हराउन थाले ऊनका कपडा



बाग्लुङ तमानखोला गाउँपालिका-३ की छलिमाया बुढाथोकी ऊनका कपडा बनाउन सिपालु छिन् । ऊनका कपडा बनाउन ६६ वर्षीया बुढाथोकीले कलिलै उमेरमा सीप सिकेकी हुन् । बजारका कपडाको प्रचलन नरहेका समयमा उनको परिवारले भेडाको ऊन निकाल्ने, त्यसबाट धागो कात्ने र कपडा बनाउने काम गर्ने गर्थे ।

आफ्नो घरका लागि आवश्यक ऊनका कपडा पुर्‍याएर उनीहरूले गाउँलेसँग अन्न साट्ने गरेको सम्झना छ । बुढाथोकीले भन्नि, ‘ऊबेला कपडाको दुःख थियो, ऊनीका कपडाले सग्लो जाडो जान्थ्यो । अहिले त ऊनी पाउन पनि गाह्रो छ, कपडा बुन्न छोडिसकें ।’

आफू सानो हुँदा गाउँमा धेरै महिला पुरुषले भेडाको ऊनबाट स्वीटर, काम्लोलगायतका कपडा बुन्ने गरेको ताजै सम्झना छ उनीसँग । ६० वर्ष पहिलेको समयमा अहिले जस्तो बजारका राम्रा कपडा गाउँमा पुग्दैनथे । त्यसैले प्रचलनमा भेडाको ऊनबाट स्थानीयस्तरमा नै कपडा बुन्ने गरेको उनको अनुभव छ ।

‘डसना त्यही भेडाको ऊन कातेर बनाइएको कपडाको हुन्थ्यो, ओड्ने कम्बल पनि त्यहीँबाट बनाइन्थ्यो’, उनले पुराना दिन सम्झँदै भनिन्, ‘अहिले ऊनका कपडा गाउँमा देख्नै छाडियो ।’ गाउँमा भेडा पाल्ने प्रचलन बिस्तारै हराएसँगै ऊन पाउन पनि कठिन हुने गरेको उनको अनुभव छ । स्थानीयस्तरमा नै बनाई कपडाको उत्पादन र प्रयोग घटेकामा आफूलाई चिन्ता लागेको उनले बताए ।

मेहनत, ऊन धेरै लाग्ने, बजारमा मूल्य नपाउने समस्याका कारण भेडाको ऊनबाट कपडा बनाउने सीप भएका पनि विस्थापित हुने अवस्थामा पुगेका हुन् ।

ऊनका कपडा बनाउने प्रविधि र सीप गाउँका पाका पुराना मानिससँग अझै पनि रहेको छ तर त्यसको प्रयोग कम हुने गरेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । ‘अचेल ऊनको कपडाभन्दा बजारको कपडा सस्तो हुन्छ, मान्छे त्यही प्रयोग गर्न थाले’, बुढाले भने, ‘हामीले व्यावसायिक ऊन उत्पादन गर्नेलाई प्रोत्साहन गर्न सक्छौँ ।’

मासु र ऊन दुवैको उत्पादन बढाउनका लागि गत आर्थिक वर्षमा गाउँपालिकाले ४० जना भेडापालक किसानलाई गोठ सुधारका लागि अनुदान उपलब्ध गराएको बुढाले बताए । मेहनत धेरै लाग्ने, ऊन धेरै लाग्ने बजारमा मूल्य नपाउने समस्याका कारण भेडाको ऊनबाट कपडा बनाउने सीप भएका पनि विस्थापित हुने अवस्थामा पुगेका हुन् । ऊनबाट तयार भएको कपडा अत्यन्त न्यानो हुने भएकाले बागलुङको तमानखोला, निसीखोला र ढोरपाटनका केही ठाउँमा जाडो छल्न यसकै प्रयोग गरिन्छ ।

यसलाई आधुनिकीकरण गर्नसके स्थानीयले राम्रो आम्दानी गर्नसक्ने स्थानीय योगेन्द्र सिपाली बताउँछन् । भेडाको ऊनबाट चर्खा र फिर्केको सहायताले धागो तयार गरेर कपडा बनाउने प्रचलन बागलुङमा बिस्तारै हराउन थालेको हो । त्यसो त अहिले गाउँमा भेडा पाल्ने मानिसमा पनि कमी आएको छ । व्यावसायिकरूपमा बाख्रापालनमा लाग्ने त गाउँघरतिर अहिले पनि छन् तर बाख्राबाट कपडाका लागि उन उत्पादन हुँदैन ।

ग्रामीण तहमै उत्पादन हुने परम्परागत उनका कपडा बजारमा उपलब्ध हुनेभन्दा टिकाउ र न्यानो हुने गर्दछ । तर हातैले बुन्ने गरेकाले मेसिनले उत्पादन गरेका बजारका कपडाको तुलनामा भने आकर्षक नहुन सक्छ ।

त्यसैले एकातर्फ भेडापालन गर्नेको संख्या घटेको छ भने अर्कातर्फ अहिले बजारका कपडा सस्तोमा आउने र जस्तो चाह्यो त्यस्तै उपलब्ध हुने भएकाले पनि मानिस यी ऊनका कपडामा कम रुचि देखाउने गरेका छन् ।

त्यस्तै ऊनका कपडाको उत्पादनलाई आधुनिकीकरण गर्ने, संगठित रूपमा यस्ता कपडा उत्पादन गर्ने तथा ग्रामीणस्तरमा पनि सरकारको अग्रसरतामा साना उद्योगका रूपमा विकास गर्ने अवधारणा पनि विकास हुनसक्दा पनि ऊनका कपडाको उत्पादनले व्यावसायिक स्वरूपमा लिन नसकेको हो ।

ग्रामीण तहमै उत्पादन हुने यस्ता परम्परागत उनका कपडा बजारमा उपलब्ध हुनेभन्दा टिकाउ र न्यानो पनि हुने गर्दछ । तर हातैले बुन्ने गरेकाले मेसिनले उत्पादन गरेका बजारका कपडाको तुलनामा भने आकर्षक नहुन सक्छ । यसका कारण पनि अहिलेको पुस्ता टिकाउ र न्यानोभन्दा पनि राम्रा र आकर्षक पहिरनतर्फ आकर्षित हुनाले पनि यी कपडाको उत्पादनतर्फ ध्यान नपुगेको हुनसक्छ ।

यो पनि
संयुक्त लगानीमा जलविद्युत् आयोजनाहरू बनाउन नेपाल र भारतबीच सहमति



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

१९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट

विश्वकै सबैभन्दा पुरानो जात्राको रूपमा मानिने ‘इन्द्रजात्रा’ का विषयमा विभिन्न किंवदन्ती प्रचलित छ । एउटा भनाइअनुसार वर्षा राम्रोसँग सम्पन्न भई

प्रिय, ओ प्रियभन किन बुझी दिएनौं, यो मन, भनभन किन बुझी दिएनौं, भन किन बुझिदिएनौ प्रिय, ओ प्रिय . .

काठमाडौं उपत्यकामा मनाइने प्रसिद्ध जात्रा इन्द्रजात्राको अवसरमा राजधानीको नेपाल आर्ट काउन्सिलमा शुक्रबार ‘हाम्रो राम्रो उपत्यका’ नामक कला प्रदर्शनी गरियाे ।