English

यी मतदान केन्द्र अतिसंवेदनशील



बाजुरामा ७० मतदान केन्द्रमध्ये ३८ मतदान केन्द्र अतिसंवेदनशील र २५ संवेदनशील तोकिएको छ । जिल्ला सुरक्षा समितिले बाजुराले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ३८ मदनान केन्द्र अतिसंवेदनशील र २५ संवेदनशील र सातवटा सामान्य रहेको जनाएको छ ।

मतदान केन्द्रलाई तीन तहमा विभाजित गरी सुरक्षा समिति विश्लेषण गरेको जिल्ला सुरक्षा समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताएका छन् । बाजुरामा नौवटा स्थानीय तह रहेका छन् । बडिमालिका नगरपालिकाको दुईवटा संवेदनशील र सातवटा सामान्यमा रहेका छन् ।

त्रिवेणी नगरपालिकामा ५ वटा अतिसंवेदनशील र तीनवटा संवेदनशील रहेको तोकिएको छ । बुढीगंगा नगरपालिकामा ६ वटा अतिसंवेदनशील र चारवटा संवेदनशील मतदान केन्द्र छन् । बुढीनन्दा नगरपालिकामा ६ वटा अतिसंवेदनशील र ६ वटा संवेदनशील रहेका छन् । खप्तड छेडेदह गाउँपालिकामा चार अतिसंवेदनशील र तीनवटा संवेदनशील रहेका छन् । गौमुल गाउँपालिकामा पाँचवटा अतिसंवेदनशील र एकवटा संवेदनशील रहेका छन् ।

जगन्नाथ गाउँपालिकामा चारवटा अतिसंवेदनशील र दुईवटा संवेदनशील छन् । स्वामीकार्तिक खापर गाउँपालिकामा दुईवटा अतिसंवेदनशील र तीनवटा संवेदनशील छन् । हिमाली गाउँपालिकामा पाँच वटाअतिसंवेदनशील र तीनवटा संवेदनशील रहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले जानकारी दिए ।

निर्वाचनमा भाग नलिने राजनीतिक समूहका गतिविधि, भौगोलिक विकटता, सञ्चार असुविधा, भौगोलिक विकटता र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर जिल्ला सुरक्षा समितिले अति अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा मतदान केन्द्र छुट्याएको बिष्टले बताए ।

सुरक्षा समितिले बनाएको मादण्डका आधारमा सबै मतदान केन्द्रहरुको अनुगन गरिने जनाएको छ । मतदान केन्द्र सुरक्षा अवस्थालाई हेरेर मतदान अघि, मतदानको दिन र मतदान पश्चात हुने सुरक्षा चुनौतिको विश्लेषण गरी कडा सुरक्षा योजना बनाइएको विष्टले जानकारी दिए ।

जिल्लाका ७० वटामतदान केन्द्रका र ११२ वटामतदान स्थलहरू छन् । जिल्लामा कुल ४२ हजार १ सय ५१ पुरुष र ४० हजार ५ सय ३७ महिला गरि जम्मा ८२ हजार ६ सय ९० जना मतदाता रहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेकपालगायत १३ वटाराजनीतिक दलहरूले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेका जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।


यो पनि…
यो वर्ष नेपाली राजनीतिमा के–के भए ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चियापानको आयोजना गरेको छ । । चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू,

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।समाजवादी जागरण अभियानअन्र्तगत आज १२ औं दिन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन् ।दाङको

टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानले शुक्रबार पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको सम्झनामा एक बिशेष कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा सर्बोच्च अदालतका