चेन्नईले हैदरावादलाई हरायो



सनराइजर्स हैदरावादलाई १३ रनले हराउँदै साविक विजेता चेन्नई सुपर किङसले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ ।

पुनेमा आइतबार चेन्नईले दिएको २०३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १८९ रनमा समेटियो ।

हैदरावादका निकोलस पुरनले अविजित ६४ रन बनाए । कप्तान केन विलियम्सनले ४७ रन तथा अभिषेक शर्माले ३९ रनको योगदान दिए ।

चेन्नईका मुकेश चौधरीले ४ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २०२ रन बनायो ।

चेन्नईका रुतुराज गायकवाडले सर्वाधिक ९९ रन बनाए ।

डेभोन कोन्वेले अविजित ८५ रनको योगदान गरे । हैदरावादका टी नटराजनले २ विकेट लिए ।

जितसँगै चेन्नईले ९ खेलबाट ६ अंक जोडेर नवौं स्थानमा छ । हैदरावाद ९ खेलमा १० अंक जोडेर चौंथो स्थानमा छ ।

आइतबारकै अर्को खेलमा लखनउ सुपर जायन्टसले दिल्ली क्यापिटल्सलाई ६ रनले हरायो । १९६ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ७ विकेट गुमाएर मात्र १८९ रन बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाएर १९५ रन बनाएको थियो ।

यो पनि
आईपीएल : गुजरात प्लेअफ नजिक

बेङ्गलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

युएईलाई हराउँदै नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेको छ । डकवर्थ लुईस नियम अनुसार लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा

आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले यूएईमाथि सानदार जित निकालेको छ । टियु मैदान कीर्तिपुरमा भएको खेलमा टस

बलात्कार आरोप लागेका क्रिकेटर कप्तान सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर जेलबाट छुटेका छन्। शुक्रबार दिउँसो उनी केन्द्रीय कारागार

सुपरस्टार फुटबल खेलाडी लियोनल मेसीको १० नम्बर जर्सीमा ठाँटिदा गौरव अनुभूति गर्ने युवाहरूको लर्को हाम्रै नेपाली समाजमा पनि कम छैन