English

चोट बिर्सेर राष्ट्रिय टोलीमा ‘कमब्याक’ भएका बिमल



पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँगको खेल फरवार्ड बिमल घर्तीमगरका लागि निकैनै स्मरणीय रहनेछ। उनले केही वर्ष अघिसम्म आफू खेलमा फर्कने या नर्फकने सोच्न सकेका थिएनन्, अन्योल थियो। ठमेलको डिस्को काण्डमा मुछिएका बिमल कारबाहीपछि मैदान त फर्किए तर, जीवनकै ठूलो चोट बोके।

२०७७ साल मंसिरमा राष्ट्रिय टोलीको अभ्यास सत्रका क्रममा घुँडाको चोटपछि एमआरआई रिपोर्टमा एन्टेरियल क्रुसिएर लिगामेन्ट (एसीएल) र मिडियल कोल्याटेर लिगामेन्ट (एमसीएल) गएपछि बिमल करिब एक वर्ष नै मैदान बाहिर रहे। अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा बिमलले विश्वप्रसिद्ध कतारको अस्पेटार अस्पतालमा पुस २०७७ मा उपचार पाए।

रिकवरीपछि बिमल असोज २०७८ मा यु-२३ राष्ट्रिय टोलीसँगै अभ्यासमा फर्किए। लगत्तै सहिद स्मारक ए डिभिजन लिग खेल्न साविक विजेता मछिन्द्र फुटबल क्लबसँग जोडिए। सुरुवाती खेलमा जम्न समय खर्चिएका बिमलले पछिल्ला खेलहरूमा आफूलाई प्रमाणित गरे। जारी लिगमा ८ खेल खेल्दा ४४५ मिनेट (इन्जुरी समय बाहेक) मैदानमा बिताएर तीन गोल गरे।

यसपछि प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बिमललाई राष्ट्रिय टोलीमा ‘कमब्याक’ गराए। मौरिसससविरुद्धको दुवै खेलमा बिमल टोलीमा थिए। पहिलो खेलमा प्लेईङ सेटमा खेलेका विमलले मैदानमा ७४ मिनेट विताउँदै १ गोल गरे। अन्जन बिष्टको पासमा ५५औं मिनेटमा बिमलले गरेको गोलमा नेपाल विजयी समेत भयो।

जुन गोल बिमलले भदौ २०७५ मा ढाकामा भएको साफ च्याम्पियनसिपमा आयोजक बंगलादेशविरुद्ध गरेपछिको थियो। दोस्रो खेलमा भने बिमलले ४६ मिनेटपछि मैदानमा प्रवेश पाए। गोल भने भएन। तर,उनले अग्रपंक्तिमा आफूलाई प्रमाणित गर्दै विपक्षी रक्षकलाई दबाबमै राखे। लेफ्ट ब्याक पोसिजनमा खेलिरहेका सुजल श्रेष्ठले १०औं मिनेटमा गरेको गोल निर्णायक हुँदा नेपाल १-० ले विजयी भयो। पहिलो अफ्रिकन प्रतिद्वन्दी मौरिसससँग नेपालले दुबै मैत्रीपूर्ण खेलमा आफ्नो कब्जा जमायो।

अब, भने बिमलले आफूलाई सुधारिएको र फेरिँदै खेलमा फर्किएको संकेत गरेका छन्। उनले मैदान बाहिर रहँदासमेत सधै भावनात्मक रूपमा राष्ट्रप्रति साथ रहिरहेको जनाए। ‘निकै लामो समय प्रत्यक्षरूपमा मैदानभित्र नरहँदा पनि भावनात्मक रूपमा राष्ट्रप्रति सदैब आफ्नो सत प्रतिशत साथ रहिरह्यो,’ २४ वर्षीय बिमलले दुई खेलपछि भनेका छन्।

बिमलले सन् २०१२ मा बंगलादेशविरुद्ध डेब्यु गरेका थिए। १५ वर्षको उमेरमै डेब्यु गरेका बिमलले हालसम्म नौ गोल गरिसकेका छन्। बिमलले सन् २०१३ मा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोलसँग चर्चा बढुलेका थिए। त्यसयता उनको जीवनमा ठूलै उतारचढाव रह्यो। कहिले घरायसी कारण त कहिले आफ्नै व्यवहार। पछिल्लो समय कहिले ‘होस्टेल काण्ड’ कहिले ‘डिस्को काण्ड’ उनि चर्चामा आइरहे। साथै एन्फाको कारबाहीमा पनि।

कात्तिक २०७६ मा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध थिम्पुमा खेल्नुअघि अघिल्लो रात ठमेलको क्लबमा भेटिएपछि तत्कालीन स्विडिस प्रशिक्षक योहान कालिनले बिमलसहित चार खेलाडीलाई तत्कालनै टोली बाहिर राखे। बिमल ९० दिन कुनै पनि फुटबल प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्धमा परे।

करिब दुई वर्षपछि राष्ट्रिय टोलीमा कमब्याक गरेका बिमल नेपालको झण्डा अंकित जर्सी लगायर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षण अन्य कुरासँग तुलना हुन नसक्ने मान्छन्। ‘उतारचढाव पश्चात् शारीरिक र मानसिक रूपमा सबल भई मैदानमा नेपालको झण्डाअंकित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउदाको क्षणलाई म अरू कुनै कुरासँग तुलना गर्न सक्दिन,’ देशका लागि ३७ क्याप जितेका बिमल भन्छन्।

यसअघि लिगका दौरान बोल्दै बिमलले आफू सोहि ब्यक्ति भएपनि आफ्नो बानी व्यहोरा र आचरण सुध्रिएको बताएका थिए। जुन उनले मैदानमा समेत देखाएका छन्। उत्कृष्ट फिनिसिङ, बल ड्रिब्लिङ, काउन्टर अट्याक र विपक्षी रक्षकलाई सहजै बिट गराउन सक्ने खुबी भएका बिमल आम दर्शक र प्रशिक्षकका रुचाइएका खेलाडी हुन्। यसैले नै बिमल भन्छन्, ‘टिमको साथ, दर्शकको माया र प्रशिक्षकको विश्वासलाई सदैब आत्मसाथ गर्दै आउने दिनहरूमा पनि नेपालीहरूमा खुसी बाड्न सदैब तत्पर हुनेछु।’

यो पनि

मोरिससविरुद्ध नेपालको अर्को जित

नेपालले जितेपछि प्रशिक्षक अल्मुताइरीले के भने ?

नेपालद्वारा मोरिसस पराजित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का