English

यी ५ तरकारी जसले क्यान्सरको जोखिम कम गर्छ



क्यान्सर एक घातक रोग हो । यो रोग जुनसुकै उमेरमा कसैलाई पनि हुन सक्छ। क्यान्सरका धेरै प्रकार छन्, त्यी सबैमा फरक–फरक लक्षणहरू र गम्भीरताहरू छन्। क्यान्सर हुनुमा धेरै कारणहरू छन् । तर सबैभन्दा ठुलो कारण भनेको खराब खानपान र जीवनशैलीलाई मानिन्छ। विज्ञहरूका अनुसार राम्रो स्वास्थ्यका लागि राम्रो खानपान आवश्यक हुन्छ ।

यद्यपि, धेरै अनुसन्धान र अध्ययनहरूमा, यो पत्ता लागेको छ कि स्वस्थ आहारले क्यान्सरको जोखिमलाई पनि कम गर्न सक्छ। एक अध्ययनले पत्ता लगाए अनुसार केही तरकारीहरूमा क्यान्सरको जोखिम कम गर्ने र रोगसँग लड्ने गुणहरू छन्। रिपोर्टका अनुसार यी तरकारीको नियमित सेवनले सबै प्रकारको क्यान्सरको जोखिमलाई कम गर्न मद्दत गर्छ ।

काउली

काउली र अन्य क्रुसिफेरस तरकारीको सेवनले क्यान्सरको जोखिम कम गर्ने विश्वास गरिन्छ। २०१४ मा, फ्रान्सेली अनुसन्धान टोलीले PEITC नामक क्यान्सर प्रतिरोधी तत्त्व पत्ता लगाएका थिए । जुन काउलीलगायत क्रुसिफेरस तरकारीहरूमा पाइन्छ।

ब्रोकाउली

अनुसन्धानले पत्ता लगाएको छ कि ब्रोकाउलीमा क्यान्सरसँग लड्ने प्लान्ट कम्पाउन्ड सल्फोराफेन नामक फाइटोकेमिकल धेरै हुन्छ। यसले कम्पाउन्ड प्रोस्टेट क्यान्सर, स्तन क्यान्सर, कोलोन क्यान्सर र मुखको क्यान्सरको जोखिम कम गर्न जानिन्छ।

केल साग

यसमा भिटामिन सी र भिटामिन के पाइन्छ । साथै केल एक क्रुसिफेरस तरकारी पनि हो। यो तरकारीमा प्रोस्टेट र कोलोन क्यान्सर, फोक्सोको क्यान्सर र स्तन क्यान्सरसँग लड्ने क्षमता रहेको धेरै अनुसन्धानले दाबी गरेको छ ।

कोलार्ड साग

सागसब्जीमा क्यान्सर प्रतिरोधी गुण पनि पाइन्छ । क्रुसिफेरस तरकारीहरू अधिक खाने मानिसहरूमा प्रोस्टेट, स्तन, डिम्बग्रंथि, फोक्सो र कोलोन क्यान्सर लगायतका निश्चित प्रकारका क्यान्सरहरू हुने जोखिम कम हुने अनुसन्धानले दाबी गरेको छ ।

ब्रसल स्प्राउट

ब्रसल स्प्राउटमा क्लोरोफिल हुन्छ, जसले क्यान्सरको विकासलाई रोक्छ। यसका साथसाथै यसले ट्युमरको वृद्धिलाई रोक्न मद्दत गर्छ भन्ने धेरै अनुसन्धानमा पनि पत्ता लागेको छ । इन्जाइमहरूले ट्युमर सप्रेसर जीनलाई कमजोर बनाउँछ र तिनीहरूलाई फैलिनबाट रोक्छ।

यो पनि…
हिँड्नुका फाइदा
रुनु स्वास्थ्यका लागि राम्रो, जान्नुहोस् यसका ६ फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली