‘द ब्याटम्यान’को सिक्वेलमा रोबर्ट प्याटिन्सन नै दोहोरिए



हलिउड सुपरहिरो फिल्म ‘द ब्याटम्यान’को सिक्वेल बन्ने भएको छ । प्रदर्शकहरुको व्यापार मेला मानिने सिनेमांकन समारोहमा निर्माण कम्पनी वार्नर ब्रोज र डीसीले सिक्वेल घोषणा गरेका हुन् ।

रोबर्ट प्याटिन्सन नै ब्याटम्यान भूमिकामा सिक्वेलमा देखिने भएका छन् । निर्देशक म्याट रिभ्सले आफूले नै सिक्वेलको लेखन र निर्देशन गर्ने घोषणा गरे ।

तीन घण्टा लामो सुपरहिरो फिल्म ‘द ब्याटम्यान’ले उत्तर अमेरिकी बक्स अफिसमा १३४ मिलियन डलर कमाइ गरेको थियो । नेपालमा फिल्मले एक करोडभन्दा बढी ग्रस कमाइ गरेको वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।

नेपालमा समेत झण्डै एक महिना चलेको यो फिल्मले विस्तारै पिकअप लिएको थियो । टिकट बिक्रीको आधारमा फिल्मले उत्तर अमेरिकाको बक्स अफिसमा पहिलो सप्ताहन्तमा बलियो ओपनिङ गरेको थियो ।

कोरोना महामारीकालमा ‘स्पाइडरम्यान : नो वे होम’पछि एउटै सप्ताहन्तमा १०० मिलियन डलरको आँकडा पार गर्ने दोस्रो फिल्म पनि ‘द ब्याटम्यान’ बनेको छ । ७५९ मिलियन डलरसहित ‘द ब्याटम्यान’ हलिउडमा यस वर्षकै सर्वाधिक ग्रसर कलेक्सन गर्ने फिल्म समेत बनेको छ ।

यो पनि
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) सुरु भएको छ। बिहिबारदेखि सुरु भएको महोत्सव चैत्र ६ गते (मार्च १६ देखि २०)

ढाकास्थित बंगलादेश शिल्पकला एकेडेमीमा मंगलबारदेखि पाँच दिने ‘नेपाल–बंगलादेश कला तथा संस्कृति महोत्सव २०२३’ सुरु भएको छ। नेपाल– बंगलादेशबीच दौत्य सम्बन्ध

कोरोना महामारीको कारण तीनबर्ष अघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ

अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छन्। उनले अभिनेता मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी हुन्। बुधबार सुरक्षाले सामाजिक सञ्जालमा इन्गेजमेन्टको तस्बिर सार्वजनिक