English

सरकारले त्रिदेशीय शृंखला विजेता टिमलाई जनही दुई लाख दिने



घरेलु मैदानमा भएको त्रिदेशीय ट्वान्टी-२० श्रृंखला विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई सरकारले जनही नगद दुई लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली राष्ट्रिय टिमका खेलाडीहरूलाई जनही दुई लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले श्रृंखला विजेता खेलाडी तथा प्रशिक्षकहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषद्को निर्णयअनुसार श्रृंखला खेलेका १६ खेलाडीले जनही दुई÷दुई लाख नगद पुरस्कार पाउनेछन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद एक लाख ५० हजार तथा अन्य अफिसियलले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

मलेसिया र पपुवा न्यु गिनी (पिएनजी) सम्मिलित त्रिदेशीय शृंखलाको उपाधि नेपालले शतप्रतिशत नतिजासहित जितेको थियो ।
नेपालले फाइनलमा पिएनजीलाई ५० रनले पराजित गर्दै उपाधि चुमेको थियो ।


यो पनि…
कस्तो रह्यो वर्ष २०७८ मा नेपाली क्रिकेट ?
नेपालले जितेपछि प्रशिक्षक अल्मुताइरीले के भने ?
चोट बिर्सेर राष्ट्रिय टोलीमा ‘कमब्याक’ भएका बिमल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested