English

इन्डोनेसियाले गर्यो पाम तेलको निकासी बन्द



विश्वकै सबैभन्दा ठूलो पाम तेल उत्पादक इन्डोनेसियाले निकासी बन्द गरेको छ । रुस–युक्रेन युद्धको प्रभाव देखाउँदै राष्ट्रपति जोको विडोडोले इन्डोनेसियाबाट पाम तेलको निकासी पूर्णरूपमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।

रुस–युक्रेन युद्धको असरका कारण यतिबेला विश्वभर खानेतेलको मूल्य अनियन्त्रित गतिमा बढिरहेको छ । युक्रेनमा उत्पादन हुने भटमास, तोरी र सूर्यमूखीको तेल यतिबेला विश्वमा निकासी हुन रोकिएको छ ।

रुसले हमला गरेका कारण युक्रेनबाट विश्वभरको बजारमा आपूर्ति हुँदै आएको खानेतेलको निकासी रोकिएको हो । यससँगै, विश्व बजारमा खानेतेलको मूल्य दिनदिनै बढिरहेको छ ।

राष्ट्रपति विडोडोले विश्वभरमा तेलको मूल्य बढेका कारण आन्तरिक माग धान्न निर्यात रोक्ने निर्णय गरेको जनाएका छन् । इन्डोनेसिया र मलेसिया पाम तेल उत्पादनको क्षेत्रमा विश्वकै अब्बल मानिन्छन् ।

पाम तेलको प्रयोग कस्मेटिकदेखि प्याकेजिङ गरिने खाद्यान्नसम्ममा प्रयोग हुन्छ । इन्डोनेसियाले यसको निर्यातमा रोक लगाएसँगै विश्वव्यापी रूपमा प्याकेजिङ गरिएका खाद्यान्नको मूल्य बढ्ने आङ्कलन गरिएको छ ।

विश्वमा निर्यात हुने कुल पाम तेलमा इन्डोनेसियाको हिस्सा करिब ५० प्रतिशत छ । इन्डोनेसिया विश्वको ठूलो तेल उत्पादक र निर्यातक हो भने भारत विश्वको सबैभन्दा ठूलो खरिदकर्ता हो ।

भारतमा यसको प्रयोग ‘स्ट्रिट फुड’देखि, दुनोट, बेकरी, कस्मेटिक बनाउनेलगायत खाने तेलको रूपमा समेत प्रयोग गरिन्छ । यसका साथै, भारतमा ‘जंक फूड’को उत्पादनमा समेत पाम तेलको प्रयोग हुन्छ । त्यसैले, इन्डोनेसियाको यो निर्णयले सबैभन्दा ठूलो असर भारतलाई पर्छ । जसले गर्दा नेपालमा पनि ठूलो असर पर्ने देखिन्छ ।

यो पनि…
फलफूलमा यसरी बन्न सकिन्छ आत्मनिर्भर
मकैमा आत्मनिर्भर हुन पाँच लाख ८८ हजार मेट्रिक टन खाँचो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested