English

यी मतदान केन्द्र अतिसंवेदनशील



बाजुरामा ७० मतदान केन्द्रमध्ये ३८ मतदान केन्द्र अतिसंवेदनशील र २५ संवेदनशील तोकिएको छ । जिल्ला सुरक्षा समितिले बाजुराले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ३८ मदनान केन्द्र अतिसंवेदनशील र २५ संवेदनशील र सातवटा सामान्य रहेको जनाएको छ ।

मतदान केन्द्रलाई तीन तहमा विभाजित गरी सुरक्षा समिति विश्लेषण गरेको जिल्ला सुरक्षा समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताएका छन् । बाजुरामा नौवटा स्थानीय तह रहेका छन् । बडिमालिका नगरपालिकाको दुईवटा संवेदनशील र सातवटा सामान्यमा रहेका छन् ।

त्रिवेणी नगरपालिकामा ५ वटा अतिसंवेदनशील र तीनवटा संवेदनशील रहेको तोकिएको छ । बुढीगंगा नगरपालिकामा ६ वटा अतिसंवेदनशील र चारवटा संवेदनशील मतदान केन्द्र छन् । बुढीनन्दा नगरपालिकामा ६ वटा अतिसंवेदनशील र ६ वटा संवेदनशील रहेका छन् । खप्तड छेडेदह गाउँपालिकामा चार अतिसंवेदनशील र तीनवटा संवेदनशील रहेका छन् । गौमुल गाउँपालिकामा पाँचवटा अतिसंवेदनशील र एकवटा संवेदनशील रहेका छन् ।

जगन्नाथ गाउँपालिकामा चारवटा अतिसंवेदनशील र दुईवटा संवेदनशील छन् । स्वामीकार्तिक खापर गाउँपालिकामा दुईवटा अतिसंवेदनशील र तीनवटा संवेदनशील छन् । हिमाली गाउँपालिकामा पाँच वटाअतिसंवेदनशील र तीनवटा संवेदनशील रहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले जानकारी दिए ।

निर्वाचनमा भाग नलिने राजनीतिक समूहका गतिविधि, भौगोलिक विकटता, सञ्चार असुविधा, भौगोलिक विकटता र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर जिल्ला सुरक्षा समितिले अति अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा मतदान केन्द्र छुट्याएको बिष्टले बताए ।

सुरक्षा समितिले बनाएको मादण्डका आधारमा सबै मतदान केन्द्रहरुको अनुगन गरिने जनाएको छ । मतदान केन्द्र सुरक्षा अवस्थालाई हेरेर मतदान अघि, मतदानको दिन र मतदान पश्चात हुने सुरक्षा चुनौतिको विश्लेषण गरी कडा सुरक्षा योजना बनाइएको विष्टले जानकारी दिए ।

जिल्लाका ७० वटामतदान केन्द्रका र ११२ वटामतदान स्थलहरू छन् । जिल्लामा कुल ४२ हजार १ सय ५१ पुरुष र ४० हजार ५ सय ३७ महिला गरि जम्मा ८२ हजार ६ सय ९० जना मतदाता रहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेकपालगायत १३ वटाराजनीतिक दलहरूले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेका जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।


यो पनि…
यो वर्ष नेपाली राजनीतिमा के–के भए ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

ओम आचार्यअमेरिका, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–अमेरिका (सतेन्द्र साह) ले नेपालमा चर्चामा रहेको मन्त्रि गुप्ताको अमेरिका भम्रण र एनआरएनएको

Latest










Popular
Suggested