English

२०७४ को तुलनामा २०७९ मा काठमाडौं महानगरपालिकामा बदर मत बढ्यो



अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनमा काठमाडौं महानगरपालिकामा बदर मतको संख्या बढेको छ ।

निर्वाचन आयोगका अनुसार गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा १६ प्रतिशत बदर भएको छ ।

काठमाडौं महानगरमा यसपटक १ लाख ९० हजार ९६२ मत खसेको थियो । खसेकोमध्ये १ लाख ५९ हजार ९०६ मत सदर र ३१ हजार ५६ मत बदर भएको छ । खसेको मतमा ८४ प्रतिशत सदर र १६ प्रतिशत बदर भएको छ ।

यसअघि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १ लाख ९७ हजार २२७ मत खसेको थियो ।

खसेको मतमध्ये १ लाख ६७ हजार २८६ मत सदर र २९ हजार ९४१ मत बदर भएको थियो । खसेको मतमा ८४.८ प्रतिशत मत सदर भएको थियो भने १५.२ मत बदर भएको थियो ।

यसपटकको निर्वाचनमा प्रतिशतको हिसाबले सबैभन्दा बढी बदर मत काठमाडौं महानगरपालिकाको वडा नं. १५ डल्लुमा खसेको छ । त्यहाँ खसेको मतमध्ये २४ प्रतिशत बदर भएको थियो । वडा नं. १५ मा ८ हजार ७२० मत खसेकोमा २ हजार ९९ मत बदर भएको थियो ।

काठमाडौं महानगरपालिकामा सबैभन्दा कम मत बदर वडा नं. ५ हाँडिगाउँमा खसेको थियो । यहाँ खसेकोमध्ये ११ प्रतिशत मत बदर भएको थियो । वडा नं.५ मा कुल ४ हजार ७९ मत खसेकोमा ४५३ मत बदर भएको आयोगले जनाएको छ ।

यो पनि…
महानगरका ‘महानायक’
यही हो बेला, जनताले विवेक प्रयोग गर्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested