English

के आमा बन्दै छिन् कट्रीना ?



बलिउड अभिनेत्री कट्रीना कैफ आमा बन्न लागेको चर्चा छ।

केही दिन अगाडि उनी कुर्था सुरुवाल लगाएर मुम्बई एयरपोर्टमा पुगेकी थिइन्। उक्त तस्बिर बाहिरिएसँगै कट्रीना गर्भवती भएको चर्चा चलेको हो।
केही भारतीय सञ्चार माध्यमले उनी दुई महिनादेखि गर्भवती भएको दाबी समेत गरेका छन्।

भारतीय सञ्चार माध्यम इटाइम्ससँग कुराकानी गर्दै कट्रीनाको पिआर टोलीले उनी गर्भवती नभएको खुलासा गरेका छन्।

‘यस्तो समाचार कहाँबाट आउँछ, थाहा छैन। अहिले कट्रीना आफ्नो फिल्मी करियरमा ध्यान दिइरहेकी छन्,’ कट्रीनाको पिआर टोलीले भने।

कट्रीना र अभिनेता विक्की कौशलले ६ महिना अगाडि विवाह गरेका थिए। तर गर्भवतीबारे कट्रीना र विक्की दुवैले केही बताएका छैनन्। उनीहरु यतिबेला न्यूयोर्कमा छन्।

कट्रीना सलमान खानको फिल्म ‘टाइगर ३’ को छायांकनमा व्यस्त छिन्। यो फिल्मपछि उनी फिल्म ‘जी ले जरा’, ‘मेरी क्रिसमस’ र ‘फोन भूत’ मा देखिनेछिन्।

त्यस्तै विक्की कौशल फिल्म ‘सैम बहादुर’, ‘गोविन्दा नाम मेरा’ र ‘द इमोर्टल अश्वाथामा’ मा देखिनेछन्।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य