English

रवीन्द्र मिश्रले विवेकशील साझाको अध्यक्ष पदबाट दिए राजीनामा



विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीले निराशाजनक परिणामको सामना गर्नपरेपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ । गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु, मिश्रद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष पदबाट राजीनामा गरे पनि पार्टीको साधारण सदस्य भने रहिरहने प्रतिवद्धता उनले जनाएका छन् ।

विवेकशीलका उम्मेदवारहरू इमानदार र सक्षम हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा आफूले लिएको उनले बताएका छन् ।

मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।

बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जाने वज्ञप्तिमा उनले उल्लेख गरेका छन् ।

‘मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु,’ मिश्रले विज्ञप्तिमा भनेका छन् ।

गत ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कत्ति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई उनले विज्ञप्तिमा सम्झेका छन् ।

तपाईंहरूलाई सम्झेर म भावुक भएको छु र तपाईंहरूको अपेक्षा पुरा गर्न नसक्दा अत्यन्तै दुखित छु ।

‘तपाईंहरूलाई सम्झेर म भावुक भएको छु र तपाईंहरूको अपेक्षा पुरा गर्न नसक्दा अत्यन्तै दुखित छु,’ उनले भनेका छन् ।

विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेको उनले बताएका छन् । विवेकशील साझाले उठाएका प्रमुख मुद्दाहरू सम्बोधन नगरेसम्म नेपालको रूपान्तरण असम्भव हुने दाबी उनको छ ।

आफूले प्रस्तुत गरेको ‘विचारभन्दा माथि देश’ दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई–तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णय विरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजक लगायत कतिपयलाई कारबाही गरिएको उनले स्मरण गरेका छन् ।

सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन उनले पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई अनुरोध गरेका छन् ।

मेरो बुद्धि र विवेकले भ्याएसम्म इमानदार रहँदा रहँदै पनि यसबिच मबाट भएका कमजोरी तथा त्रुटिहरूप्रति म निःसङ्कोच क्षमा याचना गर्दछु ।

त्यस्तै उनले सो दस्ताबेजप्रति असहमति राखेर राजीनामा दिएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गरेका छन् ।

‘पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षापछि निर्णय लिने नै छ। मेरो बुद्धि र विवेकले भ्याएसम्म इमानदार रहँदा रहँदै पनि यसबिच मबाट भएका कमजोरी तथा त्रुटिहरूप्रति म निःसङ्कोच क्षमा याचना गर्दछु,’ मिश्रले भनेका छन् ।

यो पनि…
रञ्जु दर्शनाले गरिन् विवेकशील साझा पार्टी परित्याग
विवेकशील साझा पार्टीमा लफडा, कसले के भने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested