पर्यटनमा स्वीस मोडेल किन उत्तम ?



एउटा मान्छे स्वीटजरल्याण्ड किन जान चाहन्छ ? ८६ लाख जनसंख्या भएको स्वीटजरल्याण्डमा बार्षिक झन्डै दुई करोड मानिस किन पर्यटक बनेर जान्छन् ? अर्थात् पर्यटकलाई आकर्षित गर्नका लागि स्वीटजरल्याडसँग के–के विषय र पक्ष छन् ?

अव हामी यिनै प्रश्नहरूको जवाफ खोज्ने प्रयास गरौं ।

हाम्रा केही नेताहरूले नेपाललाई स्वीटजरल्याण्ड बनाउने भनेर घोषणासमेत गरेका थिए । राजनीतिक बृत्तमा यो घोषणा हाँस्यस्पद ठहरियो । तर यसको अर्थ एउटा कोणबाट हेर्ने हो भने सही नै लाग्छ । किनभने स्वीटजरल्याण्डसँग नेपालका विशेषता धेरै मिल्छन् ।

स्वीटजरल्याण्ड पनि नेपालजस्तै विविध भाषा, धर्म, जाति र संस्कृति भएको देश हो । भौगोलिक विविधता पनि हामीसँग मिल्छ । त्यसकारण स्वीस मोडेल हाम्रा लागि साँच्चै नै उपयुक्त हुनसक्छ । हामी उसको मोडेलबाट प्रभावित हुन सक्छौं, सिक्न सक्छौं ।

स्वीटजरल्याण्ड किन जान्छन् दुई करोड पर्यटक ?

स्वीटजरल्याण्डका नेपालजस्तै विशेषताहरूः

उपयुक्त लोकेशन – स्वीटजरल्याण्ड नेपालजस्तै शक्तिशाली राष्ट्रहरूको बीचमा छ । अर्थात् कुनैबेलाका अति शक्तिशाली राष्ट्र फ्रान्स, जर्मनी र इटालीबाट घेरिएको छ, स्वीटजरल्याण्ड । घेर्ने राष्ट्रहरू आर्थिक रुपमा उक्सेका छन् ।

‘वान स्टप डेस्टिनेशन’ भएका देश धेरै छन्, स्वीटजरल्याण्ड वरिपरि । यो उसको ‘प्लस प्वाइन्ट’ हो ।

जनसंख्या – स्वीटजरल्याण्डको जनसंख्या ८६ लाख छ । तर उसले झण्डै २ करोडसम्म पर्यटन भित्राउँछ । किनभने युरोपभरीकै जनसंख्या स्वीटजरल्याण्डका लागि आकर्षित छन् । अझ संसारले नै स्वीटजरल्याण्डको आधुनिक विकास हेर्न चाहन्छ ।

जनता – हाम्रो पोखरा र पश्चिम नेपालका जस्तै कुल जनता छन् स्वीटरजरल्याण्डमा । नेपाल आउने ४० प्रतिशत पर्यटक दोहोर्याएर आउने कारण यही नै हो । यस कुरामा उनीहरू झनै अगाडि छन् । दर्जनौं पटक स्वीटजरल्याण्ड जाने पर्यटकहरूको संख्या पनि धेरै छ ।

हाम्रैजस्तो भाषिक र जातीय विशेषता भएका जनता पर्यटकमैत्री छन् । त्यहाँका जनताको स्वभाव पनि नेपालीहरूसँग मिल्दोजुल्दो छ ।

आकर्षणहरू – उनीहरूको एउटा आकर्षण हिमाली भूभाग पनि हो । त्यहाँको हिमाल केही होचा छन् । तर, अत्याधिक ‘एक्टिभिटिज’ हुन्छ त्यहाँ ।

स्मरणीय कुरा के छ भने त्यहाँ पर्यटनको सुरुवात ‘हाइकिङ’बाट भएको रहेछ । स्की खेलको लागि पनि संसारका पर्यटक त्यहाँ जान्छन् । हामीकहाँ पनि यसको प्रवल सम्भावना रहेको छ ।

नेपालजस्तै प्राकृतिक सुन्दरता यहाँको विशेषता हो । प्रकृतिमा कला मिसाएर सुनलाई सुगन्ध दिएजस्तो पारेका छन् उनीहरूले ।

प्रडक्ट – म एकपटक कम्बोडिया जाँदै थिएँ । जहाजमा म्यागजीन पढिरहेका बेला मरिच र काजु कम्बोडियाका प्रसिद्ध प्रडक भन्ने थाहा पाएँ । मैले मनग्गे मरिच र काजु खरिद गरेँ ।

स्वीटजरल्याण्ड पुगेको मान्छेले त्यहाँको घडी खरिद गर्छ गर्छ । पर्यटकको रुची हेर्नुमात्रै होइन, खर्च गर्नुमा पनि हुन्छ । स्वीटजरल्याण्डको घडी मात्र होइन वाइन, चकलेट पनि विश्व प्रसिद्ध छन् ।

कुनैबेला नेपालको गलैंचा ओछ्याउन खासगरी जर्मनहरू औधि रुचाउँथे । नेपाली गलैंचा ओछ्याउँदा गौरव अनुभूति गर्थे । इज्जत थियो । हामीले त्यो प्रडक्टको क्रेज बचाएर राख्न सकेको भए राम्रो हुन्थ्यो । हेण्डिक्राफ्टमा त अहिले पनि हामी अगाडि नै छौं । तर, हाम्रो प्रिमियर प्रडक्ट के हो भनेर कहिल्यै गम्भीर भएनौं ।

स्वीटजरल्याण्ड यस विषयमा संसारमै अघि छ । उसले पर्यटकमैत्री दर्जनौं प्रडक्टहरू बनाएको छ ।

ब्राण्डिङ – हिमालै हिमालको देश, बुद्धको जन्मस्थल रहेको देश, तपोभूमि, बन्यजन्तु आरक्षण केन्द्रहरू, पदयात्रा तथा हाइकिङ कुनै पनि नाममा हामीले नेपाललाई ब्रान्डिङ गर्न सक्छौं । तर, स्वीटजरल्याण्डले माथि उल्लेखित सबैजसो विषयमा आफ्नो नाम अगाडि पारिसकेको छ ।

धारणा – अन्त्यमा कस्तो धारणा बनाएर एउटा पर्यटक विदा भयो भन्ने विषय सबैभन्दा महत्वपूर्ण हुन जान्छ । म स्वीटजरल्याण्डवाट फर्किदै गर्दा के लागिरहेको थियो भने मौका मिल्यो भने फेरि आउँछु । उनीहरू मलाईजस्तै यो इम्प्रेसन दिएर आम पर्यटक विदा गर्न सक्षम छन् ।

नेपालले पनि पर्यटकमा यस्तो ‘पर्सेप्सन’ स्थापित गरेर पठाउन सक्छ ।

‘माउथ पब्लिसिटी’मा समेत उनीहरू धेरै अगाडि छन् । सही म्यासेज पुर्याउन योभन्दा उपयुक्त माध्यम अर्को हुँदैन ।

(लेखक सुमन घिमिरे पर्यटन बोर्डका म्यानेजर हुन् ।)



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जब वर्षामास सुरु हुन्छ । तब, राजमार्गमा यात्रा गर्नेहरुको मन अतालिन्छ । अझै सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सिद्धबाबाको फेदी छिचोल्न

कोरोनाको दोस्रो लहरको निषेधाज्ञा अहिले जारी छ । केही खुकुलो गरिएपनि पूर्ण रुपमा सबै कुरा सञ्चालनमा आउन सकेका छैनन् ।

काठमाडौं उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा बढाइएको छ । उपत्यकाका तीन जिल्ला, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको

मनाङको नासों गाउँपालिकाको बाढीपहिरोबाट क्षतिग्रस्त क्षेत्रमा अहिलेसम्म सुरक्षा निकाय पुग्न सकेको छैनन् । यही असार १ गतेदेखि परेको अविरल वर्षाका