English

डेलिभरी भएको कति समयपछि महिनावारी हुन्छ ?



सामान्य डेलिभरी र सिजरियन सेक्सन गरी सुत्केरी गराउने दुई विधि रहेका छन् । सिजरियन र सामान्य डेलिभरी भएको कति समयपछि महिनावारी हुन्छ वा गर्भ रहन्छ भन्ने कुराको जानकारी धेरैलाई नहुन सक्छ । सामान्य लागे पनि यो एकदमै महत्वपूर्ण विषय हो ।

गर्भावस्थाका बेला शरीरमा इस्ट्रोजेन, प्रोजेस्ट्रोन भन्ने हर्मोनहरूको विकास एकदमै धेरै भएको हुन्छ । र, नर्मल होस् या सिजरियन, डेलिभरी भएपछि ती हर्मोनहरू शरीरमा एकदमै कम हुन्छ ।

डेलिभरी भएको कति समयपछि महिनावारी हुन्छ भन्ने ठ्याक्कै न तोकिए पनि सामान्यतया डेलिभरीपछिको महिनावारी कति समयको अन्तरालमा हुन्छ भन्ने कुरा स्तनपानले निर्धारण गर्छ । स्तनपान गराउने महिलाहरू स्तनपान नगराउने महिलाको तुलनामा ढिलो महिनावारी हुन्छन् ।

स्तनपान गराउँदा प्रोलायाक्टिन नामक हर्मोन शरीरमा बढी मात्रामा हुने हुँदा स्तनपान गराउने महिलाहरूमा अलि लामो समयसम्म महिनावारी नहुन सक्छ ।

स्तनपान गराउँदा प्रोलायाक्टिन नामक हर्मोन शरीरमा बढी मात्रामा हुने हुँदा स्तनपान गराउने महिलाहरूमा अलि लामो समयसम्म महिनावारी नहुन सक्छ ।

स्तनपान नगराउने महिलाहरू छिटो महिनावारी हुन्छन् र गर्भवती हुने चान्स पनि धेरै हुन्छ ।

जो महिलाहरूको बच्चाको चाहनाअनुसार दुई–दुई घन्टाको अन्तरालमा स्तनपान गराउँछन् भने लगभग ६ महिनासम्म महिनावारी हुँदैन । स्तनपानले नै गर्भनिरोधकको काम गर्छ ।

डेलिभरीपछि देखिने केही जटिलता

– हर्मोनल गडबडीको कारणले डेलिभरीपछि केही महिनावारी गडबडीजस्ता समस्याहरू देखिन सक्छ ।

– केही महिलाहरूलाई डेलिभरीको समयमा एकदमै धेरै रगत बगेको खण्डमा त्यसको असरस्वरूप स्तनपान नै गराउन नसक्ने, महिनावारी नै सुकेर जाने जस्ता समस्या पनि देखिन सक्छ ।

– नगण्य मात्रामा केही महिलाहरूलाई डेलिभरीपछि बारम्बार रक्तश्राव भइरह्यो भने गर्भाअवस्थामा रहेको सालमा भएको टिस्युहरू शरीरमा बाँकी नै रही हर्मोन उत्पादन भएर क्यान्सर नै पनि हुन सक्छ ।

– अत्यधिक रक्तश्राव भएको छ, वा बारम्बार रक्तश्राव भइरहन्छ भने अन्य कारणले पनि त्यो समस्या भएको हुन सक्छ । त्यसैले, हेलचेक्र्याइँ नगरी समयमै चिकित्सकको सल्लाह लिनुपर्छ ।

यो पनि…
जोर्नी दुख्छ ? बन्दागोभीले गर्छ औषधिको काम
यस्ता छन् स्तन क्यान्सर पत्ता लगाउने तरिका



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested