आईपीएलमा दिल्लीले कोलकातालाई हरायो



कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा दिल्ली क्यापिटल्सले चौथो जित निकालेको छ ।

बिहीबार राति कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीको जितमा डेभिड वार्नरले सर्वाधिक ४२ रन जोडे । रोभम्यान पावेलले ३३ रनको योगदान गरे । कोलकाताका उमेश यादवले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । कोलकाताका नितिश रानाले सर्वाधिक ५७ रन बनाए । कप्तान श्रेयस एयरले ४२ रनको योगदान गरे ।

दिल्लीका कुलदीप यादवले ४ र मुस्ताफिजुर रहमानले ३ विकेट लिए ।

जितसँगै दिल्ली ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा छ । कोलकाता ९ खेलमा ६ अंक जोडेर आठौं स्थानमा छ ।

यो पनि
रोनाल्डोको ह्याट्रिक, मिलानलाई अग्रता, युभेन्ट्स विजयी, बायर्न रोकियो
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

युएईलाई हराउँदै नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेको छ । डकवर्थ लुईस नियम अनुसार लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा

आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले यूएईमाथि सानदार जित निकालेको छ । टियु मैदान कीर्तिपुरमा भएको खेलमा टस

बलात्कार आरोप लागेका क्रिकेटर कप्तान सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर जेलबाट छुटेका छन्। शुक्रबार दिउँसो उनी केन्द्रीय कारागार

सुपरस्टार फुटबल खेलाडी लियोनल मेसीको १० नम्बर जर्सीमा ठाँटिदा गौरव अनुभूति गर्ने युवाहरूको लर्को हाम्रै नेपाली समाजमा पनि कम छैन