English

सेक्स पार्टनरमा हुनैपर्ने गुण यस्ता छन्



आम रुपमा जोडीले एक अर्कालाई मन पर्ने नपर्ने र जिन्दगीका अन्य आवश्यकताहरुको त पुरै ख्याल राख्छन् तर जब कुरा सेक्सको कुरा आँउछ उनीहरुले केही ससाना तर महत्वपूर्ण कुरालाई नजरअन्दाज गरिदिन्छन् ।

यसैकारण उनीहरुले अन्तरंग पलको आनन्द उठाउन सक्दैनन् । त्यसोभए यौनकार्यमा निपुणता हासिल गरेर पर्र्फेट सेक्स पार्टनर कसरी बन्ने त ? यदि तपाईं पनि यस्तो स्थितीबाट बचेर आफ्नो यौन जीवनलाई रोमाञ्चक बनाउन चाहनुहुन्छ भने निम्न कुरामा ध्यान दिनुहोस् ।

सरसफाईमा ध्यान दिने

छालालाई नरम बनाउनको लागि समयसमयमा मसाज गर्नुहोस् किनभने सफा र चम्किलो छालाको स्पर्शले नै पार्टनरलाई कामोत्तेजित बनाउँछ । साथै बेडमा जानुभन्दा पहिले नै आफ्नो शरीरबाट पसिना आदिको दुर्गन्ध नआओस् भन्ने कुराको सुनिश्चित गर्नुहोस् । नुहाएर राम्रो वास्ना दिने कुनै बडि स्प्रे वा परफ्युम लगाउनुहोस् र हेर्नुहोस् तपाईंको शरीरको बास्नाले पार्टनरलाई कसरी मदहोस् बनाइदिन्छ ।

साहसिक प्रेमी

यौनकार्यको क्रममा बोरिङ पारामा प्रस्तुत हुनुहुन्छ भने पार्टनरको मुड राम्रो बनाउन सक्नुहुन्न । साथै तपाईंले यौनको धेरै मजा उठाउन र सुखद यौनजीवनको अनुभव प्राप्त गर्न सक्नुहुन्न ।

राम्रो यौनसाथी बन्नको लागि आफ्नो साथीको यौनप्यासलाई बढाउने कोसिस गर्नुहोस् र उनीहरुलाई कामोत्तेजित बनाउनुहोस् । यसको लागि पार्टनरसँग यौनका कुराहरु गर्नुहोस्, सँगै नुहाउनुहोस् र पार्टनरसँग थोरै बदमासी गर्नुहोस् । यसले तपाईंको यौन जीवनको साथै जिन्दगी पनि रोमाञ्चक बन्छ ।

मुखमैथुनको आवश्यकता

यौनको पुरा मजा लिनको लागि बिना कुनै शर्त हरेक क्रियामा पार्टनरलाई सहयोग गर्नु पर्छ । एक राम्रो यौनसाथी उनै हुन्छन् जसले आफ्नो साथीको इच्छाहरुको पुरा ख्याल राख्छन् ।

पार्टनर मुखमैथुनबाट धेरै सन्तुष्ट हुन्छन् भने बिना हिच्किचाहट यसमा उनलाई साथ दिनुहोस् । पत्नी ओरल सेक्स गर्न हिच्किचाउँछिन् भने पहिले उसको हिच्किचाहट टाढा गर्ने कोसिस गर्नुहोस् ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले