नेपाली थाङ्का ९९ प्रतिशत विश्व बजारमा



विश्व बजारमा नेपाली थाङ्काको सबैभन्दा बढी माग छ । यसले विश्व बजारलाई ९९ प्रतिशत ओगटेको छ । थाङ्का चीन र भुटानमा लेखिन्थ्यो तर अहिले नेपालमा मात्र लेखिने भएकाले यसको माग विश्व बजारमा बढी छ । थाङ्काको निर्यातबाट नेपाललाई वर्षेनी तीन अर्बको हाराहारीमा आम्दानी हुन्छ ।

थाङ्कालाई नेपालले ब्राण्डिङ गर्न नसके पनि विश्वमा थाङ्का नेपालमा मात्रै पाइने बुझाई छ । थाङ्काको सबैभन्दा ठूलो बजार चीन हो । त्यसपछि जर्मन, स्वीटजरल्याण्ड, फ्रान्स, अमेरिका, क्यानडालगायत इस्लामिक राष्ट्रबाहेक सबै राष्ट्रमा थाङ्काको माग छ ।

अन्य राष्ट्रमा थाङ्का चित्र नलेखिएपछि विश्व बजारमा नेपालबाट थाङ्काको माग बढेको हो । तर सरकारले यस कलालाई व्यवस्थित गर्न नसकेकोले अबको २० वर्षपछि विश्व बजारमा चीनको थाङ्का निर्यात हुने सम्भावना छ । चीनमा थाङ्का चित्रमा ठूलो लगानी गरेर व्यवस्थित रूपले यसलाई अगाडि बढाइएको छ ।

थाङ्कालाई नेपालले ब्राण्डिङ गर्न नसके पनि विश्वमा थाङ्का नेपालमा मात्रै पाइने बुझाई छ । थाङ्काको सबैभन्दा ठूलो बजार चीन हो ।

नेपालमा थाङ्का चित्र बनाउने सबैभन्दा बढी तामाङ् समुदाय हो । त्यसपछि शेर्पा र डोल्पो समुदाय छ । यी समुदायबाहेक अरुले यो चित्र बनाउँदैनन् । सरकारी निकायबाट पनि यसलाई संरक्षण गरेको देखिदैन ।

थाङ्काको प्रयोग

बौद्धिष्टहरूले थाङ्कालाई पूजापाठ गर्नका लागि प्रयोग गर्छन् । विश्वमा जति पनि बुद्ध धर्म मान्नेहरू छन्, सबैसंग बुद्धका तीन वटा थाङ्का वा मूर्ति अनिवार्य हुनुपर्छ । जसलाई बौद्धिष्टहरूले धर्मकय, निर्माणकय र सम्भावकय गरी तीन वटा देवता मान्दछन् । पश्चिमी मुलुकमा थाङ्कालाई सजावट, लगानी, भिजियोल एजुकेशन, सेपरेट वा गुहे ध्यान (गुरुले दिएको कुरालाई आफूले मात्र हेर्ने र छोप्ने) का लागि थाङ्का प्रयोग गरिन्छ ।

थाङ्का र पौभामा फरक

पौभा नेवार समुदायको मौलिक हस्तकलालाई बुझिन्छ । नेपालको मौलिक पौभा तिब्बत निर्यात भएपछि पुनः सोही पौभा नेपालमा थोरै नयाँपन भएर आयो, जसलाई थाङ्का भनेर चिनियो । हाल आएर थाङ्का ब्राण्डिङ् भए पनि नेपालमा मौलिक थाङ्का बनाउने व्यक्तिहरू लोप हुने स्थितिमा छन् । थाङ्का तिब्बतियन र नेवार समुदायमा चर्चित छ । यसको शाब्दिक अर्थ केलाउँदा ‘थाङ्’ भन्नाले रेकर्ड र ‘का’ भन्नले अल्फाबेट लेटर बुझिन्छ ।

पौभा नेवार समुदायको मौलिक हस्तकलालाई बुझिन्छ । नेपालको मौलिक पौभा तिब्बत निर्यात भएपछि पुनः सोही पौभा नेपालमा थोरै नयाँपन भएर आयो, जसलाई थाङ्का भनेर चिनियो ।

कसरी सुरु भयो थाङ्का लेखन ?

थाङ्काको उत्पति अफगनिस्तानको काश्मिरमा सुरु भएको हो । यो पहिला बुद्धिष्ट राष्ट्र थियो । त्यो समयमा ब्राह्मणले मात्र पढ्न पाउँथे । बुद्ध जातले ब्राह्मण नभए पनि सबैले पढ्न पाउनुपर्छ र धर्म सिक्न पाउनुपर्छ भनेका थिए । त्यसपछि नयाँ दर्शन र नयाँ बुद्धिजम अगाडी आयो, त्यो बेला कसैले पढेका थिएनन् । ब्राह्मण समुदायले लेखेका कुरा पढ्नका लागि भिजोलाइज गरी चित्रमा उतारियो । यसरी तेस्रो शताब्दीदेखि कलाको विकास भइसकेपछि सबै कुरा लिखित रूपमा थिए । त्यही लिखित कुराहरूलाई चित्रमा उतार्न थालियो । ब्राह्मण समुदायको लिखित कुरालाई भिजोलइज गरेर बुद्धिष्टहरूले पनि शिक्षा लिन थाले, जसलाई भिजियोल एजुकेशन भनियो ।

यसरी थाङ्काको माध्यमबाट तन्त्र, विज्ञान र दर्शन पढ्न थलियो । सुरुमा चित्र कोर्न रुखका बोक्रा र पातहरू प्रयोग गरियो । नवौं शताब्दीमा सुति र सिल्कको कपडामा चित्रहरू कोर्न सुरु गरियो । पछि कागजको विकास भएपछि कलाकाररूले कागजमा चित्र बनाउन सुरु गरे । रङहरूको विकास भइसकेपछि चित्रहरूमा रङ भर्न थलियो ।

सबैभन्दा पुरानो चित्रहरू भित्तामा कोरिएको पाइन्छ, जसलाई न्युरोल आर्ट भनेर बुझिन्छ, यो दोस्रो शताब्दीमा सुरु गरिएको थियो । पाँचौँ शताब्दीमा मकाउमा भित्तामा लेखिएका चित्रहरू कपडामा बनाएर व्यक्तिगत रूपमा घरमा राख्न सुरु गरियो । तेह्रौँ शताब्दीमा नै नेपाल र तिब्बतमा थाङ्काको एकदमै राम्रो विकास भएको हो ।

थाङ्का बनाउन लाग्ने समय

थाङ्का बनाउन बिषयबस्तुमा भर पर्छ । कुनै महिना दिन लाग्छ भने कुनै वर्ष दिन लाग्न सक्छ । थाङ्कामा बुद्धिस्ट दर्शन, तन्त्र, ज्ञान, ज्योतिष शास्त्र, औषधि र ऐतिहासिक लगायतका विषयवस्तु उल्लेख गरिएको हुन्छ । त्यसकारण थाङ्का बनाउन लाग्ने समयको कुनै सिमा नै हुँदैन ।

थाङ्का बनाउन बिषयबस्तुमा भर पर्छ । कुनै महिना दिन लाग्छ भने कुुनै वर्ष दिन लाग्न सक्छ ।

थाङ्काका प्रकार

विषयवस्तुअनुसार थाङ्का धेरै प्रकारका हुन्छन् तर हालसम्म पाँच वटा थाङ्काको पहिचान गरिएको छ ।

तान्त्रिक थाङ्का

ध्यान वा तपस्या गर्नलाई प्रयोग गरिने थाङ्कालाई तान्त्रिक थाङ्का भनिन्छ ।

दर्शन थाङ्का

मान्छेहरूमा भक्ति वा दर्शन जगाउनका लागि बनाइने थाङ्कालाई दर्शनसम्बन्धि थाङ्का भनिन्छ ।

औषधि विज्ञान थाङ्का

औषधि विज्ञानका लागि हिमाली क्षेत्रमा प्रयोग हुने जडीबुटीसम्बन्धि ज्ञान दिनेलाई औषधि विज्ञान थाङ्का भनिन्छ ।

ज्योतिष थाङ्का

ज्योतिषसम्बन्धि ज्ञान दिने थाङ्कालाई ज्योतिष थाङ्का भनिन्छ ।

ऐतिहासिक थाङ्का

इतिहाससम्बन्धि ज्ञान दिने थाङ्कालाई ऐतिहासिक थाङ्का भनिन्छ ।

(वरिष्ठ थाङ्का लेखक कार्साङ लामासँगको कुराकानीमा आधारित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदयपुरकी सिता (नाम परिर्वतन) लाई चिनेजानेकाले सामुहिक बलात्कार गरे । ४ छोराछोरीकी आमा समेत रहेकी सिता असार १५ को राति

इटालीका एक चिकित्सक महिला बिरामीलाई यौन सम्पर्क गर्न कर गर्ने क्रममा अर्धनग्न अवस्थामा पक्राउ परेका छन् । ६० वर्षीय डा.

पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने भएको छ । स्थानीय वायुको प्रभावका

एमालेको १०औं महाधिवेशन उद्घाटनका लागि चितवनको नारायणी नदी किनारमा मञ्च तयार छ । देशभरबाट नेता कार्यकर्ता चितवनमा उर्लिएका छन् । स्वास्थ्य