English

कुन कोठामा कस्तो रङ लगाउने ?



धेरैजस्तो मानिसहरू आफ्नो घरमा रङको छनोट गर्दा सेतो, सादा तथा हल्का रङ छान्ने गरेका छन् । सोही रङ भित्री कोठाहरूमा पनि लगाउने गर्छन् । यसो गर्दा घरको सजावट गर्न सजिलो पनि हुन्छ । तर, कहिलेकाही अलिकति बोल्ड भएर रङ छानियो भने घरलाई अझ धेरै सुन्दर तथा आकर्षक बनाउन सकिन्छ ।

नयाँ घर बनाइरहेका घरधनीहरू, फिनिसिङ भइरहेको घरको कोठामा कस्तो रङ लगाउने भन्ने विषयमा तपाईहरू अलमलमा पर्नु भएको हुन सक्छ । आउनुहोस्, कोठाअनुसार कस्तो रङ लगाउने भन्नेबारे जानकारी राखौं ।

लिभिङ रुम

घरभित्र छिर्ने बित्तिकैको पहिलो कोठा भनेको लिभिङ रूम हो । यो कोठालाई आकर्षक बनाउन न्युट्रल रङ प्राथमिकता दिनुपर्छ । सेतो रङलाई छान्दा पनि फरक पर्दैन । यस्तो रङले कोठा ठूलो र फराकिलो देखिन्छ ।

बेडरुम

बेडरुम भनेको आराम गर्ने र तरोताजा महसुस गर्ने कोठा हो । बेडरुमको रङले तपाईको मुडमा पनि प्रभाव परिरहेको हुन्छ । यो कोठामा हरियो रङको प्रयोग गर्नु प्रभावकारी हुन्छ । हरियो रङले तपाईलाई शान्ति प्रदान गर्छ र आराम र ताजगी पनि महसुस हुन्छ ।

डाइनिङ टेबल

तपाईहरूले याद गर्नु भएको होला, धेरैले आफ्नो डाइनिङ रूममा डाइनिङ टेबल र भित्ताको रङ रातो र पहेंलो कलरको कम्बिनेसनबाट बनाएका हुन्छन् । डाइनिङ रूममा रातो कलर लगाउँदा यसले भोक बढाउने गर्छ । यो रङले घरका सदस्यहरू सँगै भएको भावना पनि बढाउने गर्छ ।

रिडिङ रुम

नीलो रङले फोकस र कन्सन्ट्रेशन बढाउने काम गर्छ । यदि तपाई घरमा सानो अफिस अथवा रिडिङ रुम बनाउदै हुनुहुन्छ भने त्यो एरीयाको भित्ताहरूमा नीलो रङ प्रयोग गर्न सक्नु हुन्छ ।

किचन

घरको भान्सा कोठामा पहेंलो रङको प्रयोग गर्दा राम्रो प्रभाव परेको हुन्छ । पहेंलो रङलाई तातो रङ पनि भनिन्छ । साथै, आनन्द तथा उत्साहको रङ पनि भनिन्छ । भान्सा कोठा भनेको त्यस्तो ठाँउ हो, जहाँ परिवारका सबै सदस्यहरू एकै ठाउँमा जम्मा हुन्छन् । त्यसैले भान्सा कोठालाई पहेलो रङले सजाएर न्यानोपनले भर्नुहोस् ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरभित्र पूजा कोठा बनाउँदा हुन्छ सधैँ फलिफाप



...
Sherry

best way to get classified gear References: enoticias.space

...
gratis binance-konto

Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.com/register?ref=IXBIAFVY

...
Skapa ett gratis konto

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested