English

यो हार्मोनको कमीले पुरुषमा देखिन्छ यस्ता लक्षणहरू



पुरुषको शरीरमा उत्पन्न हुने सेक्स हार्मोनलाई टेस्टोस्टेरोन भनिन्छ । यो हार्मोनले यौन उत्तेजना बढाउने गर्छ । यदी शरीरमा टेस्टोस्टेरोनको कमी भएमा विभिन्न परिवर्तनहरु देखा पर्छ ।

धेरै थकाइ लाग्ने

धेरै थकाइ लाग्नु पनि शरीरमा टेस्टोस्टेरोन हार्मोनको कमी भएको प्रमुख लक्षण हो । यो हार्मोनको कमीले शरीरमा इनर्जी नभएको महशुस गराउछ । त्यसैले हार्मोनको जाँचका लागि डाक्टरसँग सम्पर्क राख्नु राम्रो हुन्छ ।

यौन जीवनमा परिवर्तन

टेस्टोस्टेरोन हार्मोनको कमीले सक्रिय यौन जीवनमा कमी आउन सक्छ । यसले यौन उत्तेजना नहुने समस्या पनि ल्याउन सक्छ । यौन उत्तेजना नहुने अन्य कारणहरू पनि हुन सक्छन् । जस्तै मुटु रोग वा डायबिटिजका कारण । यदि तपाईमा टेस्टोस्टेरोनको कमी छ भने यसको उपचारपछि तपाईको यौन जीवन राम्रो बन्छ ।

स्मरण शक्तिमा असर

टेस्टोस्टेरोनको कमीले स्मरण शक्ति कमजोर बनाउँछ । यसले कुनै पनि काम वा कुरामा ध्यान केन्द्रित हुन दिदैंन । यस्तो किसिमको समस्या शरीरमा टेस्टोस्टेरोन स्तरमा धेरै कमी भयो भने मात्र देखिन्छ । यो बाहेक तपाईलाई डिप्रेशनको समस्या पनि देखिन सक्छ । यस्तो भएमा मेडिटेशन, योग, एक्सरसाइज र मसाज गर्नुपर्ने हुन्छ ।

मूड परिवर्तन

यो हार्मोनको कमीले तपाईको मूडमा पनि असर गर्दछ । तपाई हरेक समय उदास र निराश देखिनुहुन्छ । र, केहि कुरापनि राम्रो लाग्दैन । यसका कारण केहि पुरुषको व्यक्तित्वमा परिवर्तन समेत आउँछ । उपचारपछि भने यो समस्या सामान्य हुन्छ ।

कम टेस्टोस्टेरोनले अनुहार, हात र खुट्टाका तल्लो भागको कपाल झर्न थाल्छ । तर टाउकोको कपालमा भने यसले असर गर्दैन ।

मांशपेशिहरुमा परिवर्तन

यो हार्मोनको कमीले मांशपेशीमा पनि परिवर्तन ल्याउँछ । मांशपेशीमा भएको परिवर्तन राम्रोसंग देख्न सकिन्छ । यसले मांशपेशीहरु कमजोर बनाउछ । तर तपाईले एक्सरसाइज गर्न छोड्नु हुँदैन । रेगुलर एक्सरसाइजबाट टेस्टोस्टेरोनको स्तर बिस्तारै नियमित जस्तै हुन थाल्छ । त्यसैले आफ्नो एक्सरसाइजमा वेटलिफ्टिङ्ग पनि सामेल गर्नु राम्रो हुन्छ ।

बडी फ्याट

टेस्टोस्टेरोनको कमीको असर तपाईको बडी फ्याटमा पर्न सक्छ । यदि तपाईले एक्सरसाइज गर्नुभएन भने क्यालोरी सहजै तपाईको फ्याटमा परिवर्तन हुन्छ । डाइटमा हेल्दी फूड सामेल गर्नुहोस् र शरीर सुहाउँदो डाइट खानुहोस् ।

यसको कमीले हड्डी पनि कमजोर बन्छ । यसका कारण आस्टियोपोरस नामको बिमारी हुन्छ । तर यो बिमारीको अन्य कारण पनि हुन सक्छन् ।

कपालमा असर

कम टेस्टोस्टेरोनले अनुहार, हात र खुट्टाका तल्लो भागको कपाल झर्न थाल्छ । तर टाउकोको कपालमा भने यसले असर गर्दैन । यदि यस्तो केही लक्षण देखिएको छ भने डाक्टरसँग सम्पर्क गर्नुहोस् ।

टेस्टोस्टेरोनको कमीले तपाईलाई निदाउन समस्या हुन्छ । यसले इन्सोमेनिया पनि हुन सक्छ । त्यसैले यसको लागि सही रुटिन बनाउनुहोस्

हड्डी कमजोर हुने

यसको कमीले हड्डी पनि कमजोर बन्छ । यसका कारण आस्टियोपोरस नामको बिमारी हुन्छ । तर यो बिमारीको अन्य कारण पनि हुन सक्छन् । आफ्नो हड्डीलाई बलियो बनाउनुहोस् । स्मोकिङ्ग र अल्कोहल पिउन छोड्नुहोस् । र हरेक दिन एक्सरसाइज गर्नुहोस् । सही जाँचको लागि डाक्टरसँग सम्पर्क गर्नुहोस् ।

निदाउन समस्या

टेस्टोस्टेरोनको कमीले तपाईलाई निदाउन समस्या हुन्छ । यसले इन्सोमेनिया पनि हुन सक्छ । त्यसैले यसको लागि सही रुटिन बनाउनुहोस् र समयमै सुत्ने र समयमै उठ्ने गर्नुहोस् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले