घर सजाउन पुराना सामानको प्रयोग



हरेककोे घरमा काम नलाग्ने धेरै वस्तुहरूले ठाउँ ओगटिरहेका हुन्छन् । सामानहरू टुटेर, फुटेर, भाँचिएर, च्यातिएर बिग्रिएका सर–सामानले घरको सुन्दरतालाई बिगारिरहेको हुन्छ ।

वास्तुविज्ञानलाई विश्वास गर्ने हो भने यस्ता बेकामे सामान घरमा राख्नु अशुभ हो । फुटेको कप, घडी, ऐना, भाँचिएको फर्निचर, च्यातिएको कपडा जस्ता डस्बिनमा मिल्काउनुपर्ने सामग्रीलाई पुनः प्रयोग गर्न सकिन्छ ।

यस्ता सामान अनलाइन वा अन्य माध्यमबाट बिक्री गर्न सकिन्छ । कतिपयलाई दोस्रो प्रयोजनका लागि पुनः निर्माण र प्रयोग गर्न पनि सकिन्छ । यसले अनावश्यक वस्तुको उचित व्यवस्थापनमा सहज भएको छ । यो एक रचनात्मक काम हुनुका साथै रोजगारी पनि हो । कतिपयले त यसमै करियर बनाएका पनि छन् ।

यति मात्रै होइन, सग्लो नरहेका यस्ता वस्तुलाई फरक प्रारूपमा सजाएर भिन्न प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।

च्यातिएको कपडा

च्यातिएको कपडालाई टालेर वा सिलाएर नयाँ स्वरूप दिन सकिन्छ । त्यसलाई टुक्रा बनाएर घर–भान्सा सफा गर्ने रुमालका रूपमा पनि उपयोग गर्न सकिन्छ ।

पेय पदार्थको बोतल

धेरैको घर–भान्सामा चिसो पेय पदार्थको बोतलले भरिएको हुन्छ । खासगरी कोकाकोला र फेन्टाका प्लास्टिकका बोतल अधिकांशको भान्सामा भेटिन्छन् । यी बोतललाई गमलाकै रूपमा प्रयोग गर्न सकिन्छ । खासगरी, ह्याङ्गि प्लान्ट एवं फूल रोप्नका लागि यो उपयुक्त हुन्छ । यसैगरी, यसलाई पेन होल्डर पनि बनाउन सकिन्छ ।

पुराना किताब

किताबको थुप्रो त हरेकको घरमा हुन्छ । खासगरी बालबच्चाले पढेर सकाएका पुस्तक र कपीहरू घर–घरमा पाइन्छन् । यस्ता किताब बालबच्चाले पुनः पढ्नका लागि प्रयोग नगर्ने भएकोले कोठाको भित्ता सजावटमा पनि प्रयोग गर्न सकिन्छ । यसलाई टुक्रा–टुक्रा गरेर भित्तामा सजाउन सकिन्छ, वालपेपरकै शैलीमा ।

काठको भित्तामा किताबका टुक्राहरूलाई मिलाएर टाँस्दा आकर्षक देखिन्छ । साथै, यसले नयाँपन पनि दिन्छ । किताबकै पानाहरूबाट फ्लावर भास बनाउन सकिन्छ ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट



...
भुलेर पनि घरको यो दिशामा सिँढी नबनाउनुहोस् - Mero LifeStyle Mero LifeStyle

[…] दोष निम्त्याउन सक्छ । यस क्रममा वास्तु अनुसार घरमा रहेको सिँढीलाई निकै […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

घर सजाउने रहर त कसलाई पो हुँदैन र ? घरलाई सफा, चिटिक्क, मिलेका फर्निचर, आकर्षक सजावट बनाउनु सबैको रहर हुन्छ

सुत्ने कोठा घरको यस्तो ठाउँ हो जहाँ तपाईं आफ्नो पार्टनर र परिवारसँग गुणस्तरीय समय बिताउनुहुन्छ । त्यसैले सुत्ने कोठा सफा

बजेटको सीमितताले गर्दा घरलाई चाहेजस्तो आकर्षक बनाउन सकिँदैन । तर कतिपय तौर तरिका अपनाउँदा कम बजेटमै पनि आफ्नो घरलाई आकर्षक

घरमा व्यक्तिले गलत तरिकाले गरेको कुनै कुराले वास्तु दोष निम्त्याउन सक्छ । यस क्रममा वास्तु अनुसार घरमा रहेको सिँढीलाई निकै

Suggested