English

‘देखिस् कांग्रेस एमाले, जनताले भोट काँ हाले’ भन्दै बालेनको पक्षमा नारा



काठमाडौं महानगरपालिको मेयरमा बालेन शाहको अग्रता कायमै छ । उनी अन्य उम्मेदवारभन्दा दोब्बर मतले अघि बढिरहेका छन् । उनको अग्रता कायमै रहेका बेला उनका समर्थक तथा शुभचिन्तकहरूले मतगणनास्थल राष्ट्रियसभा गृहमा भने खुसियाली मनाइरहेका छन् ।

संयौंको संख्यामा उपस्थित समर्थक तथा शुभचिन्तकहरूले बालेनको पक्षमा नारा लगाउनुका साथै हुटिङ गरिरहेका छन् । राष्ट्रिय झण्डासहित जम्मा भएका उनीहरूले एमाले, कांग्रेस लगायतका दलमाथि कटाक्ष गरिरहेका छन् ।

‘देखिस् कांग्रेस एमाले, जनताले भोट काँ हाले ?’, ‘नेपाली जनताले के भन्छ, बालेन शाहलाई लेँ भन्छ’, जस्ता नारा लगाइरहेका छन् ।

यतिमात्र नभएर पछिल्लो समय चर्चामा रहेका सागर, वसन्ते, किस्नेसँग जोडेर पनि नाराबाजी गरेको देखिन्छ ।

मत गणनाको सुरुवाती चरणदेखि नै बालेन शाह अग्र स्थानमा थिए । उनलाई नेकपा एमाले उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । बालेन शाह लौरो चुनाव चिन्ह लिएर काठमाडौं महानगरेको मेयर पदका लागि उम्मेदवार बनेका थिए ।

यो पनि…
मतदानमा प्रधानमन्त्रीदेखि उम्मेदवारसम्म
कुन नेताले कहाँबाट दिदैछन् मत ?



सम्बन्धित खबरहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा वरियातमा माथि रहेको उज्वेकिस्तानको टिमलाई चुनौती दिन सफल खेलाडीहरूलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री ओलीले आज

विपद्को समयमा अग्रिम सामाजिक सुरक्षा प्रणाली अपनाउनुपर्ने एक कार्यक्रममा सहभागी संघीय संसद्का सांसदहरूले जोड दिएका छन् । सामाजिक सुरक्षा नागरिक

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)मा श्रमजीवि पत्रकारका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको