English

विश्व इतिहासका मुख्य पाँच घटना



आज ६ अप्रिल २०२२ । विश्व इतिहासमा आज पनि केही महत्त्वपूर्ण घटनाक्रमहरू विकसित भएका थिए । आजकै दिन आधुनिक ओलम्पिक खेल सुरु भएको थियो भने इतिहासमा आजबाटै पहिलो व्यावसायिक सञ्चार स्याटलाईट सुरु भएको थियो । प्रस्तुत छ इतिहासमा भएका केही महत्त्वपूर्ण घटनाक्रम :

रुवान्डामा जातीय नरसंहार
सन् १९९४ मा रुवाण्डामा नरसंहार सुरु भएको थियो । रुवान्डाका तत्कालीन राष्ट्रपति जुभेनल हब्यारिमाना र बुरुन्डीका राष्ट्रपति साइप्रियन न्तारियामिराको हत्याले जातीय टुटसिसहरूको सामूहिक नरसंहारलाई उत्प्रेरित गरेको थियो । नरसंहारमा लाखौँ पीडित बनेका थिए ।

पहिलो व्यावसायिक सञ्चार स्याटलाईट
सन् १९६५ मा पहिलो व्यावसायिक सञ्चार स्याटलाईट सुरु भएको थियो । अर्ली बर्डसमेत भनेर चिनिने जेमिनी ट प्रशान्त महासागरमा अवतरण गर्दा स्पेसक्राफ्ट स्प्लासडाउनको पहिलो प्रत्यक्ष टिभी प्रसारणलाई सहज बनाएको थियो ।

पहिलो सामूहिक विश्व उडान
सन् १९२४ मा विमान चालकहरूको एउटा समूहले पहिलो पटक सामूहिक विश्व उडान सुरु गरेको थियो । चार वटा विमान सिएटलबाट पश्चिमतर्फको मार्गमा छुटेका थिए । तिनीहरूमध्ये दुइ वटा १५७ दिन पछि एउटै स्थानमा पुगेका थिए ।

पहिलो पटक उत्तरी ध्रुवमा पुगेको दाबी गर्ने व्यक्ति
सन् १९०९ मा रोबर्ट पेरीले आफू उत्तरी ध्रुवमा पुग्ने पहिलो व्यक्ति भएको दाबी गरेका थिए । तर पेरीको दावी अहिलेसम्म पुष्टि हुन सकेको छैन । उत्तरी ध्रुवको पहिलो निर्विवाद यात्रा १९४८ सोभियत सेभर–२ अभियान थियो ।

पहिलो आधुनिक ओलम्पिक खेल
सन् १८९६ को ६ अप्रिलमा एथेन्समा पहिलो आधुनिक ओलम्पिक खेल सुरु भएको थियो । पहिलो ओलम्पियाडमा १४ देशका २४१ खेलाडीले भाग लिएका थिए । दक्षिण–पश्चिम ग्रीसको ओलम्पियामा सुरु भएको अन्तिम पुरातन ओलम्पिक खेल भएको १५ सय वर्षपछि यो खेल भएको थियो ।

यो पनि..
हमला प्रभाव : बालबालिकाको शरीरमा पारिवारिक विवरण

अमेरिकाले अस्वीकार गर्‍यो रसियाको माग
रुसी हमलामा मारिए फक्स न्युजका पत्रकार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested