English

सानो कोठा यसरी बनाउनुहोस् चिटिक्क 



घरमा हरेक कोठाको आफ्नै महत्त्व हुन्छ । कोठाको प्रयोजन अनुसार फरक–फरक फर्निचर तथा सजावटका सामग्री राख्नुपर्ने हुन्छ । कोठा सानो छ भने फर्निचर राख्दा धेरै कठिनाइ पर्छ । साना कोठालाई ठुलो देखाउने र चिटिक्क परेको सजाउन यी कुरामा ध्यान दिनुहोस् ।

वाल पेन्ट

भित्तामा राति शान्ति र दिउँसो ताजगी महसुस गराउने रङको प्रयोग गर्नुपर्छ । सानो बेडरूममा सेतो, क्रीम तथा खैरो रङको प्रयोग गर्नु राम्रो हुन्छ ।
 

बेड

बेडरूमको साइजअनुसार पलङको छनोट गर्नुपर्छ । भित्रपट्टि धेरै सामान राख्न सकिने पलङको प्रयोग गर्दा धेरै फाइदा हुन्छ । साथै, साना कोठाका लागि फोल्ड गर्न मिल्ने पलङको प्रयोग गर्न सकिन्छ ।

दराज

उच्चस्तरको दराज खरीद गर्नुहोस्, जसमा धेरै ठाउँ उपलब्ध होस् । दराजमा कपडा तथा अन्य वस्तु राख्न प्रशस्त ठाउँ हुन्छ ।

अलमारी 

भित्तामा सानासाना अलमारी बनाउनुहोस्, जसमा सजावटका सामान राख्न सकियोस् । यसबाट थप ठाउँ बचाउन सकिन्छ ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट



...
binance us тркелу

Your article helped me a lot, is there any more related content? Thanks!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested