English

‘डिजिटल मार्केटिङ’ मा नेपालले फड्को मार्न सक्छ



नेपालको राष्ट्रिय पहिचानलाई विश्वव्यापिकरण गर्ने लक्ष्यका साथ स्थापित संस्था हो– नेप्लिज मार्केटिङ एसोसिएसन (एनएमए) । त्यसैलाई मुर्त रुप दिन एनएमएले ‘लेट्स ब्राण्ड नेपाल’ अभियान समेत चलाइरहेको छ ।

जसको उद्धेश्य नेपाली सेवा तथा वस्तुको प्रचारप्रसारमा हुँदै आएको परम्परागत परिपाटीलाई हटाउँदै मार्केटिङको अत्याधुनिक शैली अबलम्बन गर्नु हो । त्यसैको पहिलो प्रयास, एनएमएले हालै ‘डिजिटल मार्केटिङ’ सम्बन्धि दुई दिने तालिम सम्पन्न गरेको छ । जसमा नेपालका मार्केटिङ क्षेत्रका झण्डै ११५ जना मार्केटरहरुको सहभागिता थियो ।

बंगलादेश पनि नेपालजस्तै परिस्थितिबाट गुज्रिएर माथि उठेको देश हो, त्यहाँ भएको प्रयोगात्मक ज्ञानलाई हामीले अबलम्बन गर्यौं भने बंगलादेशले जस्तै नेपालले पनि विश्व बजारमा आफ्नो छाप छोड्न सक्छौं ।

डिजिटल प्रविधिलाई आत्मसाथ गर्दै नेपाली उत्पादनलाई आम उपभोक्तामाझ सशक्त ढंगले पुर्याउने उद्धेश्यले नै तालिमको आयोजना गरिएको एनएमएका अध्यक्ष महेश स्वाँर बताउँछन् ।

‘यतिबेला विश्व प्रविधिको क्षेत्र तीव्र गतिमा अघि बढिरहेका बेला नेपाल पनि त्यसमा जानुपर्छ र, त्यसका लागि सीप चाहिन्छ,’ तालिमको उद्धेश्यबारे प्रष्ट्याउँदै स्वाँरले भने, ‘त्यही सीप विकासका लागि यो तालिमको आयोजना गरेका हौं । यसले पक्कै पनि नेपालको मार्केटिङ शैलीलाई केही हदसम्म परिवर्तन गर्छ ।’

गत शुक्रबार र शनिबार भएको तालिमको प्रशिक्षकका रुपमा गुगल बंगलादेशका कन्ट्री मार्केटिङ कन्सल्टेन्ट मोदासर अहमद र बंग्लालिङ्क डिजिटल कम्युनिकेशनकी म्यानेजर(इन्गेजमेन्ट एण्ड ग्रोथ) सिन्थिया बिन्ता वाली थिए । उनीहरुले बंगलादेशमा डिजिटल मार्केटिङले मारेको फड्को र नेपालमा त्यसलाई कसरी अघि लैजान सकिन्छ भन्ने बारे प्रशिक्षण दिएका थिए ।

‘बंगलादेश पनि नेपालजस्तै परिस्थितिबाट गुज्रिएर माथि उठेको देश हो,’ अध्यक्ष स्वाँरले भने, ‘त्यहाँ भएको प्रयोगात्मक ज्ञानलाई हामीले अबलम्बन गर्यौं भने बंगलादेशले जस्तै नेपालले पनि विश्व बजारमा आफ्नो छाप छोड्न सक्छौं ।’

याे पनि :
नेपालको मार्केटिङलाई धारिलो बनाउन एनएमए (भिडियो पनि…)
तुलसी धरेल जो नेपाललाई विश्वसामू चिनाउन चाहन्छन् (भिडियो पनि)
नेप्लिज मार्केटिङ एसोसिएसनको अध्यक्षमा महेश स्वार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested