English

नेपालद्वारा मोरिसस पराजित



फरवार्ड बिमल घर्तीमगरले राष्ट्रिय टोलीमा स्वर्णिम कमब्याक गरेपछि नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १-० ले हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बिमलले निर्णायक गोल गरे।

एक वर्षपछि राष्ट्रिय टोलीबाट मैदान उत्रिएका बिमलले ५४औं मिनेटमा गरेको गोलले नेपालको जित निश्चित गर्‍यो। अञ्जन विष्टले मैदानको मध्यभागबाट उपलब्ध गराएको बलमा बिमलले १८ यार्ड बक्सबाट गरेको प्रहार बारमा लाग्दै जाली चुम्यो।

बिमलको यो नवौं अन्तर्राष्ट्रिय गोल हो। गत माघमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका दौरान घुँडामा गम्भीर चोट लागेपछि बिमल मैदानबाट बाहिर थिए। बिमल पछिल्लो पटक राष्ट्रिय टोलीबाट २०७६ असोजमा विश्वकप छनोटअन्तर्गत जोर्डनविरुद्धको खेलमा मैदान उत्रिएका थिए।

१३औं मिनेटमा सुमन लामाको प्रहार बाहिरिँदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो। २६औं मिनेटमा बिमल घर्तीमगरको फितलो प्रहार मोरिससका कप्तान तथा गोलकिपर केभिन जेन लुइसले सहजै नियन्त्रणमा लिएका थिए।

३५औं मिनेटमा मोरिससका मिडफिल्डर एड्रियन फ्रान्कोइसको प्रहार नेपालका गोलकिपर किरण कुमार लिम्बुले बचाएका थिए। पहिलो हाफको अन्तिम मिनेटमा अन्जनले गोलको सुनौलो मौका खेर फाले। बक्सको देब्रेभागबाट गरेको प्रहार सेकेन्ड बारको नजिकैबाट बाहिरियो।

४६औं मिनेटमा मोरिससका फर्नान्डो ज्याक्सनको भली प्रहार पोस्टमा लागेर फर्कियो उक्त रिबाउन्ड बललाई नेपालका गौतम श्रेष्ठले क्लियर गरिदिए।७५औं मिनेटमा जगजित श्रेष्ठले दायाँ कर्नरबाट प्रहार गरेको फ्रिकिकमा अञ्जन विष्टले गरेको फ्लिक हेड माथिल्लो बारमा लागेर फर्कियो।

७७औं मिनेटमा अन्जनले १८ यार्ड बक्सबाट गरेको प्रहार फेरि बारमा लागेर फर्कियो। रिबाउन्ड बललाई जगजित श्रेष्ठले हेडमार्फत पोस्टका दिशा दिन खोजे पनि मोरिससका गोलकिपर केभिन जेन लुइसले उत्कृष्ट बचाउ गरे।

जगजित चार वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन्। सन् २०१७ मा अस्ट्रेलिया लागेको जगजित ‘ए’ डिभिजन लिग खेल्ने नेपाल आएका थिए। उनी त्रिभुवन आर्मी फुटबल क्लबबाट लिग खेलिरहेका छन्।

नेपालबाट सुदीप गुरुङ र आकाश बुडामगरले डेब्यु गरे। सुदीप सुरजजिउ ठकुरीको स्थानमा र आकाश तेज तामाङको स्थानमा मैदान प्रवेश गरे। दुवै जारी सातदोबाटो यूथ क्लबका खेलाडी हुन्। नेपालले मोरिससविरुद्ध मंगलबार दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ।

यो पनि

मरिससविरुद्ध नेपालको अग्रता, नेपालले गर्यो गोल



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested