English

विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न



१२औँ विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न भएको छ । होटल याक एन्ड यतिमा शनिबार भव्यरूपमा सम्पन्न भएको कार्यक्रममा महानायक राजेश हमाल, डा.कृष्णहरि बराल, प्रकाश गुरुङ, किरण खरेलजस्ता स्रष्टाहरूको सहभागिता थियो ।

रमपमद्वारा प्रायोजित विन्ध्यवासिनी म्युजिक प्रा.लिको आयोजनामा सम्पन्न भएको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७८ मुक्तिनाथ विकास बैंकले प्रस्तुति गरेको थियो ।

विन्ध्यवासिनी म्युजिक अवार्ड कार्यक्रममा पहिलोपटक ‘प्रेमध्वज प्रधानप्रति समर्पित गर्दै ‘प्रेमध्वज संगीत रत्न सम्मान’ को शुरुवात पनि भएको छ ।

‘१२औं विन्ध्यवासिनी म्युजिक अवार्ड २०७८’मा वरिष्ठ गीतकार विश्व बल्लभलाई नगद रु. १ लाखसहित ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ले सम्मान गरिएको छ ।

त्यस्तै, वरिष्ठ गायिका तारा थापालाई ५० हजार रुपैंयाँ राशीसहितको ‘विन्ध्यवासिनी संगीत साधना सम्मान २०७८’बाट सम्मान गरिएको छ भने गायक अजर जंगमलाई २५ हजार रुपैयाँसहित प्रेमध्वज संगीत रत्न सम्मानबाट सम्मान गरिएको छ ।

यसैगरी, पत्रकार श्री श्याम स्मृति ‘विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान’ नगद २५ हजारले सम्मानित भएका छन् ।

को–को भए सर्वोत्कृष्ट ?

पपुलर अवार्ड : भूमिका गिरी
अन्तर्राष्ट्रिय संगीत सम्मान : पुरन प्रधान ‘अस्ट्रेलिया’
पब्लिक च्वाइस अवार्ड : ध्रुवप्रसाद अम्गाई
जुरी अवार्ड (गायनतर्फ) : लाबोनी चक्रवर्ती
जुरी अवार्ड (म्युजिक भिडियोतर्फ) : बबिता श्रेष्ठ मलेकु
जुरी अवार्ड अभिनयतर्फ : एलिना रायमाझी
जुरी अवार्ड संगीततर्फ : सुरज पण्डित
जुरी अवार्ड गीततर्फ : बालक गुरुङ
सर्वोत्कृष्ट गीत : ‘बल्दो मैनबत्ती’ दुर्गालाल श्रेष्ठ
सुगम संगीत सर्वोत्कृष्ट गायक : बादल थापा ‘धुरूरू’
सुगम संगीत सर्वोत्कृष्ट गायिका : समीक्षा अधिकारी ‘धुरूरू’
सुगम संगीत सर्वोत्कृष्ट संगीत : थानेश्वर गौतम ‘तिम्रा यादहरू’
सुगम संगीत सर्वोत्कृष्ट रचना : जीवन विश्वकर्मा ‘तिम्रा यादहरू’
सर्वोत्कृष्ट एरेन्जर (संगीत संयोजन) : विश्वास नेपाल ‘सनीसार’
सर्वोत्कृष्ट पप गायक : सुरज कुमार थापा ‘भयो त भयो’
सर्वोत्कृष्ट युगल गायन : मेलिना राई र श्री सरोज कोइराला ‘ऐलान’
सर्वोत्कृष्ट लोक दोहोरी गायक : कुशल बेल्बासे ‘शनिसार’
सर्वोत्कृष्ट लोक दोहोरी गायीका : शान्तिश्री परियार ‘हातैका पौजाले’
सर्वोत्कृष्ट लोकदोहोरी भाका : ऋषि खड्का ‘बर्बादी’
सर्वोत्कृष्ट लोकदोहोरी रचना : भागीरथ चलाउने ‘फलाम पिटे तरबार’
सर्वोत्कृष्ट लोकदोहोरी गीत : ‘कुरा बुझ्नपर्छ’ प्रकाश सपूत
सर्वोत्कृष्ट पप तथा आधुनिक भिडियो मोडल : दिक्पाल कार्की र अनु शाह ‘खुसी दिने‘
सर्वोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘मेरो पनि हैन र यो देश : प्रकाश सपूत
सर्वोत्कृष्ट लोदोहोरी म्युजिक भिडियो निर्देशक : स्मृति तिमल्सिना ‘गुरुआमा‘ ‘याद’
सर्वोत्कृष्ट सुगम सगीत म्युजिक भिडियो निर्देशक : देवेन्द्र पाण्डे ‘पिरती बस्यो नी सानु’
सर्वोत्कृष्ट सुगम संगीत महिला गीतकार : सुनीता बस्नेत थापा ‘सुटुक्कै’
सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँंकार : मधुर बस्नेत ‘पागल’
सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक : दीपक विष्ट ‘सूर्ती माड्दा माड्दै’
सर्वोत्कृष्ट लोक तथा दोहोरी नवप्रतिभा : जानुका तामाङ ‘उखु गुलियो’
सर्वोत्कृष्ट पप तथा आधुनिक नवप्रतिभा : प्रमित लामिछाने ‘खुसी दिने’
सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल : सारिका केसी. र शिशिर पौडेल ‘शनिसार’

यो पनि…
सुदूरपश्चिम स्पोर्टस् अवार्ड मनोनयन सार्वजनिक
कोभिडका कारण सर्यो ‘आइफा अवार्ड’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested