले गर्ने ? ऊ आफैँले हो, ऊ आफैले गर्नुपर्ने अवस्था छ । त्यसैले उसले काम गर्नुपर्छ । यदि ऊ यो देशको नागरिक हो भने, मतदाता हो भने यो देशको समग्र भुमिमा टेक्ने अधिकार उसलाइ छ । ऊ अशिक्षित छ, गरिब छ, लाचार छ भनेर जे पनि गर्न मिल्छ । जे पनि भन्न मिल्छ ? ऊ मान्छे हो कुरा बुझ्छ सम्झाएर भन । तपाईंहरुलाई भोट दिएर ठाउँमा पठाएको नियम बनाऊ र लागू गर भनेर मात्रै पठाएको होइन, उनले लेखेकी छन् ।

करिश्माले अहिले काठमाडौंमा देखिएको समस्या हरेक महानगरको समस्या हुने पनि बताएकी छन् । हरेक लागू गरेका नियमहरुको परिणाम र दुरगामी असर पनि बिचार गर्नु भनेर पठाएको हो । यो काठमाडौको मात्रै समस्या होइन, भविष्यमा हरेक महानगरको समस्या हुनेछ । स्ट्रीट फूड र सामान बेच्ने चलन हरेक मुलुकमा छ । मानिसहरुले पर्यटकहरुले यस्को आनन्द उठाइरहेको देख्न सक्छौ । व्यवस्थापन गर्नतर्फ लाग्ने कि प्रतिबन्ध र बिरोधतर्फ लाग्ने कि मकै पोलेर, चटपटे बनाएर तारे होटलमा बेच्ने ? उनले प्रश्न गरेकी छन् ।

यो पनि…
मानन्धरले भनिन्- ओलीकाे भाषण सुनेर थाक्दिनँ
करिश्माले किन रोजिन् एमाले ?



सम्बन्धित खबरहरु

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल

भदौ १३ गते । केके मानन्धर ।लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले

Latest










Popular
Suggested