English

५.८४ प्रतिशत होला त आर्थिक वृद्धिदर ?



चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। केन्द्रीय तथ्याङ्क विभागले यो आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण गरेको हो।

कृषि तथा खानीसहित प्राथमिक क्षेत्रको योगदान २.३ प्रतिशत रहनेछ भने उद्योग क्षेत्रबाट जीडीपीमा अधिकतम १०.३ प्रतिशत योगदान रहने प्रक्षेपण गरेको छ। विभागका अनुसार अन्य सेवा क्षेत्रको आर्थिक वृद्धिदर ५.९ प्रतिशत हुनेछ।

आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा विभागले पत्रकार सम्मेलन गर्दै आर्थिक सूचाङ्कको बारेमा जानकारी गराएको हो।

चालु आर्थिक वर्ष ०७८/७९ को ६ देखि ९ महिनासम्मको आर्थिक क्षेत्रहरुसँग सम्बन्धित आँकडा तथा सूचनाहरुका आधारमा कुल गार्हस्थ उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा ५.४९ प्रतिशत हुने प्रारम्भिक अनुमान छ।

यो पनि…
विलासिता वस्तु आयातमा रोक लगाउँदा के असर पर्छ ?
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो