English

पोखराको मेयर बन्न कांग्रेसबाट मात्रै १८ जनाको आवेदन !



पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न नेपाली कांग्रेसबाट बहालवाला मन्त्रीसहित १८ जनाले आवेदन दिएका छन् । आइतबार कांग्रेसको पोखरा महानगर समितिमा गण्डकी प्रदेशका कानुनमन्त्री विन्दुकुमार थापासहित १८ जनाले आवेदन दिएका हुन् ।

मेयर पदको उम्मेदवारका आकांक्षीलाई आइतबार ४ बजेसम्म आवेदन दिन भनिएको थियो । महानगर कमिटी सचिव गणेशबहादुर थापाका अनुसार महानगर प्रमुखको उम्मेदवारका लागि आवेदन दिनेमा सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्र नारायण बिजुक्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल, बाबुराम गिरी, गणेश बहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटा छन् ।

महानगर उपप्रमुखको उम्मेदवारका लागि १० जनाले आवेदन दिएका छन् । सचिव थापाका अनुसार आवेदन दिनेमा माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगीला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, दीपक महत, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपाली छन् ।

कांग्रेसबाट महानगर प्रमुख बन्न आकांक्षीले २५ हजार उपप्रमुख आकांक्षीले २० हजार रुपैयाँ तिरेर नाम दर्ता गरेका हुन् ।

यो पनि
स्थानीय निर्वाचन : साना दलसँगको तालमेलले एमालेलाई कति फाइदा ?
यस्तो छ गठबन्धनको उम्मेदवार चयनको मापदण्ड



सम्बन्धित खबरहरु

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

जेनजी आन्दोलनपछि नेपालको राजनीतिक र सामाजिक संरचना एकैपटक हल्लिएको छ । यो आन्दोलन केवल युवाहरूको भावनात्मक विस्फोट होइन पुराना राजनीतिक

हरेक क्रान्ति वा आन्दोलनले एउटा सपना बाँडेको हुन्छ, सुखद् भविष्यको कल्पना गरेको हुन्छ । आम जनतामा उत्साहको लहर ल्याएको हुन्छ

जेनजीको आह्वानमा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्झनामा नयाँ बानेश्वर, काठमाडौंँस्थित संसद भवन अगाडि दीप प्रज्वलन गरिएको छ। सरकारले

Latest










Popular
Suggested