English

२०७४ को तुलनामा २०७९ मा काठमाडौं महानगरपालिकामा बदर मत बढ्यो



अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनमा काठमाडौं महानगरपालिकामा बदर मतको संख्या बढेको छ ।

निर्वाचन आयोगका अनुसार गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा १६ प्रतिशत बदर भएको छ ।

काठमाडौं महानगरमा यसपटक १ लाख ९० हजार ९६२ मत खसेको थियो । खसेकोमध्ये १ लाख ५९ हजार ९०६ मत सदर र ३१ हजार ५६ मत बदर भएको छ । खसेको मतमा ८४ प्रतिशत सदर र १६ प्रतिशत बदर भएको छ ।

यसअघि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १ लाख ९७ हजार २२७ मत खसेको थियो ।

खसेको मतमध्ये १ लाख ६७ हजार २८६ मत सदर र २९ हजार ९४१ मत बदर भएको थियो । खसेको मतमा ८४.८ प्रतिशत मत सदर भएको थियो भने १५.२ मत बदर भएको थियो ।

यसपटकको निर्वाचनमा प्रतिशतको हिसाबले सबैभन्दा बढी बदर मत काठमाडौं महानगरपालिकाको वडा नं. १५ डल्लुमा खसेको छ । त्यहाँ खसेको मतमध्ये २४ प्रतिशत बदर भएको थियो । वडा नं. १५ मा ८ हजार ७२० मत खसेकोमा २ हजार ९९ मत बदर भएको थियो ।

काठमाडौं महानगरपालिकामा सबैभन्दा कम मत बदर वडा नं. ५ हाँडिगाउँमा खसेको थियो । यहाँ खसेकोमध्ये ११ प्रतिशत मत बदर भएको थियो । वडा नं.५ मा कुल ४ हजार ७९ मत खसेकोमा ४५३ मत बदर भएको आयोगले जनाएको छ ।

यो पनि…
महानगरका ‘महानायक’
यही हो बेला, जनताले विवेक प्रयोग गर्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चियापानको आयोजना गरेको छ । । चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू,

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।समाजवादी जागरण अभियानअन्र्तगत आज १२ औं दिन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन् ।दाङको

टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानले शुक्रबार पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको सम्झनामा एक बिशेष कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा सर्बोच्च अदालतका