यस्ता छन्, घरपालुवा जनावरका फाईदा



कुकुरलाई सबैभन्दा बफादार घरपालुवा जनावर मानिन्छ । कुकुरको सुँघ्ने र सुन्ने क्षमता अत्यन्त तिक्ष्ण हुन्छ । सुरक्षाका लागी पनि धेरैले घरमा कुकुर पाल्दै आएकाछन् । अहिले कुकुर शौख र रहरले गर्दा धेरै मानिसहरूले पाल्दै आएका छन् ।
कुकुर पाल्नु केवल आफ्नो स्टाटसको सिम्बोल मात्र होइन । अहिले खुशी रहन, स्वस्थ रहन, उर्जावान हुन पनि घरमा कुकुर पाल्ने थालिएको छ ।
घरमा पालिने घरपालुवा जनावर र मानिसको बिचको सम्बन्ध कस्तो हुनु पर्छ ? घरपालुवा जनावर पाल्दा के के फाईदा हुन्छन् भन्ने विषयमा डा. शरदसिंह यादव भन्नुहुन्छ – घरमा घरपालुवा जनावर भएको मानिस र घरपालुवा जनावर नभएको मानिसहरुको व्यवहार छुटै हुन्छ । घरपालुवा जनावरको रुपमा कुकुर पाल्दा के कस्तो किसिमको फाइदा हुन्छ भन्ने बिषयमा डा. यादवले दिनु भएको जानकारी ।

व्यायम हुने

घरमा कुकुर पाल्दा व्यायमका लागि प्रेरणा मिल्छ । जब तपाई कुकुरलाई बिहान बाहिर डुलाउन लैजानुहुन्छ तपाईले बिहानको ताजा र सफा हावा प्राप्त गर्नुका साथै रक्त सञ्चार पनि राम्रो बनाउछ । कुकुरलाई दैनिक डुलाउन पैदल हिड्दा व्यायम हुन्छ र स्वास्थ्यमा पनि सुधार आउँछ ।

तनाव कम गर्छ

कुकुरलाई लिएर गरिएको विभिन्न अनुसन्धान अनुसार घरपालुवा कुकुरले तनाव कम गर्न मद्दत गर्छ । कुकुरसँग बस्ने, खेल्ने तथा प्रत्येक दिन कुकुरलाई हेर्नाले पनि मानसिक तनाव कम हुदैं जान्छ । घरमा भएका जेष्ठ नागरिक र साना बालबालिकाहरु कुकुरसँग धेरै समय बिताउन मन पराउँछन् । कुकुरसँग खेल्ने, बोल्ने गर्नाले स्ट्रेस हर्मन कम हुन्छ ।

सामाजिक जिवन सुध्रन्छ

कुकुरलाई बिहानपख डुलाउनाले एक्सरसाइज मात्र हुँदैन । सामाजिक जिवनमा पनि सुधार आँउछ । आजभोलि शहरमा मानिसहरुसँग समय निकै कम हुन्छ । व्यस्त जिवनशैलिका कारण छिमेकसँग चिनजान र बोलचाल सम्म पनि हुँदैन । बिहानी पख कुकुरसँग हिड्ने क्रममा अरु कुकुरलाई डुलाउन हिडेका व्यक्तिहरुसँग पनि भेटघाट, बोलचाल हुन्छ जसले सामाजिक दुरी घटाएर सामाजिक जिवन सुध्रदै जान्छ ।

सुरक्षित महसुस हुन्छ

घरको सुरक्षाको लागि कुकुर भरपर्दो जनावर मानिन्छ । यसले घरलाई सुरक्षा प्रदान गर्छ । कुकुरको सुँघ्ने र सुन्ने शक्ति अत्यन्त तिक्ष्ण हुनुको साथै कुकुरमा विशेष प्रकारको संवेदनशिलता हुन्छ जसकारण चोर, बदमासको व्यवहारलाई चिन्छ र भुक्छ । घरमा पालिएको कुकुरले दिउँसको साथै रातको समयमा पनि घरको सुरक्षा गर्दा मानिसहरु आनन्दले निदाउन सक्छन् । घरमा कुकुर पालिएको छ भने मानिसहरु निश्चित भएर घर बाहिर जान सक्छन् र सुरक्षित महसुस गर्छन् ।

मुटु स्वस्थ हुन्छ

विभिन्न अध्ययनले जनाए अनुसार कुकुर पाल्ने परिवारमा मुटु सम्बन्धि रोग लाग्ने सम्भावना कम हुन्छ । कुकुरसँग खेल्दा र कुकुरलाई डोर्याएर हिँड्दा रक्तचाप घटाउन सहयोग गर्छ । कुकुरलाई घरबाहिर लिएर जाँदा मानिसको एक्सरसाइज पनि हुन्छ । यसले गर्दा मुटु सम्बन्धि रोग लाग्ने सम्भावना कम हुन्छ ।



...
Omignee

hydroxyurea pantoprazole sodium over the counter With the United States on its way to winning the Presidents Cup for the fifth straight time, everything was going to plan can i buy cialis without a prescription

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इनडोर प्लान्टहरूले हावा शुद्ध पार्छ, हावामा प्रदूषकहरू घटाउँछ, अक्सिजनको स्तर बढाउँछ, तपाईँको मुड बढाउँछ र सकारात्मक वातावरण सिर्जना गर्छ। बिरुवालाई

घर सफा राख्दा माता लक्ष्मी चाँडै आकर्षित हुन्छिन् भन्ने जनविश्वास छ । धेरै मानिसहरूले आफ्नो घर सजाउन कृत्रिम फूलहरू प्रयोग

आन्तरिक सजावट कोठालाई थप आकर्षक बनाउने मुख्य पक्ष हो। यद्यपि, त्यहाँ केही गोप्य घर सजावट सुझावहरू छन् जुन डिजाइन विशेषज्ञहरूलाई

हामी सबै सुखी जीवन बिताउन चाहन्छौँ। यसका लागि दिनरात मिहिनेत गरेर पैसा कमाउँछौँ । तर कहिलेकाहीँ हामीसँग यस्तो हुन्छ कि