‘भर्जिन ल्याण्ड’ तिलोत्तमा बन्न सक्छ देशकै नमूना शहर



हिन्दु पुराणमा एउटी पात्र छिन्, तिलोत्तमा । उनी बस्छिन् स्वर्गलोकमा । तर बग्छिन्, तिलोत्तमा नगरपालिका हुदैं । स्वर्गकी ती अप्सराकै नामबाट नामाकरण भयो, तिलोत्तमा नगरपालिकाको । तर, यो कुनै तिलस्मी नगर होइन, कर्मवीर र सचेत नागरिकको बसोबासको थलो हो ।

यो प्राचीन नदीले नै मानव सभ्यता बसायो । उक्त नदीले राणाकालको आरम्भसँगै स्थानीय जमिन्दारको पहलमा सिँचाइको पुर्वाधार खडा भयो । यसमाथि बर्षायाममा पहाडी भेगबाट पाँगो माटो बगेर आउने तिलोत्तमा नदीकै कारण कृषिका लागि तिलोत्तमा उर्वर बन्यो । स्थानीय बासिन्दाको जीवनशैली समृद्ध तुल्यायो ।

दुईवटा मुख्य शहर बुटवल र भैरहवाको माझमा बसेर शहरी स्वरुप लिन तम्सिरहेको यो नगर अहिले स्थानीय निकायको निर्वाचनका कारण चुनावमय छ ।

तिलोत्तमा नगरपालिकाको यसपटकको निर्वाचनमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा छ, गत निर्वाचनमा जस्तै । यो नगर धेरैको दृष्टिमा छ, किनकी यो कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण र एमाले नेता घनश्याम भुसालको घरथलो पनि हो ।

नगरपालिकाको रुपमा तिलोत्तमा जन्मिएको तीन बर्ष अघिमात्र हो । तिलोत्तमा नदीबाट सिञ्चित भूमिलाई साविकका सात गाविस (आनन्दवन, शंकरनगर, करहिया, मक्रहर, मधवलिया, टिकुलीगढ र गंगोलिया) जोडेर तीन बर्ष अघिमात्र यो नगरको नाम तिलोत्तमा राखिएको थियो । ०७१ मा नगरपालिका घोषणा भएको दुईबर्ष नै यो क्षेत्रले नगरपालिका पायो ।

१२६.२ वर्ग किलोमिटर क्षेत्रको यो नगरपालिकाको जनसंख्या एक लाख २३ हजार हाराहारीमात्र हो ।

नयाँ नगरपालिका भएकोले ‘भर्जिन ल्याण्ड’ पनि भनिएको यो नगरपालिकामा ०७४ को स्थानीय निर्वाचनमा मेयर र उपमेयरमा एमाले विजयी भएको थियो । कांग्रेसबाट रामकृष्ण खाँण मेयर पदमा निकटतम प्रतिस्पर्धी थिए ।

अहिले खाँणले नै कांग्रेसका तर्फबाट मेयरको उम्मेदवारी दिएका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार मोहन चापागाईं छन् । एमालेबाट उपमेयरमा जागेश्वरी चौधरीलाई फेरि एकपटक अवसर दिइएको छ । यसअघि उनी सोही पार्टीबाट उपमेयरमा निर्वाचित भएकी थिइन् ।

यहाँ कांग्रेस र नेकपा माओवादी केन्द्रबिच तालमेल छ । उप–मेयरमा माओवादी केन्द्रका हेमन्त पाण्डेको उम्मेदवारी छ ।

यसपटकको निर्वाचनमा यो नगरको मेयरमा कांग्रेसले अवसर पाउन सक्छ ? वा उही कथा दोहरिएर एमालेले दोस्रो अवसर पाउँछ ? अहिले यसै भन्न सकिन्न ।

म नगरका १७ वटा वडामै सामाजिक गतिविधीमा सक्रिय छु । बिहे, ब्रतबन्ध, पूजाआजा, मर्दा पर्दा र पिरमर्कामा पुग्ने गरेकै छु । स्थानीय जनतासँग भिजेको छु । मसँग यो नगरको विकासको स्पष्ट योजना पनि छ । यसपटक मेरो विजय सुनिश्चित छ ।

तर, मेयर पदका लागि कांग्रेस उम्मेदवार खाँण भने यसपटक आफ्नो विजय सुनिश्चित रहेको दावी गर्छन । उनले मेरो लाइफस्टाइलसँगको कुराकानीमा भने पनि, ‘म नगरका १७ वटा वडामै सामाजिक गतिविधीमा सक्रिय छु । बिहे, ब्रतबन्ध, पूजाआजा, मर्दा पर्दा र पिरमर्कामा पुग्ने गरेकै छु । स्थानीय जनतासँग भिजेको छु । मसँग यो नगरको विकासको स्पष्ट योजना पनि छ । यसपटक मेरो विजय सुनिश्चित छ ।’
……..

कांग्रेसको रुपन्देही जिल्ला सभापति समेत रहेका खाँण आगामी पाँच बर्षमा तिलोत्तमा नगरको विकास र यहाँका बासिन्दाको जीवनशैली उन्नत बनाउन सकिने बताउँछन् । ‘पाँच वर्षको समय भनेको धेरै नै हो, केवल काम गर्ने प्रवल इच्छाशक्ति हुनुपर्छ–मभित्र त्यो इच्छाशक्ति छ,’ टेलिफोनमा कुरा गर्दा मेयरका उम्मेदवार खाँण निकै उत्साही र आत्मविश्वासी सुनिए ।’

खाँणसँग मेरोलाइफस्टाइलले गरेको कुराकानीको सम्पादित अंश :

‘मैले जित्नासाथ तिलोत्तमा नगरपालिका भवनलाई नगर अस्पताल बनाउँछु’

तिलोत्तमा नरपालिकाका लागि कांग्रेसबाट दोहोर्याएर टिकट पाउनुभएको छ, तपाईंको उम्मेद्वारी नै किन ?

–मेरो उम्मेदवारी तिलोत्तमाको समग्र रुपान्तरणका लागि हो । तिलोत्तमा नगरपालिकामा जुन किसिमले भ्रष्टाचार र अनियमितता भयो त्यसबाट यो नगरपालिकालाई मुक्त राख्न पनि मेरो उम्मेद्वारी हो । त्यसैले ‘तिलोत्तमा नगरको समृद्घिको आधार, कांग्रेस र माओवादी गठबन्धनको सरकार’ हाम्रो मुख्य आधार हो ।

तिलोत्तमा नगरपालिका क्षेत्रका मतदाताको विश्वास जित्नका लागि विगतभन्दा यसपटक तपाईसँग नयाँ योजना के–के छन् ?

तिलोत्तमा कृषिमा आधारित क्षेत्र हो । सातवटा गाविस मिलेर तिलोत्तमा नगरपालिका बनेको हो । त्यसैले कृषिलाई रुपान्तरण गर्ने, किसानलाई आधुनिकीकरणतर्फ अघि बढाउने र किसानलाई आर्थिक रुपमा बलियो बनाउने मेरो योजना हो । यसका साथै तिलोत्तमा शहरउन्मुख भइरहेको छ । बुटवल, भैरहवामा व्यावसाय गर्ने व्यक्तिहरु तिलोत्तमालाई सुरक्षित र व्यवस्थित ठाउँ देखेर आवासीय रुपमा बस्न थाल्नुभएको छ । यो ठाउँ उद्योग–व्यावसायका लागि पनि उपयुक्त छ । यसैले पनि यो क्षेत्रको महत्व बढेर गएको छ । त्यसो त हामीले समयमै यसतर्फ दृष्टि दिन सकिएन भने अन्य नगरपालिकाको जस्तै भयाभह स्थिती हुन्छ । त्यसैले हाम्रो योजना भनेको तिलोत्तमालाई नेपालकै नमूना नगरपालिका बनाउने हो ।

युवालाई स्थानीय स्तरमै रोजगारी दिन र उनीहरुलाई उद्यमी–व्यावसायी बनाउनका लागि नयाँ योजना केही सोच्नुभएको छ ?

बेरोजगार युवालाई रोजगार दिनुपर्छ । युवाहरुलाई तिलोत्तमामै बस्ने वातावरण कसरी बनाउन सकिन्छ भन्ने योजनामा काम भइरहेको छ । उनीहरुलाई विशेष तालिम दिएर उत्पादनसँग जोड्न सकिन्छ । कम ब्याज र बिना धितो ऋण दिएर युवालाई उद्योग–व्यावसायमा लगाउन सकिन्छ । युवालाई आत्मनिर्भर बनाउन उनीहरुको आत्मबल पनि बलियो बनाउनुपर्छ । उत्पादनमा अनुदान दिनुपर्छ । जबकी अहिलेसम्मको अभ्यास हेर्दा विशेषगरी कृषि क्षेत्रमा दिइएको अनुदानको दुरुपयोग भइरहेको छ ।

पार्टीका कार्यकर्तालेमात्र अनुदान पाइरहेका छन् । यसो हुँदा अनुदान उत्पादनसँग जोडिएन । कसैले यदि आलु उत्पादन गरेको छ भने कति किलो आलु उत्पादन गर्यो त्यही अनुसार जति अनुदान दिने हो दिनुपर्छ । जसले भैंसी नै पालेको छैन, उसले फर्म दर्ता गरेर र साइनबोर्ड झुण्डयाएर अनुदान खाइरहेको छ । यस्तो दुरुपयोग रोक्नुपर्छ । भैंसी त पाल्नु पर्यो नि । यदि भैंसीले चार लिटर दुध दिएको छ भने त्यही चार लिटर दुधलाई अनुदान दिने हो । यसैले हामीले युवालाई कुनै न कुनै रुपमा उत्पादनसँग जोड्नुपर्छ भन्ने सोचेका छौं ।

तिलोत्तमालाई स्मार्ट सिटी बनाउने आफ्नो सपना भएको बताउँदै आउनुभएको छ, कसरी बनाउनुहुन्छ स्मार्ट सिटी ? के–के छन् तपाईसँग योजना ?

तिलोत्तमा नगरमा कुनै एउटा क्षेत्रमात्र ठिक भएर हुँदैन । स्वास्थ्य, शिक्षा, बाटो, जेष्ठ नागरिकका लागि आराम गृहदेखि लिएर बालबालिकाका लागि खेल्ने ठाउँ, युवाका लागि खेल मैदान, पार्क, विद्युतीय यातायात, आन्तरिक पर्यटन आदि क्षेत्रको विकास र व्यवस्थापन गर्नु नै स्मार्ट सिटी बन्नु हो । यो क्षेत्र नयाँ नगरपालिका भएको र सार्वजनिक जग्गाहरु धेरै भएकाले यसलाई व्यवस्थित बनाउन सकिन्छ । सिमित मान्छेको टाउकोमा कर थोपर्ने भन्दा पनि करको दायरा बढाएर, आम्दानीका अन्य स्रोत जुटाएर नगरपालिका क्षेत्रमा लगानी गर्ने हो भने यो देशकै नमुना नगरपालिका बन्न सक्छ ।


मेयर पदमा यसपटक जित्नुभयो भने तपाईले गर्ने पहिलो काम के हुन्छ ?

तिलोत्तमा नगरपालिकाको अहिलेको प्रशासकीय भवनलाई नगर अस्पताल बनाउँछु । यहाँबाट विरामीलाई सेवा दिन शुरु गर्छु । नगरपालिकाको प्रशासकीय काम सामान्य ट्रस्ट शैलीको घरबाट हुनेछ । जनतालाई यहीँबाट सेवा दिने हो । मैले जितेपछि यो नै मेरो पहिलो काम हुनेछ ।

बुवा, आमा र दाईहरुको प्रेरणा र जीवनलाई आफ्नो स्वार्थका लागि होइन समस्त मानवकल्याणका लागि समर्पित गर्नुपर्छ भन्ने भनाईलाई आत्मसाथ गर्दै आएपछि मलाई निरन्तर राजनीतिमा लाग्न बल मिल्यो ।

अर्को कुरा, मेयरले पाउने तलब, भत्ता मैले अनाथ बालबालिकाका लागि खर्च गर्छु । किनकी, जनप्रतिनिधि भनेको कर्मचारी होइन । नागरिक नै मालिक हुन् । नागरिकलाई इज्जत, सम्मान गर्ने हो । हामी जनप्रतिनिधि भनेको सेवक हो । जनताले गर्मीमा एउटा पङ्खा पनि चलाउन सकेका छैनन् । हामी यहीँको धुलोमाटो खेलेर हुर्केका जनप्रतिनिधिले आफ्नो अफिसमा एअरकण्डिसन चलाएर बसेर हुँदैन ।

यसबाहेक हामीले प्रतिबद्घतापत्रमा उल्लेख गरेअनुसारको काम गर्नेछौ । हामी जे बोल्छौ, त्यो काम गर्छौ । गर्न नसकिने हावादारी कुरा गरेर जनतालाई झुक्याउने काम हामी गर्दैनौं ।
……..

कांग्रेसको नर्सरीबाट हुर्किएको हक्की युवा

चार दशकभन्दा लामो समयदेखि निरन्तर कांग्रेस राजनीतिमा होमिएका कांग्रेसका युवा नेता खाँणलाई आखिर त्यस्तो कुन रसायनले आकर्षित गर्यो, राजनीतिको जटिल, कठिन मैदानमा हाम फाल्न ?

हो, यो प्रश्न खाँणलाई नै थियो । उनले दार्शनिक शैलीमा जवाफ पनि सुनाए, ‘बुवा, आमा र दाईहरुको प्रेरणा र जीवनलाई आफ्नो स्वार्थका लागि होइन समस्त मानवकल्याणका लागि समर्पित गर्नुपर्छ भन्ने भनाईलाई आत्मसाथ गर्दै आएपछि मलाई निरन्तर राजनीतिमा लाग्न बल मिल्यो ।’

रुपन्देहीको राजनीतिमा सशक्त र जुझारु छवि बनाएका ५७ बर्षिय खाँण जति स्पष्ट वक्ता छन् उत्तिकै उनमा लडाकु स्वभाव पनि छ ।

मतदाताले यसपटक मेयरको जिम्मेवारी दिएको खण्डमा तिलोत्तमा नगरलाई नमुना नगर बनाउने र नगरवासीलाई देशकै उदाहरणीय बनाउने ।

खाँणको शिक्षा दिक्षा मणिग्राम र बुुटवलको सेरोफेरोमा घुम्यो । क्याम्पस पढ्न थालेपछि कांग्रेसको नर्सरी पनि भनिइने नेविसंघमा आबद्ध भएर विद्यार्थी आन्दोलनमा सक्रिय रहे ।

गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणका सहोदर भाइ भएपनि उनले रुपन्देहीमा आफ्नै बलबुता र क्षमताका आधारमा परिचय बनाएका छन् । एकै पार्टीमा रहेको भाइलाई दाइको साथ, सहयोग र समर्थन हुनु आफैमा अस्वाभाविक पनि भएन । गत मंसिरमा सम्पन्न पार्टीको अधिवेशनबाट काँग्रेस रुपन्देहीको सभापतिमा निर्विरोध निर्वाचित भएका खाँणको अहिले एउटै सपना छ, ‘मतदाताले यसपटक मेयरको जिम्मेवारी दिएको खण्डमा तिलोत्तमा नगरलाई नमुना नगर बनाउने र नगरवासीलाई देशकै उदाहरणीय बनाउने ।’

जसले जागेर सपना देख्न सक्छ उसले सपना साकार पनि पार्न सक्छ ।

यो पनि…
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
कांग्रेसले भीमबहादुरलाई नसम्झिएर के भो ?



...
यसपटक अनि पहिलोपटक काठमाडौंले पाउला महिला मेयर ? (भिडियो पनि) - Mero LifeStyle Mero LifeStyle

[…] पनि…‘भर्जिन ल्याण्ड’ तिलोत्तमा बन्न सक्छ…यसपटक बुटवलका मतदाताको मन बदलिन […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

जति यौन चाहना बढी भयो उति नै बढी योनीबाट तरल पदार्थ प्रवाह हुन्छ । तर, यौन इच्छा भएन भने महिलाको

देशका ७५३ पालिकामध्ये ७४५ वटाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिकाहरुमध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली

काठमाडौंमा एउटा निश्चित समुदायले मधेसी सुमदायका ब्यक्तिलाई ‘मनु मखु मर्स्या ख:’ (मान्छे होइन, मधेसी हो) भन्छन् भन्ने जुन भाष्य सिर्जना

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले विभिन्न देशबाट १ खर्ब १ अर्ब ५३ करोड ७९ लाख ३४

Suggested