English

अमेरिकी विद्यालयमा नरसंहारदेखि पहिलो पटक मानिसको अंग प्रतिस्थापनसम्म



आज सन् २०२२ को २० अप्रिल । प्रस्तुत छ इतिहासमा आज भएका केही संक्षिप्त घटनाक्रम :

कोलोराडोको विद्यालयमा नरसंहार

सन् १९९९ मा अमेरिकाको कोलोराडोस्थित कोलम्बाइन हाई स्कूलमा गोली चल्दा १५ जनाको मृत्यु भएको थियो । दुई किशोरले विद्यार्थी र शिक्षकमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा थप २४ जना घाइते भएका थिए ।

कोरियन विमान सोभियत भूमिमा

सन् १९७८ मा आजकै दिन सोभियत वायु रक्षाले कोरियन एयरलाइन्सको एउटा विमान खसालेको थियो । शीतयुद्धको समयमा बोइङ ७०७ को चालक दलका सदस्यले आफ्नो मार्ग पहिचान गर्न नसक्दा सोभियत संघको हवाई क्षेत्रमा पुगेको थियो । सोभियत हमलापछि सो जेट जमेको एउटा तालमा आपतकालीन अवतरण गरेको थियो । उक्त घटनामा दुई यात्रुको मृत्यु भएको थियो ।

पहिलो पटक मानिसको अंग प्रतिस्थापन

सन् १९५१ मा पहिलो पटक शल्यक्रिया गरेर मानिसको अंग प्रतिस्थापन गरिएको थियो । रोमानियाली चिकित्सक डान ग्याभ्रिल्युले अन्न नली बाइपास गर्न पेटको एक भागलाई प्रयोग गरेका थिए ।

पियरे र म्यारी क्युरीको आविश्कार

सन् १९०२ मा फ्रान्सेली जोडी पियरे र म्यारी क्युरीले रेडियोएक्टिभ तत्व रेडियम पत्ता लगाएका थिए । अग्रगामी अनुसन्धानको लागि सन् १९०३ मा उनीहरूले भौतिकशास्त्रमा नोबेल पुरस्कार प्राप्त गरेका थिए ।

यो पनि
विश्व इतिहासका मुख्य पाँच घटना
यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

Latest










Popular
Suggested