English

यौन पार्टनरको व्यवहार कसरी थाहा पाउने ?



दाम्पत्य सम्बन्ध कति सुमधुर छ भन्ने कुरा उनीहरूको यौन जीवनले पनि निर्धारण गर्छ । के पनि भनिन्छ भने, सफल यौन जीवनले दम्पतीको सम्बन्ध प्रगाढ बनाउने मात्र होइन, निरोगी पनि हुन्छ । तर, यसका लागि त्यो यौन क्रिया रचनात्मक र सक्रिय हुनुपर्छ ।

यौन शारीरिक तथा मानसिक तनाव हटाउने विधि पनि हो । यौन शारीरिक क्रिया भए पनि यसमा भावना जोडिएको हुन्छ । त्यसैले यौन क्रिया र त्यसबाट लिने सन्तुष्टि सबैमा एकरूपता हुँदैन किनभने, यौन साथी सबै एकैखाले हुँदैनन्, कस्ता कस्ता हुन्छन् त यौन साथी ?

रोमान्टिक पार्टनर

यौन सम्पर्कका बेला निकै मस्ती गर्छन् । पार्टनरलाई उत्तेजित गराउनका लागि अनेक जुक्ति निकाल्छन् । साथै, आफ्ना पार्टनरबाट पनि यस्तो अपेक्षा गर्छन् कि, उनले पनि यौनमा सक्रियतापूर्वक सहभागी जनाओस् । उनीहरूको यौन जीवन सफल र सन्तुष्ट हुन्छ ।

यौनमा लत भएका पार्टनर

कुनै दम्पती यस्ता हुन्छन्, जसले यौनलाई सर्वोपरी ठान्छन् । मौका पाउनासाथ उनीहरू यौनको आनन्द उठाउन छाड्दैनन् । पार्टनरले रूचि राखोस् वा नराखोस्, परिस्थिति अनुकूल होस् वा प्रतिकूल, उनीहरू बेपर्वाह यौनमा तल्लीन हुन रूचाउँछन् ।

यस्ता पार्टनर आफ्नो सन्तुष्टिमा केन्द्रित हुन्छन् । यौनमा लत भएकाहरूले पार्टनरलाई केवल आफ्नो यौन तृप्त गर्ने साधनको रूपमा बुझ्छन् ।

स्वार्थी पार्टनर

केही यस्ता यौन साथी हुन्छन्, जो शारीरिक सम्बन्धका बेला केवल आफ्नो सन्तुष्टिलाई मात्र ध्यान दिन्छन् । उनीहरू चाहन्छन् कि, बेडरूममा आफूले जे चाह्यो पार्टनर त्यही अनुरूप प्रस्तुत भइदियोस् । हरेक यौन क्रिया उनी आफ्नो ढंग र रूचिअनुसार गर्न चाहन्छन् । उनीहरू आफ्नो पार्टनरको खुसी र सन्तुष्टमा कतिपनि ध्यान दिदैनन् ।

भावनात्मक रूपले जोडिएका पार्टनर

यस्तो दम्पती यौन सम्बन्धका क्रममा भावनात्मक रूपले पनि आपसमा जोडिने प्रयास गर्छन् । उनीहरूको लागि शारीरिक क्रिया दोस्रो प्राथमिकताका विषय हुन् । यस्तो दम्पतीले यौन सम्पर्कका लागि आफ्ना पार्टनरलाई कहिल्यै दबाब दिँदैनन् । उनीहरू मिलनसार र समझदार हुन्छन् । उनीहरू यौन सम्पर्कका क्रममा पनि एकअर्काको सन्तुष्टिमा बढी केन्द्रित हुन्छन् ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले