English

नेप्लिज मार्केटिङ एसोसिएसनको अध्यक्षमा महेश स्वार



कान्तिपुर मिडिया ग्रुपका एजिएम महेश स्वारको अध्यक्षतामा नेप्लिज मार्केटिङ एसोसिएसन(एनएमए) गठन भएको छ । बिहिबार सोल्टी होटलमा आयोजित कार्यक्रममा एनएमएमा स्वारसहित नौ जनाको कार्यसमिति चयन गरिएको हो ।

महेश स्वार,अध्यक्ष

कार्यसमितिको महासचिवमा त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. गोपाल थापालाई गरिएको छ । यसैगरी, अन्य पदाधिकारीहरुमा सचिवमा सुशिल अवाले, कोषाध्यक्षमा पुनम सिंह रहेका छन् । त्यस्तै, सदस्यहरुमा अभय गोर्खाली, सुमन शाक्य, सिर्जना जोशी महर्जन, सत्येन्द्र उप्रेती र सुरेन्द्र थापा रहेका छन् ।

डा. गोपाल थापा, महासचिव

एनएमएले चार्टर मार्केटर प्रा.डा. तुलसी धरेललाई संघको मानार्थ संस्थापक सदस्यको दर्जा प्रदान गरेको छ । डा. धरेल क्यानेडियन मार्केटिङ एसोसिएसनका ब्रान्ड काउन्सिलका अध्यक्ष, सेन्टेनिअल कलेजका गभर्नर र क्यानडामा शीर्ष २५ आप्रवासी अवार्ड विजेता पनि हुन् ।

सुशिल अवाले, सचिव

एनएमएमा मार्केटिङ व्यवसायी र प्राज्ञिक सदस्यहरू सम्मिलित ६५ जना संस्थापक सदस्य रहेका छन् । यसलाई गैर–नाफामूलक संस्थाको रुपमा दर्ता गरिएको छ ।

कार्यक्रममा प्रा.डा. धरेलले संस्थापक सदस्यहरुलाई सपथ ग्रहणका साथै कार्यसमितिका पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

पुनम सिंह, कोषाध्यक्ष
अभय गोर्खाली,बोर्ड सदस्य
सुमन शाक्य, बोर्ड सदस्य
सिर्जना जोशी महर्जन, बोर्ड सदस्य
सत्येन्द्र उप्रेती, बोर्ड सदस्य
सुरेन्द्र थापा, बोर्ड सदस्य

तस्बिरहरु: किरण लामा/मेरोलाइफस्टाइल



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested