English

‘मासुजन्य उद्योग नेपाली युवाका लागि अवसरको बाटो’ (भिडियो पनि)

युवा व्यवसायीलाई उर्जा थप्ने उदाहरण बनेको छ, थ्री स्टार


विदेशमा सिकेको सीप हातमा भयो भने के हुन्छ ? हातमा सीप मनमा दह्रो अठोट भयो भने के हुन्छ ? देखेको सपना साकार पार्ने हुट्हुटी जाग्यो भने के हुन्छ ? जागेको हुटहुटीले आकार लियो भने के हुन्छ ?

यो प्रश्न एकपटक निशान्त कँडेललाई सौधौँ ।

निशान्त नै किन ?

किनकि, उनले दक्षिण कोरियामा देखेको सपना मातृभूमिमा आएर साकार तुल्याउँदैछन्।

निशान्त र उनका साथीहरू मिलेर १२ वर्षअघि टोखा नगरपालिका–६ धपासीमा व्यवसायको एउटा जग खडा गरे । त्यसले नाम पायो, ‘थ्री स्टार मिट प्रोडक्ट प्राइभेट लिमिडेट ।’ वैदेशिक रोजगारीको सिलसिलामा निशान्त सात वर्ष दक्षिण कोरियामा बसे । त्यहाँ मासुजन्य वस्तु उत्पादन कम्पनीमा कार्य गरी सीप र अनुभव पनि बटुले । सोही सीप र अनुभव नेपालमा प्रयोग गरे कसो होला भन्ने सपना देखे । र त्यो सपना अहिले साकार गर्दैछन् । ‘त्यहाँको प्रविधिअनुसार नेपालमा मासु उत्पादन गरे कसो होला ? यही सोचले राम्रो, सफा र गुणस्तर मासु पाइने कम्पनी खोल्ने सोच आयो,’ उत्साही भावमा उनले भने, ‘वैदेशिक रोजगारबाट फर्केर तीन जना साथी मिलेर यो कम्पनी स्थापना गर्यौं ।’

काठमाडौं उपत्यकाबाट शुरु भएको थ्री स्टार कम्पनीको डिलर हाल नेपालभर रहेको उनी सुनाउँछन् । ‘कञ्चनपुरसम्म हाम्रो कम्पनीको डिलर छ,’ उनले भने । यस कम्पनीले फ्रेस मासु, फ्रोजन मम, ससेज, सलामीलगायत लगभग मासुको सबै प्रकारका परिकार बिक्री र प्याकेजिङ गर्दछ । यहाँबाट खुद्रा तथा थोकमा मासु खरिद गर्न पनि मिल्छ ।

आफूले बाहिर सिकेको सीप यहाँ लागू गरी अन्य युवालाई प्रोत्साहन गर्न, रोजगारी सिर्जना गर्नु हो ।

उद्देश्य नभएको मान्छे नै हुँदैन भने जस्तै कम्पनी सञ्चालन गर्नु पनि कुनै न कुनै उद्देश्य हुन्छ । यो कम्पनी सञ्चालन गर्नुको मुख्य उद्देश्य बाहिरको अवधारणा र त्यहाँ सिकेको सीप यहाँ लागू गर्नु रहेको उनी सुनाउँछन् । ‘आफूले बाहिर सिकेको सीप यहाँ लागू गरी अन्य युवालाई प्रोत्साहन गर्न, रोजगारी सिर्जना गर्नु हो,’ उनले भने ।

यस कम्पनीबाट सयौँको रोजीरोटी चलेको छ । यहाँबाट प्रत्यक्ष एक सय जनाभन्दा बढीले रोजगार पाएका छन् । अप्रत्यक्षमा हजारभन्दा बढी नै छन् । यति मात्र होइन यस कम्पनीमार्फत उत्पादन हुने मासु खरिदका लागि स्थानीय किसानलाई प्राथमिकता दिइएको छ । ‘यहाँका किसानको उत्पादनलाई प्राथमिकता दिन्छौँ, उनीहरूबाट नै किनेर देशभर मासु बिक्री गर्छौं,’ आफूले गरेको काममा उनी सन्तुष्ट सुनिए ।

यहाँको मागलाई पूर्ति गर्न नसकेर बाहिरबाट ठूलो मात्रामा मासु आयात हुन्छ, यदि, यहीँ उत्पादन गरेमा अवश्य पनि केही हदसम्म आयात कम गर्न सहयोग पुग्दछ ।

नौ महिनायता मात्रै साढे दुई अर्बभन्दा बढीको मासु आयात भएको छ । मासु उत्पादन गर्ने कम्पनी यहाँ स्थापना गर्ने हो भने मासुको आयात कम गर्न सकिन्छ । ‘यहाँको मागलाई पूर्ति गर्न नसकेर बाहिरबाट ठूलो मात्रामा मासु आयात हुन्छ, यदि, यहीँ उत्पादन गरेमा अवश्य पनि केही हदसम्म आयात कम गर्न सहयोग पुग्दछ ।’ उनले आत्मनिर्भर हुन सकिने सूत्र बताए ।

विदेशको जस्तै विशिष्ट प्रविधि प्रयोग गरेर मासुजन्य पदार्थ उत्पादन गर्न खोजे पनि शतप्रतिशत प्रविधि लागू गर्न मुस्किल रहेको उनको अनुभव छ । ‘बाहिरको प्रविधि लागू गर्न सरकारी नीति नै स्पष्ट छैन, अन्य राष्ट्रले सरकारी स्तरबाटै व्यवस्थापनमा सहयोग गरेको छ,’ उनी निराश सुनिए, ‘यहाँ व्यवस्थित वधशाला छैन । त्यसकारण विकसित राष्ट्रको जस्तो शतप्रतिशत दिन नसके पनि त्यहाँको तौरतरिका र प्रविधि अपनाउने कोशिस गरेका छौँ ।’

हामीले उत्पादन गर्ने मासुजन्य पदार्थको गुणस्तर यदि कसैले हेर्न चाहेमा झ्याल र ढोकामा सिसा लगाएका छौँ, त्यहाँबाट प्रत्यक्ष देखाउन सक्छौँ ।

बजारमा पाइने ससेजको गुणस्तरको मामलामा कतिपयले नाक खुम्चाउँछन् । तर, यहाँ उत्पादन भएको ससेज तथा मासुजन्य वस्तु शुद्ध र सफा रहेको छ । ‘हामीले उत्पादन गर्ने मासुजन्य पदार्थको गुणस्तर यदि कसैले हेर्न चाहेमा झ्याल र ढोकामा सिसा लगाएका छौँ, त्यहाँबाट प्रत्यक्ष देखाउन सक्छौँ,’ उनले भने ।

नेपालबाट वैदेशिक रोजगारका लागि वर्षेनी लाखौँ युवा विदेसिन्छन् । उताबाट सीप पनि सिकेर फर्किन्छन् तर त्यस्ता युवाकोे लागि केन्द्र वा स्थानीय तहले चासो दिएको छैन । मासु उत्पादन व्यवसाय ती युवाहरूको लागि अवसरको बाटो हुने उनी बताउँछन् । नेपालबाट बाहिरिने जनसंख्यालाई मासु व्यवसायमा रोजगारी सिर्जना गर्ने हो भने अवश्य पनि मासुमा आत्मनिर्भर हुन सकिने उनी ठोकुवा गर्छन् । ‘ती युवाहरूका लागि बजारीकरण, व्यवस्थापनजस्ता कुरामा पहिलो कदम सरकारले नै चाल्नुपर्छ ।’

पछिल्लो समयमा ग्राहकहरूको मानस्थितिमा परिवर्तन आएको छ, उनीहरू पनि राम्रो, सफा र गुणस्तरको मासु खोज्ने गरेका छन् ।

कम्पनी स्थापना गर्न शुरुका दिनमा उनले थुुप्रै चुनौतीहरू खेपे । आधुनिक मासु पसल खोल्दा महँगो हुने डरले कतिपय ग्राहक हेरेर मात्रै फर्किन्थे । ‘ओहो यस्तो राम्रो पसल रहेछ, मासु पनि महँगो होला भनेर छिर्न डराउनुहुन्थ्यो’ ग्राहकमा त्यो सोच अहिले परिवर्तन भएको बताउँदै भन्छन् उनी, ‘तर पछिल्लो समयमा ग्राहकहरूको मानस्थितिमा परिवर्तन आएको छ, उनीहरू पनि राम्रो, सफा र गुणस्तरको मासु खोज्ने गरेका छन् ।’ भारतले आफूँले उपभोग गरेर मासु निर्यात गर्न सक्छ । तर, नेपालले किन सक्दैन ? प्रश्न गर्दै यसबारे अनुसन्धान गरी सोहीअनुसार नीति निमार्ण बनाउनुपर्ने उनले सुझाए ।

निशान्तजस्तै आ–आफ्नो क्षेत्रबाट मासु मात्र नभई अरू कृषि उत्पादनलाई जोड दिने हो भने आयातलाई पक्कै पनि काम गर्न सकिन्छ । र आत्मनिर्भरताको बाटो खुल्दै जान्छ । धन्यवाद ! निशान्त र उनको टिमलाई ।

भिडियो :

फोटो/भिडियो : राजकुमार श्रेष्ठ/मेरो लाइफस्टाइल

यो पनि…
मासुमा आत्मनिर्भर बन्न खसी–बोकाको उत्पादन बढाए पुग्ने
नेपाल यसरी बन्न सक्छ माछामा आत्मनिर्भर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested