English

गर्मीमा गर्भपतनको सम्भावना उच्च



गर्भवती महिलामा गर्मीको समयमा गर्भपातको सम्भावना बढी हुने एउटा नयाँ अध्ययनले देखाएको छ । ८ वर्ष लामो अध्ययनमा परियोजनका अनुसन्धानकर्ताहरूले अमेरिकाका ६ हजार महिलाको गर्भावस्थाबारे ट्रयाक गरेका थिए । गर्भपतन दर उत्तरी गोलार्धमा परम्परागत गर्मी महिना–जुन, जुलाई र अगस्टमा उच्च देखिएको अध्ययन विश्लेषणमा देखिएको छ ।

सबैभन्दा बढी गर्भपतन दर अगस्टमा भएको थियो । फेव्रुवरीको तुलनामा अगस्टमा गर्भपतन दर ४४ प्रतिशत बढी थियो । आठ साताअघिको (जतिबेला भ्रूणको आकार रास्पबेरी जत्रो हुन्छ) गर्भपतनको सम्भावना बढ्दो रहेको थियो । विशेषज्ञहरूले न्यानो मौसममा अत्यधिक गर्मी वा जीवनशैली गर्भपतनको कारक रहेको विज्ञहरू बताउँछन् ।

त्यस्तै, गर्भावस्थाको कुनै पनि हप्तामा गर्भपातको जोखिम फेब्रुवरीको अन्त्यको तुलनामा अगस्टको अन्त्यमा ३१ प्रतिशत बढी रहेको अध्ययनले देखाएको छ ।

हामीले गर्भपातको जोखिम विशेष गरी आठ साताअघि गर्भपतन हुने ‘प्रारम्भिक’ गर्भपतनको जोखिम गर्मीमा सबैभन्दा बढी भएको भेट्टायौँ ।

बोस्टन युनिभर्सिटीका अध्ययन लेखक डा. अमेलिया वेसेलिंकले भनिन्, जब तपाईंले परिणाममा मौसमी भिन्नता देख्नुहुन्छ, यसले तपाईंलाई परिणामको कारणहरूको बारेमा संकेत दिन सक्छ । बोस्टन युनिभर्सिटीका अध्ययन लेखक डा. अमेलिया वेसेलिंकले भनिन, ‘कुनै पनि समय तपाईंले परिणाममा मौसमी भिन्नता देख्नुहुन्छ ।’

उनले अगाडि थपिन, ‘हामीले गर्भपातको जोखिम विशेष गरी आठ साताअघि गर्भपतन हुने ‘प्रारम्भिक’ गर्भपतनको जोखिम गर्मीमा सबैभन्दा बढी भएको भेट्टायौँ । ’

उनका अनुसार तातो गर्भधारणपछि देखिने अन्य परिणाम जस्तै पूर्व प्रसव, कम तौल, र मृत जन्मसँग सम्बन्धित छ । अध्ययन इपिडेमियोलोजी जर्नलमा प्रकाशित छ ।

यो पनि…
गर्भमै छैनन् शिशु सुरक्षित ! (भिडियो पनि)
डेलिभरी भएको कति समयपछि महिनावारी हुन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

Latest










Popular
Suggested