English

गुड नाइट– ‘राम्रो सपना बिर्सिंदा तनाव हुन्छ’



नेपाली गीत–संगीत क्षेत्रकी चर्चित मोडल हुन्– करिश्मा ढकाल । एक हजारभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी ढकालसँग मेरोलाइफस्टाइलले गरेको गुड नाइट वार्ता :

बेलुकाको खाना कति बजे खानुहुन्छ ?

बेलुका खाना नै खाँदिन ।

खाना नखाए के खानुहुन्छ त ?

फलफूल खान्छु ।

कति बजे सुत्नुहुन्छ ?

म सुत्ने समय निश्चित छैन । थाकेको बेला ८ बजे नै सुत्छु । जे होस् ९ देखि १० बजे भित्र सुतिसक्छु ।

बेडमा जानुअघि के गर्नुहुन्छ ?

मोबाइल चलाउँछु ।

सिरानी कता पार्नुहुन्छ ?

मेरो सिरानी पूर्व छ ।

के लगाएर सुत्नुहुन्छ ?

नाइट ड्रेस लगाएर सुत्छु ।

सुत्नुअघि अन्तिम पटक के खानुहुन्छ ?

पानी खान्छु ।

सपना देख्नुहुन्छ कि देख्नुहुन्न ?

सपना कहिलेकाँही देख्छु तर बिहान उठ्दा बिर्सिन्छु । राम्रो सपना बिर्सियो भने तनाव हुन्छ ।

निन्द्रा लागेन भने के गर्नुहुन्छ ?

मोबाइल चलाउँछु । अलि निन्द्रा लाग्यो भने सुत्छु ।

मोबाइलमा के चलाउनुहुन्छ नि ?

युट्युब, टिकटक हेर्छु ।

ब्वाइफ्रेन्डसँग कुरा गर्नु हुन्छ जस्तो छ ?

ब्वाइफ्रेन्ड छैन । कोसँग कुरा गर्नु ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested