English

नेपालको मार्केटिङलाई धारिलो बनाउन एनएमए (भिडियो पनि…)



के नेपाल सानो छ ?

जैविक विविधता, प्राकृतिक सुन्दरता अनि आध्यात्मिक वातावरणको सार खिच्ने हो भने भन्न सकिन्छ–‘नेपाल सानो छैन ।’ त्यसैले, त भनियो–‘सुन्दर, शान्त र विशाल नेपाल ।’

के छैन नेपालमा ?

नेपालमा जुन ढंगले सेवा र वस्तुको जसरी मार्केटिङ भइरहेको छ, त्यो निकै परम्परागत छ । विज्ञापन गर्नासाथ सबै कुरा बेच्न सकिन्छ भन्ने हाम्रो पुरातन मान्यता छ । तर, विश्व बजारमा जुन शैलीले मार्केटिङ भइरहेको छ, त्यसलाई पछ्याउन हामीले सकिरहेका छैनौँ । यसैले, हामीले हाम्रो आफ्नै र विश्वबजारको आँगनसम्म हाम्रा सेवा र उत्पादित वस्तुलाई बेच्न सकिरहेका छैनौं ।

हिमाल, पहाड र तराई यहीँ छ । अनि यहीँ बस्छौँ, ‘सयौँ थुँगा फूलका हामी एउटै नेपाली ।’ तर, पनि विश्व बजारमा नेपालको पहिचान अर्थात् ‘ब्रान्ड इमेज’ मजबुत बन्न सकेको छैन । नेपालको तुलना थाइल्यान्डसँग नै गरौँ । प्रत्येक वर्ष आठ करोडभन्दा बढी पर्यटक थाइल्यान्ड पुग्छन्, मन खोलेर घुम्छन्, दिल खोलेर खर्च गर्छन् । नेपालमा ? वर्षमा २० लाख पर्यटक मुस्किलले आउँछन् । आएका पर्यटकलाई पनि लामो समयसम्म टिकाइराख्ने क्षमता हामीले देखाउन सकेका छैनौँ ।

किन हुन्छ यस्तो ?

किनकि, हामीले हामीसँग भएका कुराको बजारीकरण गर्न जति बल पुर्याउनुपर्थ्यो, त्यो पुर्याउन सकेका छैनौँ । देशको ‘ब्रान्ड इमेज’ लाई जति धारिलो बनाउन सकिन्छ त्यति नै हामीले हामीसँग भएको वस्तु र सेवालाई देश–विदेशका बजारमा पुर्याउन सक्छौँ । तर, हामी यहीँ चुकिरहेका छौँ ।

नेपालमा जुन ढंगले सेवा र वस्तुको जसरी मार्केटिङ भइरहेको छ, त्यो निकै परम्परागत छ । विज्ञापन गर्नासाथ सबै कुरा बेच्न सकिन्छ भन्ने हाम्रो पुरातन मान्यता छ । तर, विश्व बजारमा जुन शैलीले मार्केटिङ भइरहेको छ, त्यसलाई पछ्याउन हामीले सकिरहेका छैनौँ । यसैले, हामीले हाम्रो आफ्नै र विश्वबजारको आँगनसम्म हाम्रा सेवा र उत्पादित वस्तुलाई बेच्न सकिरहेका छैनौं ।

त्यसो भए के गर्ने त ?

सायद क्यानडाको सेन्टिनियल कलेजमा मार्केटिङ पढाइरहेका प्रा.डा. तुलसी धरेललाई किन किन मार्केटिङ क्षेत्रमा नेपालमा केही गर्नैपर्ने हुटहुटी जागेर आयो । डा.धरेलको लामो र महत्वपूर्ण भूमिका रहेको छ । डा.धरेल क्यानेडियन मार्केटिङ एसोसिएसनका ब्रान्ड काउन्सिलका अध्यक्षसमेत रहेका छन् ।

क्यानेडियन मार्केटिङ एसोसियसन ब्रान्ड काउन्सिल र ट्यालेन्ट काउन्सिल बोर्डका सदस्यसमेत रहेका मूल निवासी नेपाली र क्यानडाका स्थायी बासिन्दा चाटर्ड मार्केटर धरेल सेन्टेनिअल कलेजका गभर्नर र क्यानडामा शीर्ष २५ आप्रवासी अवार्ड विजेता पनि हुन् । उनी नेपालमा पनि क्यानडाको जस्तै मार्केटिङ एसोसियसन जन्माउने प्रयासमा नेपाल आए । गत भदौदेखि उनले मार्केटिङका प्राज्ञिक व्यक्तिदेखि लिएर उद्योग व्यवसायमा स्थापित मार्केटिङका अभ्यासकर्ताहरूलाई पनि भेट्न थाले ।

नतिजा ?

नतिजा हाजिर छ । अब नेपालमा विधिवतरूपमा नेप्लिज मार्केटिङ एसोसियसन (एनएमए) को जन्म भएको छ । प्रा.डा. धरेललाई एनएमएको मानार्थ संस्थापक सदस्यताको दर्जा प्रदान गरिएको छ ।

एनएमएको कार्यसमिति (बोर्ड अफ डाइरेक्टर) गठन गरिएको छ । महेश स्वारलाई अध्यक्षको जिम्मेवारी दिइएको एनएमएमा डा.गोपाल थापा महासचिव, सुशील अवाले सचिवपुनम सिंहले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् । यस्तै, अभय गोर्खाली, सुमन शाक्य, सिर्जना जोशी महर्जन, सत्येन्द्र उप्रेती र सुरेन्द्र थापा नवगठित एनएमएको बोर्ड सदस्य रहनेछन् ।

महेश स्वार, अध्यक्ष एनएमए

किनकि, ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन ।’ त्यसै भनिएको होइन । तर, अब बोलेर मात्र पिठो बेच्न सकिने कुरा पनि एकादेशको कथा जस्तो भइसक्यो । अन्तर्राष्ट्रिय बजारको दैलोसम्म पहुँच र आफ्नो कुराको ब्रान्डिङका लागि अब मार्केटिङको तौर तरिका बदल्न आवश्यक छ । नेपालमा त झनै आवश्यक छ । किनकि, अहिलेको युगमा पनि हाम्रो मार्केटिङ शैली निकै परम्परागत छ । यसैले, गठन भयो, एनएमए । अनि बने एनएमएको ‘बोर्ड अफ डाइरेक्टर ।’

एनएमएको गठनलाई छोटो समयमा चालिएको लामो यात्राको पहिलो पाइला भनेर बुझ्न सकिन्छ । आफ्नो यो पहिलो प्रयासबाट एनएमए त्यतिबेला फुरुंग भयो, जतिबेला प्रोफेसर फिलिप कोटलरले शुभारम्भको शुभकामना दिए । मार्केटिङका विद्यार्थीदेखि विज्ञसम्मका लागि प्रोफेसर कोटलर आदरपूर्वक लिइने नाम हो ।

२३ डिसेम्बर २०२१ (८ पुस, २०७८) नेपालको बजारशास्त्रले बिर्सन नसक्ने ऐतिहासिक दिन बनेको छ । किनकि, यो दिनदेखि नेपाल र नेपालको बजार अनि नेपालको ब्रान्ड इमेजलाई अन्तर्राष्ट्रिय दैलोसम्म पुर्रयाउने अवसरको ढोका खुलेको छ । एनएमएको गठन र अब यसले लिने बाटोले नेपालको मार्केटिङ क्षेत्रलाई नयाँ आयाम दिने अवसर सिर्जना भएको छ । एनएमएले आफ्नो जन्मसँगै अभियान पनि प्रारम्भ गरेको छ । उसले अभियान शुरु गरेको छ, ‘लेट्स ब्रान्ड नेपाल’

एनएमले बिहिबार काठमाडौंको सोल्टी होटलमा एसोसिएसनको शुभारम्भ समारोहबीच ‘लेट्स ब्रान्ड नेपाल’ अभियान शुरु गरेको हो । लेट्स ब्रान्ड नेपाल अभियानले मूल्यवान् प्रस्तावहरू उत्पादन, सञ्चार, डेलिभरी र आदान–प्रदानका लागि संस्था र प्रक्रियाहरूको सञ्जालमार्फत व्यवसाय र व्यक्तिहरूको विश्वव्यापी परिप्रेक्ष्यमा राष्ट्रिय पहिचानलाई परम्परागतबाट अर्काे स्तरमा सार्ने उद्देश्य राखेको छ ।

ग्राहक, मार्केटर र समग्ररूपमा नेपाली समाजलाई मार्केटिङको राष्ट्रिय निकाय मार्केटिङ व्यवसायी र प्राज्ञिक सदस्यहरू सम्मिलित ६५ संस्थापक सदस्यहरूसहित गैर लाभकारी संस्थाको रूपमा एनएमए दर्ता गरिएको हो । एनएमएले नेपालको मार्केटिङ क्षेत्रका तीन व्यक्तित्वलाई सम्मान पनि गरेको छ । अध्यक्ष स्वाँरको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. बगला बस्नेत, अनुभवी मार्केटिङ व्यवसायी वीरेन्द्रमान श्रेष्ठ (मायाेज नुडल्सका पूर्व जिएम) र रवि केसी (सूर्य नेपालका उपाध्यक्ष) लाई सम्मान गरेको हो ।

एनएमएको गठनलाई छोटो समयमा चालिएको लामो यात्राको पहिलो पाइला भनेर बुझ्न सकिन्छ । आफ्नो यो पहिलो प्रयासबाट एनएमए त्यतिबेला फुरुंग भयो, जतिबेला प्रोफेसर फिलिप कोटलरले शुभारम्भको शुभकामना दिए । मार्केटिङका विद्यार्थीदेखि विज्ञसम्मका लागि प्रोफेसर कोटलर आदरपूर्वक लिइने नाम हो । प्रोफेसर कोटलर रणनीतिक मार्केटिङमा संसार प्रसिद्ध विशेषज्ञ हुन् । ‘आधुनिक मार्केटिङका पिता’ का रूपमा समेत उनी विश्वमाझ परिचित छन् ।

मार्केटिङसम्बन्धी ८० भन्दा बढी पुस्तक लेखेका ९० वर्षीय अमेरिकी नागरिक कोटलर मार्केटिङ समिट ग्रुपका संस्थापक तथा अध्यक्ष हुन् । सन् २०१९ देखि यिनकै नाममा ‘फिलिप कोटलर प्रेसिडेन्सियल अवार्ड’ समेत प्रदान गरिन्छ । पहिलो अवार्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गरिएको थियो । ‘नेप्लिज मार्केटिङ एसोसियसन स्थापनाका बारे सुन्न पाउँदा मलाई खुसी लागेको छ । नर्थवेस्टर्न युनिभर्सिटीमा हामीले केही नेपाली विद्यार्थीलाई तालिम दिएका थियौँ । उनीहरूमा सिक्ने उत्सुकता र मार्केटिङमा उनीहरूको दृष्टिकोण प्रभावशाली थियो,’ यिनै प्रोफेसर कोटलरले एनएमएलाई शुभकामना सन्देश पठाउँदै भनेका छन्–‘नेपाली अर्थतन्त्रलाई अगाडि बढाउन र यहाँका जनताको स्वास्थ्य र खुसीका लागि नेप्लिज मार्केटिङ एसोसियसनलाई धेरै सफलताको कामना गर्दछु ।’

मार्केटिङ एसोसियसन अफ पाकिस्तानका अध्यक्ष सइद इमरान अहमदले पनि एनएमए गठनलाई लिएर दिएको शुभकामना सन्देश कम घतलाग्दो छैन । ‘शक्तिशाली हिमालयको फेदबाट नयाँ क्षेत्रीय खेलाडी निस्किएको देख्दा खुसी लागेको छ । म पक्का छु कि, नेपाल मार्केटिङ एसोसिएसन यसको छातामा नेपालभरका मार्केटिङका व्यवसायीलाई एकै ठाउँमा ल्याउन महत्वूर्ण भूमिका खेल्नेछ,’ अध्यक्ष अहमदले भनेका छन्–‘हामी कामना गर्छौं कि मार्केटिङ पेशालाई सबै तहमा थप मान्यता दिने दिशामा गरेको प्रयासमा सफलता हासिल होस् । तपाईंलाई उपयोगी लाग्न सक्ने क्षेत्रमा तपाईंसँग सहकार्य गर्न पाउँदा हामी खुसी हुनेछौँ । यदि, तपाईंलाई कुनै आवश्यक छ भने कृपया हामीलाई सम्पर्क गर्न नहिचकिचाउनुहोला ।’

एनएमए गठनलाई लिएर प्रोफेसर कोटलर र अहमद मात्र होइन क्यानेडियन मार्केटिङ एसोसिएसनका अध्यक्ष तथा सिइओ जोन विल्टसायर पनि छन् । उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन्–‘मार्केटिङले विश्वभरका हरेक उद्योग र क्षेत्रलाई छुन्छ । नेपाली मार्केटिङ एसोसिएसनलाई मार्केटिङका लागि अर्को बलियो आवाजको रूपमा स्वागत गर्न पाउँदा खुसी छौँ ।’

एनएमएको गठनले नेपालको व्यावसायिक क्षेत्रको बजारीकरणसम्बन्धी आवश्यकता पूरा गर्ने र नेपाली बजारशास्त्रीहरूको विश्वसनीयता अभिवृद्धिमा योगदान दिने अपेक्षा गरिएको छ । नेपालले अन्तर्राष्ट्रिय मापदण्डमा स्थापित हुने बजारीकरण क्षेत्रप्रति आकर्षण अभिवृद्धि गर्न निश्चय पनि एनएमएले बजार व्यवस्थापन विषयको गहन छलफल र रोजगारीको सुनिश्चिततामा समेत यसले भूमिका खेल्ने विश्वास लिइएको छ ।

एएमए ‘हाइएर एजुकेसन मार्केटर अफ द इयर–२०२१’ का विजेता तथा अमेरिकी मार्केटिङ प्रोफेसर टिमोथी बोहलिंगले पनि एनएमए गठनलाई लिएर आफ्नो उत्साह लुकाउन सकेनन् । ‘अत्यन्तै उपलब्धि र उद्देश्यपूर्ण बाटोमा अगाडि बढ्नु हुने नेप्लिज मार्केटिङ एसोसिएसनका सदस्यहरूलाई शुभकामना’ प्रोफेसर बोहलिंगले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

प्रोफेसर बोहलिंग एक कुशल ग्लोबल बिजनेस लिडर, शिक्षक, र विद्वान् हुन, जसले आइबिएम, एचसिएल टेक्नोलोजी, स्ट्राटासिस, र जर्जिया स्टेट युनिभर्सिटीमा मार्केटिङ रूपान्तरण र उद्यमशीलताको व्यवसाय निर्माणको नेतृत्व सम्हालेका छन् । उनी आफ्ना ग्राहकहरूको वृद्धि र महानता बढाउन समर्पित मार्केटिङ परामर्श कम्पनीको संस्थापक पनि हुन् ।

एनएमएलाई सात समुन्द्र पारिबाट समेत शुभकामना सन्देश पठाउनेमा डा. माइकल आर सोलोमन पनि एक हुन् । उनी सेन्ट जोसेफ युनिभर्सिटी, अमेरिकाका मार्केटिङ प्रोफेसर पनि हुन् । उनले एनएमलाई दिएको शुभकामना सन्देशमा भनेका छन्–‘नयाँ कार्य थालनीका लागि बधाई यसका लागि तपाईहरु सबै उत्साहित हुनुहुन्छ होला भन्ने मैले महसुस गरेको छु । चाहे तपाईं मार्केटिङको अध्ययन अध्यापनमा हुनुहुन्छ वा व्यापारमा मलाई थाहा छ यो कति महत्वपूर्ण श्रोत हुनसक्छ । म नेपालमै आएर तपाईहरुलाई भेटेर बधाई दिन चाहन्थेँ, तर त्यो सम्भव भएन । सम्पूर्णलाई बधाई ।’

एनएमएको गठनले नेपालको व्यावसायिक क्षेत्रको बजारीकरणसम्बन्धी आवश्यकता पूरा गर्ने र नेपाली बजारशास्त्रीहरूको विश्वसनीयता अभिवृद्धिमा योगदान दिने अपेक्षा गरिएको छ । नेपालले अन्तर्राष्ट्रिय मापदण्डमा स्थापित हुने बजारीकरण क्षेत्रप्रति आकर्षण अभिवृद्धि गर्न निश्चय पनि एनएमएले बजार व्यवस्थापन विषयको गहन छलफल र रोजगारीको सुनिश्चिततामा समेत यसले भूमिका खेल्ने विश्वास लिइएको छ ।

नेपालको मार्केटिङलाई अन्तर्राष्ट्रिय ऐरेनामा पुर्रयाउने अभियानको पहिलो घण्टी बजेको छ । अगस्ट २०२१ देखि यात्रा शुरु भएको आज यो अभियान विधिवत् गठन भएको छ । नेपालको मार्केटिङ क्षेत्रले नयाँ मोड र नयाँ आयाम पाएको छ । अझ भनौँ, एनएमएको गठनले नेपालको समग्र बजार क्षेत्रले बल्ल ‘मार्केटिङ गुरु’ भेट्टाएको छ ।

भिडियो पनि…

यो पनि पढनुहोस्
बल्ल पायो मार्केटिङले नयाँ मोड
नेप्लिज मार्केटिङ एसोसिएसनको अध्यक्षमा महेश स्वार
एनएमएले सुरु गर्यो ‘लेट्स ब्राण्ड नेपाल’
नएमएद्वारा तीनजना सम्मानित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली