आँखा सुख्खा हुने, लामो थकान, छाला तथा केशमा समस्या छ? नियमित AC मा त बस्नुहुन्न?

यस्तो छ समाधानका उपायहरु


गर्मीबाट राहत पाउन अचेल एसी (एयर कन्डिसनर) को प्रयोग बढ्न थालेको छ । अफिसहरूमा बढी प्रयोगमा आउने एसी अहिले घर–घरमा पनि प्रयोग हुन थालेको छ । अफिसमा लामो समय काम गर्दा एसीको प्रयोग पनि उत्तिकै समय हुने गर्छ । एसीको हावामा लामो समयसम्म निरन्तर रहदाँ शरीरमा विभिन्न किसिमका समस्याहरू देखा पर्ने गर्छ ।

साइनस एलर्जी

लामो समयसम्म एसीको हावामा बस्दा साइनसको जोखिम बढ्छ । एसीको चिसो हावाले म्युकस ग्रन्थिलाई कठोर बनाइदिन्छ र हाछ्यूँ आउने तथा पिनास हुने समस्या बढ्छ । निरन्तर चार घण्टाभन्दा बढी एसीमा बस्दा टाउको दुख्ने समस्या पनि देखिन्छ ।

भाइरल इन्फेक्सन

एसीको हावामा लामो समय बस्दा भाइरल इन्फेक्सनको खतरा हुन्छ । यसले रुघा–खोकीसमेत निम्त्याउँछ । विद्युत्वाट चल्ने हुनाले एसीको केही भाग तातोपनि हुन्छ । त्यस्तो ठाउँमा लामखुट्टे लुकेर बस्छन् । अफिसमा धेरै व्यक्ति एकै कोठामा काम गर्ने हुनाले लामखुट्टेमार्फत खतरनाक रोग फैलन पनि सक्छ ।

आँखा सुख्खा हुने

निरन्तर एसीको हावामा बस्दा आँखामा सुख्खापन आउछ । आखाँ सुख्खा हुँदै गएपछि पीडा महसुस हुनुकासाथै आँखा रातो हुने, पोल्ने र धेरै आँसु निस्किएर आखाँ सुख्खा हुन्छ, यसले भविष्यमा आँखालाई कमजोर समेत बनाउँछ । एसीको सीधा तल बसेको छ वा एसी आफूभन्दा अगाडि छ भने आँखाको जोखिम अझ बढ्ने गर्छ ।

लामो थकान

कम तापक्रम भएको एसीनजिक निरन्तर बस्दा शरीरमा तापक्रम मेन्टेन गर्न समस्या हुन्छ । निकै पछि मात्र शरीरको तापक्रम ठीक ठाउँमा आउँछ, जसका कारण थकान महसुस हुन्छ ।

छाला र केशमा असर

दुई घण्टाभन्दा बढी समय निरन्तर एसीमा बस्दा छालामा असर पर्छ । एसीको चिसो हावाले छालाको चिल्लोपन सोसेर त्यसलाई सुख्खा बनाइदिन्छ । एसीले कपाल पनि सुख्खा बनाइदिन्छ । त्यसैले सकेसम्म एसीको हावाबाट टाढै रहेको राम्रो हुन्छ ।

जोर्नीमा पीडा

एसीबाट निस्किने चिसो हावाले शरीरको जोर्नी दुख्छ । गर्दन, हात र घुँडामा लामो समयसम्म चिसो हावाले हान्दा पीडा हुन्छ । यस्तो पीडा लामो समयसम्म कायम रहे ठूलै रोग निम्तिने खतरा पनि रहन्छ ।



...
Omignee

buying cheap cialis online The leaf, flower, and root are used to make medicine

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मानिसहरूलाई स्वस्थ रहन फलफूल खाने सल्लाह दिइन्छ। फलफूलले शरीरलाई पोषण दिन्छ। फलफूलमा भिटामिन, प्रोटिन, मिनरल्स लगायतका पौष्टिक तत्त्वहरू प्रशस्त मात्रामा

तौल बढ्नु अहिलेको समयको सामान्य समस्या हो । यसका धेरै कारण हुन सक्छन् जस्तै जीवनशैली, खानपान वा धेरै अन्तर्निहित स्वास्थ्य

रक्तचापको स्तर बढ्नु स्वास्थ्यको लागि धेरै हानिकारक छ र एक पटक यो बढ्न थालेपछि यो निरन्तर बढ्दै जान्छ र यसलाई

कफी स्फूर्तिदायी र ऊर्जा बढाउने पेय पदार्थ हो। कफी बिना धेरै मानिसहरू दिनको सुरुवात गर्दैनन्। तर, धेरै रिपोर्टमा कफीको अत्यधिक