English

वैदेशिक रोजगारी छोडी स्वदेशमै भविष्य खोज्दै युवा



पाल्पा, तानसेन नगरपालिका–१० जमुनाखर्कका रामबहादुर नेपाली रोजगारीका लागि मलेसिया गएका थिए । रोजगारी गरी दुई/चार पैसा कमाउला भनेर मलेसिया गएका उनलाई सधैं परिवारको चिन्ताले सताउन थाल्यो । चार वर्ष मलेसियामा बसेका उनलाई विदेश जाँदा पाँच प्रतिशत ब्याजदरमा लिएको ऋण तिर्नै ठिक्क भयो ।

विदेशी भूमिमा पाउनसम्मको दुःख पाएर फर्किएका उनले अहिले स्वदेशमै तरकारी खेती र भैँसीपालनमा आफ्नो भविष्य देख्न थालेका छन् । ऋण लिएर तरकारी खेती र भैँसीपालन गर्न थालेका नेपाली विदेशमा गर्ने दुःख नेपालमा गर्नसके दोब्बर पैसा कमाउन सकिने अनुभव सुनाउँछन् । “मैले दुःख के हो आँखा अगाडि देखिको छु । तरकारी खेती र भैँसीपालन गर्न थालेपछि मलाई पछाडि फर्केर हेर्नुपरेको छैन”, नेपालीले भने, “यो काममा सन्तुष्ट हुँदा जे काम गरे पनि आफ्नै देशमा गर्नुपर्ने रहेछ भन्ने ज्ञान मलाई विदेशले सिकाएको छ ।”

अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अठोटसहित तरकारी खेती र भैँसीपालन गर्न थालेको उनको भनाइ छ । “अब विदेश जाने मेरो कुनै सोच छैन । जे गरे पनि आफ्नै देशमा गर्ने हो”, नेपालीले भन्छन् , “आफ्नै भूमिमा बसेर सानो भए पनि काम गर्न पाएकोमा खुसी छु ।”

अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अठोटसहित तरकारी खेती र भैँसीपालन गर्न थालेको उनको भनाइ छ । “अब विदेश जाने मेरो कुनै सोच छैन । जे गरे पनि आफ्नै देशमा गर्ने हो”, नेपालीले भन्छन् , “आफ्नै भूमिमा बसेर सानो भए पनि काम गर्न पाएकोमा खुसी छु ।” व्यावसायिकरुपमा तरकारी खेतीबाट लाखौँ आम्दानी गरी घर खर्च तथा सन्तानलाई शिक्षादिक्षा गर्न सहज भएको उनको भनाइ छ ।

विदेशमा रहँदा परिवारको चासो मनभरी हुने र कहिले घर जाने होला भन्ने चिन्ता रही काम गर्नुपर्ने बाध्यता थियो । परिवारसँगै बसी काम गर्न पाउँदा खुसी र परिवार तथा समाजको सम्मान पाएकाले काम गर्न थप हौसला मिलेको नेपालीको भनाइ छ । भैँसीको दूध घ्यू तथा तरकारीमा साग, सीमी, बोडी, केराउ तथा आलु बिक्रीबाट वार्षिक रु चार लाख आम्दानी हुने गरेको उनको भनाइ छ । यसले परिवारमा खुसी र सन्तृष्टि रहेको नेपालीको अनुभव छ ।

दुई वर्षअघि विदेशबाट फर्केर व्यावसायिक बाख्रापालन गर्न थालेका तानसेन मदनपोखराका सुन्दर रानाकोे खोरमा अहिले उन्नत जातका ५० भन्दाबढी बाख्रा छन् । बोयर तथा उन्नत जातका बाख्राले एक पटकमा दुई ओटा पाठापाठी उत्पादन दिने गरेको उनको भनाइ छ । वार्षिक तीन चार लाख आम्दानी गर्नका लागि विदेशी भूमि टेकीरहनुपर्ने बाध्यता हटेको रानाले बताए । पछिल्ला वर्ष किसानले नौ दश महिना बाख्रा विक्री गर्दै आएका छन् । किसानको खोरबाट जिउदो खसीबोकालाई प्रतिकिलो रु ५०० मा विक्री हुन्छ । सामान्यतया विक्री अवधिमा खसी ३० देखि ८० किलोसम्म तौल हुने किसानको भनाइ छ ।

बोयर जातका खसीबोका अन्य स्थानीय जातकाभन्दा बढी तौल भएको हुन्छ । उन्नत जातका बाख्रालाई अन्य जातका खसीबोका भन्दा राम्रो मूल्य पाउने भएपछि यहाँका किसान व्यावसायिकरुपमा बाख्रापालनमा आकर्षित भएका छन् ।

बोयर जातका खसीबोका अन्य स्थानीय जातकाभन्दा बढी तौल भएको हुन्छ । उन्नत जातका बाख्रालाई अन्य जातका खसीबोका भन्दा राम्रो मूल्य पाउने भएपछि यहाँका किसान व्यावसायिकरुपमा बाख्रापालनमा आकर्षित भएका छन् । “पहिला परम्परागत खोरमा बाख्रापालन हुँदै आएको थियो । अहिले व्यवस्थित खोर, पोषणयुक्त आहाराको व्यवस्थाले बाख्रा छिटो उत्पादन दिन थालेको छ”, रानाले भने । मलेसिया र दुवइमा काम गरी फर्केका राना अहिले स्वदेशमै स्वरोजगार बन्न पाएपछि खुसी रहेको बताए ।

पाल्पाको तानसेन–१४, कुसेनीकै रमेश परियार कोरोना सङ्क्रमणको जोखिम बढेपछि बेरोजगार भए । भारतमा होटलको जागिर गुमेपछि परियार स्वदेश फर्किए । गत वर्षको लकडाउनपछि परियार सात आठ महिना कामविहीन हुनु पर्यो। काम विहीन हुँदा आर्थिकसमेतले सताइरहेको थियो । अहिले फार्ममा १० ओटा बँगुर माउ हुर्किरहेका छन् । दश महिनाको अवधिमा बगुँरबाट पाठापाठी उत्पादन गर्ने तयारी रहेको उनले बताए । भारत तथा नेपालमा होटल व्यवसायमा भन्दा बँगुरपालन व्यवसाय राम्रो भएको परियारको दावी छ ।

यो पनि पढ्नुहोस्
नेपालमा भित्रिए यस्ता कृषि प्रविधि
बैंकबाट कर्जा लिएर घर बनाउने सोचमा हुनुहुन्छ ? यस्तो छ प्रक्रिया
विषादीयुक्त खाद्यवस्तुले स्वास्थ्यमा देखिन्छन् यस्ता समस्या, कसरी जोगिने ?
कोरोना संक्रमित आमाले सुरक्षित स्तनपान कसरी गराउने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested