English

वैदेशिक रोजगारी छोडी स्वदेशमै भविष्य खोज्दै युवा



पाल्पा, तानसेन नगरपालिका–१० जमुनाखर्कका रामबहादुर नेपाली रोजगारीका लागि मलेसिया गएका थिए । रोजगारी गरी दुई/चार पैसा कमाउला भनेर मलेसिया गएका उनलाई सधैं परिवारको चिन्ताले सताउन थाल्यो । चार वर्ष मलेसियामा बसेका उनलाई विदेश जाँदा पाँच प्रतिशत ब्याजदरमा लिएको ऋण तिर्नै ठिक्क भयो ।

विदेशी भूमिमा पाउनसम्मको दुःख पाएर फर्किएका उनले अहिले स्वदेशमै तरकारी खेती र भैँसीपालनमा आफ्नो भविष्य देख्न थालेका छन् । ऋण लिएर तरकारी खेती र भैँसीपालन गर्न थालेका नेपाली विदेशमा गर्ने दुःख नेपालमा गर्नसके दोब्बर पैसा कमाउन सकिने अनुभव सुनाउँछन् । “मैले दुःख के हो आँखा अगाडि देखिको छु । तरकारी खेती र भैँसीपालन गर्न थालेपछि मलाई पछाडि फर्केर हेर्नुपरेको छैन”, नेपालीले भने, “यो काममा सन्तुष्ट हुँदा जे काम गरे पनि आफ्नै देशमा गर्नुपर्ने रहेछ भन्ने ज्ञान मलाई विदेशले सिकाएको छ ।”

अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अठोटसहित तरकारी खेती र भैँसीपालन गर्न थालेको उनको भनाइ छ । “अब विदेश जाने मेरो कुनै सोच छैन । जे गरे पनि आफ्नै देशमा गर्ने हो”, नेपालीले भन्छन् , “आफ्नै भूमिमा बसेर सानो भए पनि काम गर्न पाएकोमा खुसी छु ।”

अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अठोटसहित तरकारी खेती र भैँसीपालन गर्न थालेको उनको भनाइ छ । “अब विदेश जाने मेरो कुनै सोच छैन । जे गरे पनि आफ्नै देशमा गर्ने हो”, नेपालीले भन्छन् , “आफ्नै भूमिमा बसेर सानो भए पनि काम गर्न पाएकोमा खुसी छु ।” व्यावसायिकरुपमा तरकारी खेतीबाट लाखौँ आम्दानी गरी घर खर्च तथा सन्तानलाई शिक्षादिक्षा गर्न सहज भएको उनको भनाइ छ ।

विदेशमा रहँदा परिवारको चासो मनभरी हुने र कहिले घर जाने होला भन्ने चिन्ता रही काम गर्नुपर्ने बाध्यता थियो । परिवारसँगै बसी काम गर्न पाउँदा खुसी र परिवार तथा समाजको सम्मान पाएकाले काम गर्न थप हौसला मिलेको नेपालीको भनाइ छ । भैँसीको दूध घ्यू तथा तरकारीमा साग, सीमी, बोडी, केराउ तथा आलु बिक्रीबाट वार्षिक रु चार लाख आम्दानी हुने गरेको उनको भनाइ छ । यसले परिवारमा खुसी र सन्तृष्टि रहेको नेपालीको अनुभव छ ।

दुई वर्षअघि विदेशबाट फर्केर व्यावसायिक बाख्रापालन गर्न थालेका तानसेन मदनपोखराका सुन्दर रानाकोे खोरमा अहिले उन्नत जातका ५० भन्दाबढी बाख्रा छन् । बोयर तथा उन्नत जातका बाख्राले एक पटकमा दुई ओटा पाठापाठी उत्पादन दिने गरेको उनको भनाइ छ । वार्षिक तीन चार लाख आम्दानी गर्नका लागि विदेशी भूमि टेकीरहनुपर्ने बाध्यता हटेको रानाले बताए । पछिल्ला वर्ष किसानले नौ दश महिना बाख्रा विक्री गर्दै आएका छन् । किसानको खोरबाट जिउदो खसीबोकालाई प्रतिकिलो रु ५०० मा विक्री हुन्छ । सामान्यतया विक्री अवधिमा खसी ३० देखि ८० किलोसम्म तौल हुने किसानको भनाइ छ ।

बोयर जातका खसीबोका अन्य स्थानीय जातकाभन्दा बढी तौल भएको हुन्छ । उन्नत जातका बाख्रालाई अन्य जातका खसीबोका भन्दा राम्रो मूल्य पाउने भएपछि यहाँका किसान व्यावसायिकरुपमा बाख्रापालनमा आकर्षित भएका छन् ।

बोयर जातका खसीबोका अन्य स्थानीय जातकाभन्दा बढी तौल भएको हुन्छ । उन्नत जातका बाख्रालाई अन्य जातका खसीबोका भन्दा राम्रो मूल्य पाउने भएपछि यहाँका किसान व्यावसायिकरुपमा बाख्रापालनमा आकर्षित भएका छन् । “पहिला परम्परागत खोरमा बाख्रापालन हुँदै आएको थियो । अहिले व्यवस्थित खोर, पोषणयुक्त आहाराको व्यवस्थाले बाख्रा छिटो उत्पादन दिन थालेको छ”, रानाले भने । मलेसिया र दुवइमा काम गरी फर्केका राना अहिले स्वदेशमै स्वरोजगार बन्न पाएपछि खुसी रहेको बताए ।

पाल्पाको तानसेन–१४, कुसेनीकै रमेश परियार कोरोना सङ्क्रमणको जोखिम बढेपछि बेरोजगार भए । भारतमा होटलको जागिर गुमेपछि परियार स्वदेश फर्किए । गत वर्षको लकडाउनपछि परियार सात आठ महिना कामविहीन हुनु पर्यो। काम विहीन हुँदा आर्थिकसमेतले सताइरहेको थियो । अहिले फार्ममा १० ओटा बँगुर माउ हुर्किरहेका छन् । दश महिनाको अवधिमा बगुँरबाट पाठापाठी उत्पादन गर्ने तयारी रहेको उनले बताए । भारत तथा नेपालमा होटल व्यवसायमा भन्दा बँगुरपालन व्यवसाय राम्रो भएको परियारको दावी छ ।

यो पनि पढ्नुहोस्
नेपालमा भित्रिए यस्ता कृषि प्रविधि
बैंकबाट कर्जा लिएर घर बनाउने सोचमा हुनुहुन्छ ? यस्तो छ प्रक्रिया
विषादीयुक्त खाद्यवस्तुले स्वास्थ्यमा देखिन्छन् यस्ता समस्या, कसरी जोगिने ?
कोरोना संक्रमित आमाले सुरक्षित स्तनपान कसरी गराउने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,