English

चीनले अन्तरिक्ष स्टेसन निर्माणका लागि मानव यान पठाउँदै



चीनले आइतवार तीन जना अन्तरिक्ष यात्रीहरूलाई अधूरो चिनियाँ अन्तरिक्ष स्टेसनको कोर मोड्युलमा लैजाने एउटा अन्तरिक्ष यान प्रक्षेपण गर्दैछ । स्टेसन निर्माण उन्नत चरणहरूमा प्रवेश गरिरहेका बेला उसले अन्तरिक्ष यात्रीलाई स्टेसनको कोर मोड्युलमा पठाउन लागेको हो । अन्तरिक्ष यात्रीहरुले ६ महिनासम्म स्टेसनमा काम गर्नेछन् ।

सेन्झोउ– १४ अन्तरिक्ष यान बोकेको लङ मार्च–२ एफ रकेट उत्तरपश्चिमी प्रान्त गान्सुको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १०ः४४ बजे अन्तरिक्षतर्फ प्रस्थान गर्न लागेको चीनको मानव अन्तरिक्ष निकायका अधिकारीले बताएका छन् ।

मिसन कमाण्डर चेन दोङको साथमा लिउ याङ र काइ जुझे सेन्झाउ–१४ मा सवार हुनेछन् । ‘प्रक्षेपणको लागि सबै तयारीहरू पूरा भएका छन्’, अन्तरिक्ष निकायका अधिकारी लिन सिकियाङले भने । सेन्झोउ– १४ चार चालक दल मिसनमध्ये तेस्रो हुनेछ र कुल ११ मिसनमध्ये सातौं ।

सन् २०२१ मा तिआनहीको प्रक्षेपणपछि चीनले आफ्नो थ्री मोड्युल अन्तरिक्ष स्टेसन निर्माण सुरु गरेको थियो ।

यो पनि
ब्रह्माण्डसम्बन्धी रोचक तथ्य
पृथ्वीजस्ता ग्रह २०० वटा फेला परेको नासाको दाबी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested