English

खुमन र शान्ति श्रीको स्वरमा ‘थरी थरी भोले’



हिन्दु नारीको महत्वपूर्ण पर्व तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीतहरु बजारमा ल्याउने क्रम चलेको छ । यस्तैमा लोकदोहारी गायक खुमन अधिकारी र गायिका शान्ती श्री परियारको आवाजमा रहेको ‘थरी थरी भोले’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

गीतलाई शिव दर्शन फिल्म्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । शिव दर्शन फिल्म्स कि निर्देशक समेत रहेकी कलाकार गायत्री थापाको निर्देशनमा रहेको तीज गीतमा गायक खुमन अधिकारी, अन्जली अधिकारी र अभिषेक खड्काको अभिनय रहेको छ ।

रविन लामिछानेको शब्द रहेको गीतमा खुमन अधिकारीकै संगीत रहेको छ भने संगीत संयोजन सुनिल परियारको रहेको छ । भिडियोमा नविन घर्ती मगरको सम्पादन रहेको छ । गीतमा नजिकिदै गरेको महिलाहरूको महान चार्ड तिजलाई उकृष्ट ढंगले प्रस्तुत गरिएको छ ।

याे पनि :
गायिका सुनिता दुलाल र ज्योति गुरुङको तीज गीत ‘परदेशी छोरी’ सार्वजनिक
कमला बोहरा खत्रीको जिन्दगीको गोरेटोमा सुनिता र अर्जुनको स्वर (भिडियोसहित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती