English

बक्स अफिसमा कमजोर बन्दै महेश बाबुको फिल्म



यतिबेला चर्चामा छन् दक्षिण भारतीय अभिनेता महेश बाबु। उनले ‘बलिउडले मलाई धान्न सक्दैन’ भन्दै दिएको अभिव्यक्तिका कारण चर्चासँगै आलोचना खेपिरहेका छन्।

उनै अभिनेता महेश बाबुको फिल्म ‘सरकारु वारी पाटा’ गत साता बिहीबारदेखि प्रदर्शन भइरहेको छ। फिल्मले ४७ करोड ४ लाख भारतीय रुपैयाँमा शानदार ओपनिङ गरेको थियो। तर, दोस्रो दिन फिल्मको कमाइमा भारी गिरावट आएको थियो। फिल्मले दोस्रो दिनमा १७ करोड २० लाख भारु कमाएको छ।

शनिबार भने फिल्मको व्यापारमा केही सुधार आएको थियो। फिल्मले तेस्रो दिन १९ करोड २० लाख भारु कमाएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्मले चैथो दिन २० करोड बढी कमाएको अनुमान छ। यसलाई आधार मान्ने हो भने फिल्मले आइतबारसम्म बक्स अफिसमा एक सय चार करोड २० लाख भारु जम्मा गरेको छ।

फिल्मले कमजोर व्यापार गरेसँगै यसको फाइदा ‘केजिएफ २’ लाई हुने देखिन्छ। यो फिल्मले प्रदर्शनको ३२ औँ दिनमा समेत राम्रो व्यापार गरिरहेको छ।

‘केजिएफ २’ ले दिनमा ४ करोडभन्दा बढी व्यापार गरिरहेको छ। फिल्मले भारतीय बक्स अफिसमा आठ सय ४० करोड ७२ लाख भारु कमाएको छ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य