English

शिबराजलाई यसकारण राखियो खोरमा



उपचार खर्च जुटाउन नसक्दा उदयपुरको चौदण्डीगढी नगरपालिका– २ शिखरपुर भित्तेका ३७ वर्षीय शिबराज बिकलाई परिवारले खोरमा थुनेर राखेका छन् । मानसिक रोगले ग्रसित उनलाई परिवारले सात वर्षदेखि खोरमा थुनेर राखेका हुन् ।

खोरमा नराख्दा अश्लील शब्द बोल्ने र कपडा समेत फुकालेर हिँड्ने गरेपछि खोरमै राख्न बाध्य भएको परिवारका सदस्यले बताएका छन् । उनी रातभरि रुने, कराउने, अश्लील बोल्ने घरमा आएका मानिसलाई कुट्ने पिट्ने र केटाकेटीहरुलाई लखेटी लखेटी कुटपिट गर्ने गरेकाले खोरमा थुन्नु परेको उनीहरले बताए । उनलाई अभिभावकले खानेकुरा समेत खोरमा राखि दिन्छन् ।

कमाउन भनि ०६९ मा काठमाण्डौं गएका उनले कमाएर घरमा पैसा पठाइरहेका थिए । तर ०७२ को भूकम्पपछि उनी एकाएक हराए । खोजी गर्दै जाँदा उनी चितवनको नारायण नदी किनारामा मानसिक सन्तुलन गुमेको अबस्थामा फेला परेका थिए ।

घरदेखि अलि पर बाँस घारीमा चारैतिर काठले बेरा बारेको माथि जस्ताले छाएको जमिनदेखि चार फिट लग्लो खोरमा फटाहा ओछयाएर बनाएको स्थानमा उनलाई थुनेर राखिएको छ । कमाएर ल्याउने छोरा नै मानसिक सन्तुलन गुमाएपछि अहिले परिवारमा बिहान बेलुकाको छान टाँर्न समेत समस्या रहेको उनकी आमा सुमित्रा बिकले बताइन् ।

कमाउन भनि ०६९ मा काठमाण्डौं गएका उनले कमाएर घरमा पैसा पठाइरहेका थिए । तर ०७२ को भूकम्पपछि उनी एकाएक हराए । खोजी गर्दै जाँदा उनी चितवनको नारायण नदी किनारामा मानसिक सन्तुलन गुमेको अबस्थामा फेला परेका थिए ।

त्यसपछि बिराटनगर सुधार केन्द्रमा लगि उपचार गर्दा समेत केही नलागेपछि पुन छरछिमेकी स्थानीयबासीको सहयोगमा चन्दा उठाएर पाटन मानसिक रोग अस्पताल पु¥याएको र त्यहाँ उपचार गरेपछि ठिक भएर आएको आमा सुमित्राले बताईन् । ‘उपचारपछि ठिक भएर आएको केही महिनासम्म राम्रो भएकोले शिबरामको नागरिकता बनाई दिएका थियौं । ‘मलाई पासपोर्ट बनाई दिनु म पैसा कमाउन बिदेश जान्छु भन्दै थियो तर एक्कासी पुन मानसिक सन्तुलन गुमाउन पुग्यो’ उनले भनिन् ।

आफ्नै जग्गा जमिन नभएका बिक परिवारलाई मजदुरी गरेर खानु पर्ने बाध्यता छ । सम्पत्तिका नाममा एउटा घरमात्रै भएका बिक परिवारलाई हातमुख जोर्ने समस्या छ । सात जनाको बिक परिवारमा शिवराम जेठो सन्तान हुन् ।

तर त्यसपछि असामान्य व्यवहार देखाउन थाले । उपचार गर्दा ठिक हुन्छ तर उपचार गर्ने खर्च नभएर आजसम्म खोरमै राख्नु परेको सुमित्राले बताइन् । पाटन अस्पतालमा उपचारपछि ठिक भएको र नियमित औषधि खानु पर्ने भयो तर औषधि किन्ने पैसा नभएपछि ठिक हुन सकेन । त्यसपछि उनलाई खोर बनाएर राखिएको हो ।

चौदण्डीगढी नगरपालिका–२ शिखरपुर भित्ते माडिबासस्थित जंगल फडानी गरेर बसेका उनको परिवार ज्याला मजदुरी गरि जिविकोपार्जन गर्दै आएका छन् । खोरिया फाडेर बसेका उनीहरुको सात जनाको परिवार रहेको छ । जनता आबास कार्यक्रमबाट बनाई दिएको सानो घरमा बस्दै आएका उनीहरुको घर वरिपरि करिब ५ कठ्ठा ऐलानी जमिन बाहेक केही छैनन् ।

आफ्नै जग्गा जमिन नभएका बिक परिवारलाई मजदुरी गरेर खानु पर्ने बाध्यता छ । सम्पत्तिका नाममा एउटा घरमात्रै भएका बिक परिवारलाई हातमुख जोर्ने समस्या छ । सात जनाको बिक परिवारमा शिवराम जेठो सन्तान हुन् ।

उपचारका लागि कसैले सहयोग गरि दिए हामी भगवान ठान्द थियौं । घरको आर्थिक अवस्था कमजोर छ । अहिले छोरालाई फेर्ने कपडा समेत छैन । एउटै कपडामा महिनौ बिताउँछ ।

आर्थिक अभाबका कारण उपचार गर्न नसकेपछि खोरमा राख्नु परेको उनका भाई अर्जुन बिकले बताए । दाजुलाई खोरमा थुन्नुको बिकल्प नभएको बताउँदै उनले भने, ‘आर्थिक अवस्था कमजोर भएकाले पेटभरि खुवाउन समेत नसक्ने अवस्था छ ।’ आर्थिक अवस्था कमजोर छ । उपचार गर्ने पैसा छैन । कमाएर ल्याउने छोरा मानसिक रोग छ । उनलाई सम्हालेर राख्न नै समस्या छ । खोरमा राखेन भने अनेक उपद्रो गर्छ, आमाले भनिन् ।

छोरालाई खोरमा राख्नु पर्दा आफूलाई धेरै पीडा हुने गरेको आमा सुमित्रा बिकको भनाइ छ । ‘उपचारका लागि कसैले सहयोग गरि दिए हामी भगवान ठान्द थियौं । घरको आर्थिक अवस्था कमजोर छ । अहिले छोरालाई फेर्ने कपडा समेत छैन । एउटै कपडामा महिनौ बिताउँछ ’ उनले भनिन् । उपचारका लागि कोसिस गर्दागर्दै भएको केही सम्पत्ति सकिएकोले अब उनीहरुलाई खोरमा थुनेर टुलुटुलु हेर्नुको बिकल्प नभएको आमा सुमित्राको भनाइ छ ।

याे पनि :
मनाङका स्कुलमा किन घटे विद्यार्थी ?
नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजारको मृत्यु



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो