English

स्थानीय तह निर्वाचन : हालसम्म साढे १६ हजारभन्दा बढीले दिए उम्मेदवारी



यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि विभिन्न पदमा हालसम्म १६ हजार ५६८ जनाले उम्मेदवारी दिएका छन् ।निर्वाचन आयोगका अनुसार सोमबार मध्यान्ह १२ बजेसम्म उक्त संख्यामा उम्मेदवारी परेको हो ।

आयोगले मनोनयन दर्ताको लागि आइतबार र सोमबार दुई दिन समय छुट्टयाएको थियो । मनोनयन दर्ता गर्न सोमबार बेलुकी पाँच बजेसम्म पाइने छ ।

हालसम्म उम्मेदवारी दिनेमा प्रदेश १ मा २ हजार ९९२, मधेस प्रदेशमा ५ हजार ४९, बागमती प्रदेशमा २ हजार २ सय ७०, गण्डकी प्रदेशमा १ हजार ३९, लुम्बिनी प्रदेशमा ३ हजार ५३२, कर्णाली प्रदेशमा ६४९ र सुदुरपश्चिम प्रदेशमा १ हजार ३७ जना रहेका छन् ।

हालसम्म परेका उम्मेदवारीमध्ये प्रमुखको लागि ७६८, अध्यक्षको लागि ६१४, उपप्रमुखको लागि ३८३, उपाध्यक्षको लागि ३३४, वडा अध्यक्षको लागि ४ हजार ४३९, महिला सदस्यको लागि २ हजार ५४१, दलित महिला सदस्यको लागि २ हजार ५९ र सदस्यको लागि ५ हजार ४३० रहेको छ ।

यो पनि
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहको उम्मेदवारी (प्रतिबद्धता पत्रसहित )
निर्वाचनको तयारी : के गर्न पाइने, के गर्न नपाइने ?




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested