English

मेयर-उपमेयरमा दाबी : कतै जेठाजु-बुहारी, कतै मेयरकै छोरी-ज्वाइँ



नेपाली कांग्रेसले मेयर र उपमेयरका लागि पोखरामा नाम संकलन गरिसकेको छ । पोखरामा दुई दिनसम्म संकलन गरिएको नामबारे मतदानबाट संख्या घटाउने वा सबै नाम सिफारिस गर्ने भन्ने छलफल सुरु भएको छ । मेयरमा १८ र उपमेयरमा १० जनाले आकांक्षा देखाएका छन् । उनीहरूले मेयरमा २५ र उपमेयरमा २० हजार तिरेर नाम टिपाएका हुन् ।

पोखराको मेयर र उपमेयरमा एउटै घरबाट पनि दाबी परेको छ । मेयरमा जेठाजु (मन्त्री विन्दुकुमार थापा) र उपमेयरमा बुहारी (मिलन थापा) ले नाम टिपाएका हुन् । उनीहरू दुवै जना महाधिवेसन प्रतिनिधि पनि हुन् । महाधिवेशनकै बेला जेठाजु बुहारीलाई महाधिवेसन प्रतिनिधिमा रोक्ने प्रयास नभएको होइन । तर, दुवै जनाले अत्यधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

मेयरमा रामचन्द्रका छोरीज्वाईं परमेश्वर पोखरेल पनि दाबेदार छन् । उनी हाल पार्टीमा कुनै पनि पदमा छैनन् । गत मंसिरमा भएकाे १४औं महाधिवेशनअन्तर्गत कास्की सभापतिमा पराजित भएका सुदिपमोहन भट्टराई र जितेका किशोरदत्त बराल दुवैजना मेयरको आकांक्षी छन् ।

व्यवसायीहरू निर्मलप्रसाद कर्मचार्य, विश्वशंकर पालिखे, बाबुराम गिरी, गणेशबहादुर भट्टराई र किरण केसी पनि प्रमुख दाबेदारका रूपमा छन् । कृष्णबहादुर केसी हालका महासमिति सदस्य तथा कास्कीका निवर्तमान सभापति हुन् । बाबुराम आचार्य लामो समय सरकारी सेवामा रहेर सचिव पदबाट अवकास पाएका व्यक्ति हुन् भने सरास्वती गुरुङ अघिल्लो चुनावमा उपमेयरमा पराजित भएकी थिइन् ।

गंगाधर पराजुली पत्रकारिता हुँदै विभिन्न पदमा रहेर काम गरेपछि राजनीतिमा लागेका हुन् । उनी यसअघि पोखरा महानगरको पार्टी सभापतिमा पराजित भएका थिए । पुराना नेता नन्दप्रसाद तिवारी र वीरेन्द्रनारायण विजुक्छे पनि दौडमा छन् । कोपिला रानाभाट पार्टीको प्रदेश सहमहामन्त्रीमा कार्यरत छिन् भने ऋषि सापकोटा र विश्व घिमिरे पनि राजनीतिबाटै अघि बढेका हुन् ।

उपप्रमुखमा उम्मेद्‌वारी दिने माया बराल महिला संघ पोखराको सभापति हुन् भने लक्ष्मी पाण्डे निवर्तमान जिल्ला कोषाध्यक्ष हुन् । रंगीला आचार्य जिल्ला उपसभापतिमा निर्वाचित भएकी थिइन् । उपमेयरमा नेताहरू आनन्दी राणा कार्की, टिकाकुमारी गुरुङ, दिपक मल्ल, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपाली नाम लेखाए ।

यो पनि
पोखराको मेयर बन्न कांग्रेसबाट मात्रै १८ जनाको आवेदन !
यस्तो छ गठबन्धनको उम्मेदवार चयनको मापदण्ड



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested