English

सेक्सलाई सन्तुष्टिपूर्ण बनाउन यसो गर्नुहोस्



यौन जीवनसँग निद्राको गहिरो सम्बन्ध छ । राम्रोसँग निदाउन सक्नुहुन्न भने तपाईंको सेक्स जीवन उत्साहजनक हुन सक्दैन । पर्याप्त निदाउन नसक्ने मानिसले सेक्सका लागि आवश्यक पर्ने ऊर्जा तथा बल हासिल गर्न सक्दैन । साथै, यस्तो मानिस सेक्सप्रति त्यति उत्साहित पनि हुँदैनन् ।

खानपान

सेक्स जीवनका लागि पौष्टिक खानपिन आवश्यक पर्छ । अण्डा, जैतुनको तेल, एवोकाडो, डार्क चकलेट, कुरिलोजस्ता खानाले सेक्स पावर बढ्छ ।

आराम

शरीरलाई आराम मिल्यो भने शरीरमा सेक्स हार्मोनको स्राव बढ्न जान्छ । चिन्तित मानिसको शरीरमा सेक्स हार्मोन पर्याप्त उत्सर्जन नहुने भएकाले आराम गरेर शरीरमा सेक्स हार्मोन पर्याप्त उत्सर्जन गराई यौन जीवनलाई भव्य बनाउन सकिन्छ ।

व्यायाम

शरीर र मनलाई स्वस्थ र दुरुस्त राख्न नियमित व्यायाम गर्ने गर्नुपर्छ । सेक्सलाई सुमधुर बनाउन कम्मर, पाखुरा आदि बलियो हुनुपर्छ । साथै, व्यायाम गर्दा शरीर निरोगी पनि हुन्छ । व्यायामलाई बलियो सेक्स जीवनका लागि आवश्यक मानिन्छ ।

मुड

बिग्रिएको मुड लिएर तपाईं सेक्समा सक्रिय हुन सक्नुहुन्न । त्यही भएर कुनै कारणले मुड खराब छ भने सेक्सका लागि तयारी गर्ने योजनामुताबिक रात पर्दै गएपछि मुड सुधार्दै लैजानुस् । यसरी मुड सुधारेर सेक्समा सरिक हुनुभयो भने यसले तपाईंको मुडलाई अझ राम्रो बनाउन मद्दत पुर्याउँछ ।

गीत

सेक्सलाई सुमधुर बनाउन सानो ध्वनिमा गीत बजाउनु पनि राम्रो हुन्छ । रोमान्टिक गीत चयन गर्नुस् ।

कपडा

राती सुत्दा तपाईंले लगाउने कपडाले पनि तपाईंको सेक्स मुड बनाउन भूमिका खेल्ने गर्छ । राती सुत्ने बेलामा लगाउनका लागि बजारमा पातलो मुलायम कपडाको नाइट ड्रेस पाइन्छ । यस्तो पहिरन लगाएर ओछ्यानमा जानुभयो भने यसले तपाईंको पार्टनरलाई सेक्सका निम्ति उत्साहित बनाउँछ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested