English

पोखराको मेयर बन्न कांग्रेसबाट मात्रै १८ जनाको आवेदन !



पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न नेपाली कांग्रेसबाट बहालवाला मन्त्रीसहित १८ जनाले आवेदन दिएका छन् । आइतबार कांग्रेसको पोखरा महानगर समितिमा गण्डकी प्रदेशका कानुनमन्त्री विन्दुकुमार थापासहित १८ जनाले आवेदन दिएका हुन् ।

मेयर पदको उम्मेदवारका आकांक्षीलाई आइतबार ४ बजेसम्म आवेदन दिन भनिएको थियो । महानगर कमिटी सचिव गणेशबहादुर थापाका अनुसार महानगर प्रमुखको उम्मेदवारका लागि आवेदन दिनेमा सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्र नारायण बिजुक्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल, बाबुराम गिरी, गणेश बहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटा छन् ।

महानगर उपप्रमुखको उम्मेदवारका लागि १० जनाले आवेदन दिएका छन् । सचिव थापाका अनुसार आवेदन दिनेमा माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगीला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, दीपक महत, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपाली छन् ।

कांग्रेसबाट महानगर प्रमुख बन्न आकांक्षीले २५ हजार उपप्रमुख आकांक्षीले २० हजार रुपैयाँ तिरेर नाम दर्ता गरेका हुन् ।

यो पनि
स्थानीय निर्वाचन : साना दलसँगको तालमेलले एमालेलाई कति फाइदा ?
यस्तो छ गठबन्धनको उम्मेदवार चयनको मापदण्ड



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

ओम आचार्यअमेरिका, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–अमेरिका (सतेन्द्र साह) ले नेपालमा चर्चामा रहेको मन्त्रि गुप्ताको अमेरिका भम्रण र एनआरएनएको

Latest










Popular
Suggested