English

यसकारण बस्नु हुँदैन गर्भवतीले व्रत, बस्नै परे के गर्ने ?



हिन्दू महिलाहरुको महान चाड हरितालिका तीज सुरु भइसकेको छ । तीजको व्रतलाई महिलाले विशेष रुपमा लिन्छन् । श्रीमानको लामो आयूको कामना गर्दै पानी समेत नखाई उनीहरु व्रत बस्छन् । तर, कतिपय अवस्थामा भने व्रत बस्दा घातक पनि हुन सक्छ । जस्तै गर्भावस्था । यो अवस्थामा व्रत लिनु निकै कठिन कुरा हो । त्यसैले गर्भवती महिलाहरुले तीजको व्रत लिँदा ध्यान दिनुपर्ने कुराहरुको बारेमा डा.नितेश घिमिरेको सुझाव यस्तो छ :

गर्भवती महिलाहरुले व्रत बस्दा हुन सक्ने समस्याहरु

– सर्वप्रथम गर्भवतीले आफ्नो स्वस्थ्य अवस्था कस्तो छ भन्ने कुरा जान्नु अत्यन्त जरुरी हुन्छ । मधुमेह, थाइरोइड र रगतको कमी भएको महिलाहरुले त व्रत बस्नु नै हुँदैन ।

– गर्भवस्थामा व्रत बस्दा जलविनियोजन भई नाक, मुख आँखा सुक्छ ।

– बिहानदेखि बेलुकासम्म केही नखाई बस्दा एसिडिटि हुन्छ ।

– गर्भाअवस्थामा साधारणतया बमिट हुने, टाउको दुख्ने, रिँगटा लाग्ने भईरहेको हुन्छ । दिनभरी भोकै बस्दा यी समस्याहरु अझै बढेर जान्छन् ।

– गर्भाअवस्थामा सुगरको समस्या भएको ले व्रत बस्दा सुगरको लेबल झन् घटेर जान्छ । जसले गर्दा ज्वरो आउने रिंगटा लाग्ने जस्ता समस्या पनि हुन्छन् ।

गर्भमा रहेको बच्चामा हुन सक्ने समस्या

– व्रतको दिन दिउँसभरि पानी नपिउँदा पेटको बच्चाले मोस्चर प्राप्त गर्दैन । जस्ले गर्दा बच्चाको वृद्धि विकास राम्ररी हुन पाउँदैन ।

– समयभन्दा अघि नै बच्चाको डेलिभरी हुने समस्या हुनसक्छ ।

– आमाको पेटमा हुँदा उसको अंगहरुको विकास राम्ररी हुन पाउँदैन ।

– पछि गएर बच्चामा पनि मधुमेह, प्रेसर र मुुटुका समस्याहरु पनि हुन सक्छन् ।

बस्नै परे के गर्ने ?

– स्वस्थ्य अवस्था सामान्य छ भने डाक्टरको सल्लाह अनुसार व्रत बस्ने ।

– व्रत बस्ने भन्दा अघिल्लो दिन धेरै खाना खाने र भोलिपल्ट दिनभरी भोकै बस्ने नगर्ने ।

– अघिल्लो दिन नै व्रत बस्ने दिनको तयारी गर्ने ।

– निराहार व्रत बस्नु भन्दा पानी र फलफुलको सेवन गर्ने ।

– व्रत बसेको महिलाहरुले धेरै गाह्रो काम नगर्ने ।

– जलविनियोजन हुन दिनु हुँदैन, पानीको कमी हुने बित्तिकै पानी पिइ हाल्ने ।

– बच्चाको चाल याद गर्ने । यदि बच्चा चलेन भने व्रत त्यागेर खाना र पानी खाइ हाल्नुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested